“Somebody has swallowed Dharahara! It has gone missing,” shouted a passerby in the busy road and people gathered to hear him. Indeed, the mighty Dharhara was nowhere to be seen. Everyone’s eyes could not have cheated.
Children love stories, fables and fairytales. Stories of love, compassion, kindness, friendship and humanity are their favorite ones. They learn a great deal from these stories and they make immense impact on their development. They want to listen to stories from their elders and respected ones as they want to share the same with their friends and juniors.
Who doesn’t enjoy a good story, novel and fiction? Tales of dashing adventures and cunning imaginations; of wise boys and their battles of wit; of knotty problems and their ingenious solutions…stories and fictions are not merely entertainment,but reflection of our culture and society where we born, grew up and educated.
In this background, recently aeleven years old boy Sauryanshu Singh Chhetri of Class 6 in Budhanilkantha School has published a Novel "WILLIAM ROARSE AND GREAT DEFEAT" based on an adventures, thrillers, battles, mystery, love,war and passion of the young boys in the story called William,Gordan and James.
भिक्टर प्रधान नेपाल बालसाहित्य समाजको नवनिर्वाचित अध्यक्ष हुन् । उनले विगत लामो समयदेखि बालसाहित्यको विकासका लागि अनुसन्धान र अनुवाद कार्यमा सक्रिय रही विशेष योगदान पु¥याउँदै आएका छन् । वि. सं. २०३७ सालमा बालसाहित्यको इतिहास लेख्न नरहरि आचार्य, चूडामणि बन्धु र भिक्टर प्रधानको टिम बनेको थियो । त्यही समयदेखि नै प्रधान यस क्षेत्रको विकासका लागि काम गरिरहेका छन् । वि. सं. २०४४ मा बालसाहित्यको इतिहासको रिपोर्ट बुझाइएकोे थियो । आज बालसाहित्यको क्षेत्रमा जे जति अनुसन्धान भइरहेका छन्, ती सबै अनुसन्धानले त्यही रिपोर्टलाई आधार बनाएर अध्ययनलाई अघि बढाएको देखिन्छ । बालसाहित्य समाजको आगामी कार्यक्रम र बालसाहित्यको वर्तमान अवस्था बारे त्रिभुवन विश्वविद्यालयका नेपाली शिक्षक एवं समाजका अध्यक्ष प्रधान भन्छन् –
फिमा डेविज नेपालमा अनाथ बालबालिका र गरीब दु्ःखी महिलाहरुका निम्ति काम गर्ने उद्देश्यका साथ स्थापित गैरसरकारी संस्था ग्लोबल फेम्ली भिलेजकी निर्देशक हुन् । यस संस्थाको मुख्य कार्यालय अमेरिकामा रहेको छ । उनले अन्य विभिन्न संस्थामा रहेर विगत १६ वर्षदेखि यस क्षेत्रमा काम गरिरहेकी छिन् । नेपाली बालबालिकाहरुलाई एकदमै माया गर्ने समाजसेवी दिदी डेविजसँग यस अंकमा हामीले उनको बाल्यकाल र उनको संस्थाको लक्ष्य र उद्देश्यवारे कुराकानी गरेका छौं । उनी यसरी सुनाउँछिन् आफ्नो अनुभवः
आफ्नो प्रसिद्घ उपन्यास ‘मोदिआइन’ बाट पाठकलाई यो सन्देश दिने साहित्यकार हुन् विश्वेश्वरप्रसाद कोइराला । उनलाई बी. पी. कोइराला नामबाट पनि चिनिन्छ ।विश्वेश्वरप्रसाद कोइराला उनका बाबु कृष्णप्रसाद कोइरालाका साहिँला छोरा थिए । उनकी आमाको नाम दिव्या कोइराला हो । उनका बाबु सिन्धुली जिल्लाको दुम्जा भन्ने ठाउँबाट मोरङ जिल्लाको बिराटनगरमा बसाइँ सरेका थिए । राणाशासनको विरुद्घ लागेको कारणले कृष्णप्रसाद कोइराला भारतको बनारसमा गई बसे । त्यहीँ बसेका बेलामा बनारसमा नै वि. सं. १९७१ साल भाद्र महिनाको २४ गते विश्वेश्वरप्रसादको जन्म भएको थियो ।
युक्रेनको ओडेसा भन्ने सुन्दर शहरबाट हामीले रेल भित्र पाइलाहाल्दा हामी नेपाली अनुहार तीन जना मात्र थियौं । हामी त्यही देशको अर्काे ठूलो शहर लुगान्स्कतिर फर्किरहेका थियौं । हामीलाई दिइएको टिकट अनुसारको सीटमा हामी चुपचाप बसिरहेका थियौं । रुसी मानिसहरु हामी बसेको ठाउँ भएर यता उता गरिरहेका थिए । हामीलाई रुसी भाषा खासै आउन्न थियो । साँझको समय भएता पनि गाढा रंगको पहेंलो घामले आकाश छाडेको थिएन । केही केटाकेटीहरु हामीलाई हेर्दै शौचालयतिर कुदिरहेका थिए । हामी पनि विदेशी पर्यटकलेभैं उनीहरुलाई हेर्दै मन्द मुस्कान दिन्थ्यौं । भाषाकै कारणले गर्दा उनीहरुसँग चाहेरपनि संवाद गर्न सकिने संकेत देखा परेन ।
केही दिन अघि मेरा एक मित्रले मलाई एउटा सानो घरमा लग्नुभएको थियो जहाँ नबुझिने खालका चिनियाँ अक्षरहरु भित्तामा कुँदिएका थिए । स–साना भाइ–बहिनीहरु यताउता दौडिरहेका थिए । हामीलाई देखेर तिनीहरुले पर्यटक आए है हाम्रो स्कुलमा भनी रमाई–रमाई हेर्न थाले । हामीहरु पनि तिनीहरुलाई हेलो भन्दै गाला मुसार्दै एउटा त्यो सानो घरभित्रको कक्षाकोठामा स–साना स्कुले भाइ बहिनीहरुलाई अंग्रेजी भाषा बोल्न, लेख्न र सुन्न सिकाइने रहेछ । मेरा ती मित्रले त्यही स–साना भाइ बहिनीहरुलाई अंग्रेजी भाषा बोल्न सिकाउने रहेछन् ।
आज एग्लान्टाइन जेबको कुरा गरौं । किनकि उनी नै बालअधिकार वारे कुरा गर्ने पहिलो मानिस हुन् । त्यसैले उनलाई बालअधिकार अवरधारणाको प्रणेत्री भनेर सबैले चिन्छन् । उनले सन् १९२३ मा बालअधिकार अभियान सुरु गरेकी थिइन् । यसै अभियानकै क्रममा त्यही वर्ष उनले पाँचबुँदे बालअधिकार घोषणापत्र पनि तयार पारेकी थिइन् । त्यो घोषणापत्र जेनेभा घोषणापत्रका रुपमा परिचित छ । उनले सुरु गरेकै बालअधिकार अभियान बढ्दै गएर सन् १९८९ मा संयुक्त राष्ट्रसंघीय बालअधिकार महासन्धि पारित भएको अवस्थासम्म पुगेको हो । त्यसैले उनलाई बालअधिकार अवरधारणाको प्रणेत्री भनेर सबैले भनेका हुन् ।
अनुशासित तथा सुशिक्षित बालकबालिका नै सदैव राष्ट्रका प्रमुख स्तम्भ हुन् । मानव जातिको विकासमा बालक बालिकाहरुको व्यक्तिगत तथा सामूहिक विकासले निर्णायक स्थान राख्दछ भन्ने कुरा सर्वमान्य छ । बाल्यावस्थामा पाएको शिक्षा–दीक्षा र पालनपोषण अनुसार नै बालक बालिकाहरुको प्रकृति बन्दछ । यो महान् सत्यलाई हृदयङ्गम गरी हामी सबैले नेपाली बालक बालिकाहरुको शारीरिक, मानसिक र बौद्घिक विकास गर्नमा आफ्नो शक्ति र साधनले भ्यायसम्म प्रयत्न गर्नुपर्दछ भन्नु अत्युक्ति नहोला । यसैमा हामी सबैको समृद्घिशाली भविष्य निर्भर गर्दछ । भाइबहिनीहरु, यो भनाइ विचार मुमा रत्न राज्यलक्ष्मी देवी शाहको हो । उहाँ असहाय तथा अनाथ बालबालिकाहरुको मन्दिर बालमन्दिरको संस्थापक हुनुहुन्छ । उहाँले नै नेपालमा बालदिवस मनाउने चलन शुरु गर्नु भएको हो । यो देशमा गणतन्त्र आउनु अघि मुमाकै जन्मदिन भाद्र ४ गतेको मितिमा बालदिवस मनाउने गरिएको थियो । तर अहिले बालदिवस भाद्र २९ गते मनाउने गरिन्छ । भाद्र २९ को दिन नेपाल सरकारले बालअधिकार सम्बन्धी महासन्धीमा सहीछाप गरेको दिन हो ।