कार्तिकेय र प्रारम्भ बालप्रतिभा पुरस्कार प्रदान गरियो

kartikeya-child-2014

माधव अधिकारी
काठमाडौँ
उपत्यकाका विभिन्न विद्यालयमा अध्ययनरत प्रतिभाशाली विद्यार्थीहरु कार्तिकेय बालप्रतिभा पुरस्कार  र प्रारम्भ बालप्रतिभा पुरस्कारबाट सम्मानित भएका छन् ।

नोबेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीले काठमाडौँमा शुक्रबार आयोजित एक समारोहबीच उनीहरुलाई ती पुरस्कार प्रदान गरेका  हुन् । ललितपुरका रुपेन्द्र वैद्यलाई चित्रकलाका लागि २०७१ को, सेन्टमेरिज स्कुल काठमाडौँकी ज्वाला ढकाललाई चित्रकला, सिर्जनशील लेखन र पठनसंस्कृतिको विकासमा योगदानका लागि तथा प्रतिष्ठा पौडेल, भक्तुपुरलाई नृत्यकला र सिर्जनशील लेखनका लागि २०७० को कार्तिकेय बालप्रतिभा पुरस्कार दिइयो ।  लेखक तथा पत्रकार कार्तिकेयले आफ्ना लेखरचना र प्रकाशनका लागि प्राप्त लेखकस्वबाट यो पुरस्कार वि.सं. २०५८ मा स्थापना गर्नुभएको पुरस्कार हो । प्रतिभाशली भएर पनि विभिन्न प्रतिकुलतासँग जुझिरहेका बालबालिकाहरूलाई अध्ययन प्रति अभिप्रेरित गर्ने उद्देश्यले यस पुरस्कारको स्थापना गरिएको हो । विगत १३ वर्षदेखि प्रदान गरिँदै आएको यो पुरस्कार कार्तिकेय बालप्रतिभा पुरस्कार कोषले व्यवस्थापन गरिरहेको छ । जसको अध्ययता वरिष्ठ शिक्षासेवी मोहन कार्कीले गरिरहनुभएको छ । पुरस्कारको राशि १० हजार रुपियाँ तथा प्रमाणपत्र रहेको छ ।
त्यसैगरी सुशान्तमान सिंह मास्के, नोबेल एकाडेमीलाई सिर्जनशील लेखनका लागि  र विज्ञता कार्की, एम्बीसन एकेडेमीलाई सिर्जनशील लेखन, चित्रकला र नेतृत्व क्षमताका लागि प्रारम्भ बालप्रतिभा पुरस्कार प्रदान गरिएको छ । सो पुरस्कार, बालसाहित्यकार तथा समालोचक महेश पौड्याल “प्रारम्भ” ले स्थापना गर्नुभएको हो । वर्ष २०७० र ७१ को कार्तिकेय बालप्रतिभा पुरस्कार तथा प्रारम्भ बालप्रतिभा पुरस्कार  एकैचोटी प्रदान गरिएको थियो ।
यसैबीच नेपालभाषामा बालसाहित्य प्रवद्र्धनमा योगदान पु¥याएवापत इलोहं मासिक पत्रिका र आफैँ दृष्टिविहीन भएर पनि दृष्टिविहीन बालबालिकालाई निरन्तर सङ्गीत प्रशिक्षण गर्दै, संगीतमार्फत् बालसाहित्यको प्रवद्र्धन गरेकोमा झापाका सङ्गीतकार रमेश सुवेदीलाई कार्तिकेय बालसाहित्य प्रवद्र्धन पुरस्कार पनि सोही समारोहमा प्रदान गरिएको छ ।

Segment: 
Language: