राज सरगम लिखित उपन्यास छाउघर पुरस्कृत

gothale-puraskar-073

आदरणीय लेखक श्री गोविन्द बहादुर मल्ल गोठालेको स्मृतिमा गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कार स्थापना गर्न वरिष्ठ साहित्यकार/समाजसेवी श्रीमती जलेश्वरी श्रेष्ठले २ लाखको अक्षयकोश सहयोग गर्नु भएपछि वि.सं. २०६९ बाट वितरण गर्न शुरु भएको यस पुरस्कारबाट वि.सं. २०६९ मा लक्ष्मी उप्रेती लिखित उपन्यास फ्लासब्याकमा जिन्दगी, ०७० मा अन्जना राजवंशी लिखित सृष्टिको कथा, वि.सं. २०७१ मा महेश पौड्याल लिखित तादी किनारको गीत र वि.सं. २०७२ मा गंगा पौडेल कर्माचार्य लिखित सरस्वती उपन्यासले यो पुरस्कार जित्न सफल भएका थिए । यस वर्ष ०७३ मा राज सरगम लिखित छाउघर उपन्यासले यो पुरस्कार प्राप्त गर्न सफल भएको छ । पुरस्कृत लेखकलाई हार्दिक बधाई छ ।

Segment: 
Language: