बीबीसी अनलाइनमा प्रकाशित एक समाचारका अनुसार बेलायतका चार बालगृहहरूले हाल विश्व माहामारीको रूपमा रहेको कोरोना भाइरस (कोभिड १९) को यस सङ्कटकालीन परिवेशमा आफ्ना बालगृहमा रहेका बालबालिकालाई उचित नेतृत्त्वका साथ सुरक्षित राख्न नसकेको भनी अधिकारीहरूबाट आलोचना भएपछि बन्द भएका छन् ।
दशैं मान्यजनबाट टीका-प्रसाद र आर्शीवाद ग्रहण गर्ने महत्वपूर्ण अवसर हो । यसरी दशैंको प्रसाद टीका ग्रहण गरिरहँदा दिने आर्शीवादभन्दा पनि तँ पढ्दैनस्, लठ्ठु छस्, हाम्रो त नाकै काटिस्, अब .... को भन्दा राम्रो नम्बर ल्याएर पास गर्नु, झूटो बोेल्छस् अब देखि झूटो नबोल्नु, कसैले भनेको मान्दैनस् अराजक छस् ज्ञानी बन्नु आदि आदि ..... ! यसरी मान्यजनद्वारा आर्शीवादको नाममा उसलाई सार्वजनिक रुपमा नराम्रो मात्र भनेर व्याख्या गर्ने कार्यले उसलाई सबैको अगाडि लज्जित बनाइरहेको हुन्छ । आर्शीवाद दिनेलाई आफूले राम्रो आर्शीवाद दिएको वा आज मज्जाले गालि गरें भन्ने लागिरहेको होला तर त्यो बच्चा जसको स्वाभिमान र विश्वासको खुल्ला लिलाम हो । यस्ता बालबालिकाको भावनासँग सम्बन्धित कुरामा हरेक अभिभावकले म के भनिरहेको छु अनुभूति गरौं ।
यो विषयमा स्कूलका शिक्षकहरुलाई भन्दा “माथिबाट भएकोले हामी केही गर्न सक्दैनौ” भन्छन् । को माथि भन्दा कोही बोल्दैनन् । आकाशबाट ईश्वरले “स्कूलको यूनिफर्म फेर्नु” भनेर त पक्कै आदेश गरेको होइन होला । माथि भनेको शिक्षा मन्त्रालय हो भन्ने विचार गरेर मैले शिक्षा मन्त्री, शिक्षा सचिवहरुलाई पनि मौखिक रुपमा यो ‘समस्या’ बताए । किनभने कतिपय विद्यार्थीका भाइ बहिनीले पनि दिदी दाजुको सानो भएको पुरानो निलो रंगको पाइन्ट र स्कर्ट लगाएर स्कूल आउँछन । तर यदि प्रत्येक वर्ष यूनिफर्म फेरिए त कसरी उनीहरुले लगाउन सक्छन ?
आज आषाढ शुक्ल पूर्णिमा । आषाढ ११ गते । यही दिन महाभारत, श्रीमद्भागवत, अठार पुराण र विष्णु सहस्रनाम आदिका रचयिता तथा अपौरुषेय वेदलाई चार भाग लगाउने वेदव्यासको जन्म भएको थियो । वेदव्यासको जन्म भएको यस दिनलाई हिन्दूहरूले गुरु पूर्णिमा (टिचर्स डे) को रूपमा मनाउँछन् ।