बहुमुखी बालप्रतिभा मोहकराज पाण्डे

mohak-raj-pandey

बुवा डा. मनीषराज पाण्डे र आमा उपासना पाण्डेका छोरा मोहकराज पाण्डे बहुमुखी प्रतिभा भएका बालक हुन् ।

यिनले यो महिना वक्तृत्वकला प्रतियोगितामा प्रथम पुरस्कार जितेका छन् । सरसफाइ घरबाट सुरुवात विषयमा लिडरसिप एकेडेमीमा भएको अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा मोहक पहिला भएका   हुन् । यिनी नेसनल क्रियटिभ सहशिक्षालय (एनसिसिएस स्कुल) मा कक्षा ८ मा पढ्छन् । मोहकको हजुरआमा वसुश्री पाण्डे परिचित लेखिका र समाजसेवी हुनुहुन्छ ।
     सात वर्षको उमेरदेखि संसारभरिका ठाउँहरुको बारेमा पढ्न थालेका मोहकमा संसारभरिका ठाउँहरुको बारेमा भन्न सक्ने र विश्वभरि रहेको हवाइजहाजको बाटो कुन–कुन कहाँबाट छ ? भन्न सक्ने विलक्षण क्षमता रहेको छ ।
साहित्य लेख्नु, क्रिकेट खेल्नु र वादविवाद प्रतियोगितामा भाग लिनु मोहकको रुचि हो । उनको कथा, कविता र लेखहरुको संकलन कृति छिट्टै प्रकाशनको तयारीमा रहेको छ ।

Opinion: 
Language: