“साहित्यको विकासबिना देशको प्रगति सम्भव छैन” यो भनाइ हो वरिष्ठ ऐतिहासिक उपन्यासकार साहित्यकार डायमन शमशेर राणाको । उनका हजुरवुवा जनरल शेर शमशेर ज.व.रा. पश्चिम नेपाल पाल्पाका बडा हाकिम थिए वि.स. १९६२ मा । साथमा छ रानी, सात छोरा, पाँच बढी बुहारी, तेह« छोरी र धाई सुसारे, नोकर चाकर । त्यहीँ गौडाको सर्वोच्च शासक बस्ने सरकारी भवनमा बसेका थिए ।