साहित्यकार तथा समालोचक बन्धु सम्मानित

dr-cm-bandhu

कपनस्थित रिलायन्स इन्टरनेसनल एकेडेमी तथा रिया साहित्य समाजद्वारा  १०५ औँ लक्ष्मी जयन्तीको सन्दर्भमा शनिबार आयोजना गरेको उपत्यकाव्यापी कवि गोष्ठी तथा साहित्य स्र ष्टा सम्मान कार्यक्रममा वरिष्ठ साहित्यकार तथा समालोचक प्रा.डा. चूणामणि बन्धुलाई सम्मानित गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकूलपति बैरागी काइँलाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कवि गोष्ठीमा प्रा.डा. चूडामणि बन्धुलाई सो सम्मान गरिएको हो  । पुरस्कारको राशि रु बीस हजार रहेको छ ।

रिलायन्स इन्टरनेसनल एकेडेमी तथा रिया साहित्य समाजद्वारा वि.सं. २०६९ मा स्थापित सो  पुरस्कार तथा सम्मान यसअघि डा. शैलेन्दु प्रकाश ने पाल र प्रा.डा. कुमार बहादुर जोशीलाई प्रदान गरिसकिएको छ । कवि, लेखक, साहित्यकार र समालोचक लगायत साहित्यका अनुरागीहरूको उल्लेख्य उपस्थिति रहेको समारोहमा कविहरू मित्रलाल पंगेनी, विजय चालिसे, आर.एम. डंगोल, सुमन दाहाल, गोपाल नेपाल, केशवराज पाठक लगायत नयाँ प्रतिभाहरूले समेत कविता वाचन गर्नुभएको थियो ।
समारोहमा सम्मानित हुनुभएका स्रष्टा प्रा.डा. चूणामणि बन्धुले देवकोटाको व्यक्तित्व, नेपाली साहित्यमा उहाँको योगदानबारे चर्चा गर्दै विद्यालयले दिएको सम्मानप्रति कृतज्ञता प्रकट गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि बै रागी काइँलाले लक्ष्मीप्रसादको कृतिलाई लिएर वर्षेनी आयोजना हुँदै आएको वक्तृत्वकलाले विद्यार्थी वर्गमा देवकोटा साहित्यप्रति रुचि जगाउने र साहित्य अध्ययनमा उनीहरूको सहभागिता बढ्ने विश्वास व्यक्त गर्नुभयो । सोही अवसरमा आयोजित उपत्यकाब्यापी वक्तृत्वकला प्रतियोगिता प्रतियोगितामा नेपाल वेद विद्याश्रमका छात्र अतूल पौडे ल प्रथम, बसुन्धरा नेसनल एकेडेमीकी छात्रा रोशनी वि.क. द्वितीय, हेम्स स्कुल, र ातोपुलकी छात्रा सम्पदा श्रेष्ठ तृतीय तथा अक्सिडेन्टल पब्लिक स्कुल, अनामनगरकी छात्रा एन्जिला अधिकारी र बौद्ध चिल्ड्रेन हेभन बोर्डिब स्कुलकी छात्रा अम्बिका कठायत क्रमशः चौथो र पाँचौ भएका थिए । विजयीविद्यार्थीलाई  ट्रफी, मेडल, प्रमाणपत्र र अन्य पुरस्कार प्रदान  गरिएको थियो ।

माधव अधिकारी
काठमाडौँ, २९ कार्तिक

Segment: 
Language: