१६ वर्षे किशोर डेभिडले अनाथ घरलाई सहयोग गरे

david

नेदरल्याण्डको राजधानी एमसट्रडममा कक्षा १२ मा पढ्दै गरेका डेभिड शर्मा नाम गरेका वर्ष १६ का विद्यार्थीे आफ्नो स्कूलको छुट्टीको मौका पारी आफ्नो जन्मथलो बागलुङ्ग घुम्न र केही सहयोगको योजनासमेत बनाई नेपाल आएका थिए । उनले स्कूलमा पढ्दा अभिभावकले दिएको खाजा खर्चबाट केही रकम बाचाई असहाय विद्यार्थी वा संस्थालाई प्रदान गर्ने इच्छा भएको हँुदा उनले भैसेपाटीस्थित अनाथ बालबाटिका संघको बारेमा वेबसाइटमा हेरी थाहा पाई स्वयं आफैले फोन गरी अनाथ बालबाटिकामा भ्रमणको लागि अनुरोध गरी संस्थामा आई सानासाना भाइबहिनीहरुलाई भेटी आफू ठीक ठाउँमा आएको महसुस गरी तुरुन्त संस्थाकी अध्यक्ष श्रीमती रीता राईलाई केही रकम हस्तान्तरण गर्न चाहेको कुरा अनुरोध गरेपछि अध्यक्षले पनि यति सानो उमेरमा सामाजिक कार्यमा हात बढाएको पाउँदा साह्रै खुशी भै उनको भविष्यको लागि आर्शिवाद दिइन् । आर्शिवाद दिदा श्रीमती राईको आँखाबाट भावनात्मक आँशु झरेको थियो । उनको विचारमा यस्तै सानो उमेरमा सामाजिक काममा हात हाली संस्थामा संरक्षित बालबालिकाहरुलाई गुन लगाएका छन् । उनले हस्तान्तरण गरेका रकम एक हजार पाँचसय भन्दा पनि ठूलो त समाजसेवी बन्ने इच्छा थियो । भविष्यमा राम्रो फुटबल प्लेयर भै नेपालमा गरिब बालबालिकाहरुलाई सहयोग गर्ने उनको योजना रहेछ । उनको अभिभावकहरु विगत अठार वर्ष देखि व्यापार गरी बस्दै आएका    रहेछन् । उनी पिता हरि शर्मा र माता सीता शर्माका सुपुत्र हुन् । साथै अनाथ बालबाटिका संस्थाले उदय नामक चलचित्र निर्माण गरेको थियो जसबाट अक्षयकोष खडा गर्ने उद्देश्य लिएको छ । सो उद्देश्यलाई साकार गर्नमा डेभिडले पनि सानो सहयोग गर्ने विचार लिएर आफ्ना साथ केही डिभिडिहरु लिएर नेदरल्याण्ड गएका छन् ।

Segment: 
Language: