बुकआर्ट नेपालका छ वटा रमाइला कथाका किताबहरु

book-art-advertisement

बुकआर्ट नेपालले रङ्गीन साजसज्जामा रमाइला छ वटा किताबहरु प्रकाशन गरेको छ । यीमध्ये पानी जोगाऊ नानी, जाँचको बेला र आगोको कथा गरी तिन कृति बालसाहित्य लेखक कार्तिकेयले लेखेका हुन् । यसमा काया इन्टरनेसनलको चित्राङ्कन् रहेको छ । पानी जोगाऊ नानी पानीको महत्ववारे, जाँचको बेला जाँचको तयारी वारे र आगोको कथा आगोको उत्पत्ति बारे लेखिएको छ । यी तिनवटै किताबहरु प्राथमिक तहका बालबालिकाहरुको लागि तयार गरिएका हुन् । त्यस्तै निम्न माध्यमिक तहका बालबालिकालाई लक्षित गरी बुकआर्टले तिनवटा कृति प्रकाशन गरेको छ । जसमा भालुको मन्त्र, बोल्ने ओडार र आफ्नै रङ्गमा दङ्ग हुन् ।  भालुको मन्त्र र बोल्ने ओडार हाम्रो पुरानो लोककथालाई पुनर्कथन गरी तयार गरिएको हो । यसलाई बालसाहित्य लेखक अनन्त वाग्लेले पुनर्कथन गरेका हुन् । त्यस्तै आफ्नै रङ्गमा दङ्ग  लेखक तारा पराजुलीको चित्रकथाको किताब हो । राजुबाबु शाक्य शारवका आकर्षक चित्रकलाले यी तिनवटै कृतिलाई आकर्षक बनाएका छन् ।

Directory: 
Segment: 
Language: