कृष्ण शाह यात्री

krishna-shaha-yatri

कृष्ण शाह यात्री (वि.सं. २०३२) ख्यातिप्राप्त नाटककार, कथाकार एवं नाटक निर्देशक हुनुहुन्छ । उहाँको जन्म कटारी नगरपालिका, उदयपुरमा भएको हो । उहाँका ६ नाटक, ५ बा¬लनाटक, ३ लघुकथा र २५ चित्रकथा तथा बालकथा संग्रह, ७ नाट्यरंगमञ्च कृति गरी ४६ वटा साहित्यिक कृतिहरु प्रकाशित छन् । उहाँका थुप्रै नाटकहरु स्वदेश तथा विदेशमा मञ्चन हुनुका साथै पुरस्कृत समेत भएका छन् । उहाँ नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ सदस्य समेत रहीसक्नु भएको छ । उहाँ पत्रकारिता र आमसञ्चार विषयमा विद्यावारिधिको शोधार्थी हुनुहुन्छ । उहाँका नाटक तथा बालनाटकहरु नेपालका विभिन्न विश्वविद्यालय तथा विद्यालयका पाठ्यक्रममा समेत समावेश गरिएको छ ।

उहाँ सर्वश्रेष्ठ नाटक–निर्देशक (२०५८), युवा वर्ष मोती पुरस्कार (२०६९), अन्तराष्ट्रिय नाट्य सम्मान (२०७०), प्रतिभा पुरस्कार (२०७३) लगायत विभिन्न पुरस्कार र सम्मानहरुबाट सम्मानित हुनुहुन्छ । 

Directory: 
Language: