महँगो शुल्क र टिनमुनिको दुःख

राजधानीको प्रतिष्ठित र सुविधासम्पन्न मानिने हाँडिगाउँमा अवस्थित युरो स्कुलमा पुग्दा त्यहाँको कक्षाकोठाले मेरो ध्यान तान्यो ।
झलक्क हेर्दा खासै याद हँदैन । किनकि कक्षा कोठालाई बाहिरदेखि भित्रैसम्म राम्रैसँग सजाइएको छ । सिलिङमा फ्यान, भित्ताहरुमा बालबालिकाका चित्रहरु सजिएका, डेस्क र बेन्चहरु पनि राम्रा र चिटिक्क परेका, बच्चाहरुले कक्षा कोठा बाहिरै जुत्ता खोलेर भित्र छिर्ने व्यवस्था सबै उत्कृष्ट लाग्छन् । छाना भने टिनको ।
एक दिन पानी परेको समयमा म त्यहाँ पुगेकी थिएँ । टिन बजेको आवाजले केही पनि सुनिदैनथ्यो । बच्चाहरु कान थुनेर बसिरहेका थिए । पानी परेको समयमा शिक्षकले पढाएको सुन्न त परै जाओस् एकअर्काले बोलेको सुन्न पनि मुस्किल थियो । कक्षा कोठामा रहेकी शिक्षिकालाई कसरी पढाउनु हुन्छ यस्तोमा भन्दा उनले सबैलाई थाहा छ पानी परेपछि डिस्टर्ब हुन्छ भन्ने कसैले यसको विकल्प खोजेका छैनन् भनिन् । यहाँका शिक्षक र विद्यार्थी दुबै पानी परे रोकिने प्रतिक्षा गर्छन् । अनि चर्को घाममा जसोतसो तातोको सामना गर्छन् ।
वर्षायाम त्यसमाथि लोडसेडिङको घन्टे तालिका । सिलिङ माथिका फ्यान त गर्मी भगाउन नभई देखाउनका लागि राखिए जस्तो लाग्छ ।
by ketaketi online reporter

Segment: 
Language: