‘कर्म’ का लेखक, पत्रकार दामोदर न्यौपानेसँग तिन प्रश्न

damodar-neupane9

'केटाकेटी अनलाइन तिन प्रश्न' स्तम्भअन्तर्गत यसपटक हामीले बालबालिकाका विषयमा खोजमूलक रिपोटिङ गर्ने जुझारु पत्रकार दामोदर न्यौपानेसँग कुराकानी गरेका छौं । कान्तिपुर दैनिकका पत्रकार न्यौपाने लिखित कृति ‘कर्म’ भर्खरै बजारमा आएको छ । बालबालिकाको विषयमा लेखिएको यो एउटा गहन कृति हो । यसमा बालबालिकाले भोगेका विविध विषयलाई फरक कोणबाट प्रस्तुत गर्ने जमर्को गरिएको छ । वास्तवमा यो बालबालिकाको आवाज बोकेर आएको कृति हो ।

१. कर्म कुन विषयमा लेखिएको किताब हो ? यसमा तपाईले कुन कुरामा जोड दिनु भएको छ ? सबै पाठकले किन पढ्नु पर्छ भन्ने लाग्छ ?

कर्म बालबालिकालाई केन्द्रमा राखिएर लेखिएको पुस्तक हो । विषय बालबालिका भएपनि यसमा सिकाइसंग जोडिएका हरेक विषय उनिएका छन् । बालबालिकाको चौतर्फी विकासको लागि के भइरहेका छन् ? यो कुराको अध्ययन छ यसमा । बालबालिकाकाको अवस्था कस्तो छ भनेर बुझ्दा हाम्रो समाज कस्तो छ भनेर पनि बुझ्नु पर्ने हुन्छ । हाम्रो समाज कस्तो छ भनेर बुझ्नु पर्दा हाम्रो राज्य कस्तो छ भनेर बुझ्नु पर्ने हुन्छ । हाम्रो राज्य कस्तो छ भनेर बुझ्नु पर्दा विश्व कस्तो छ भनेर बुझ्नु पर्ने हुन्छ । बाल बालिकासंग के के जोडिएर आएका हुन्छन् ? ति सबै विषय यो पुस्तकमा समेटिएका छन् । त्यही भएर बालबालिकाका विषय समाजसंग कसरी जोडिएका छन्, समाजका कुरा कसरी नीति निर्माण तहमा जोडिएको छ अनि अन्तराष्ट्रिय तहबाट हेर्दा हाम्रो अवस्था कस्तो छ भनेर जोडिएको छ यो पुस्तकमा । र, हामी के मा सम्पन्न छौं र हामीलाई सम्पन्न बनाउन के कुराले बाधा गरेको छ ? ति बाधा कसरी फुकाउन सकिन्छ भनेर चिराफारा गरिएको छ यो पुस्तकमा । यसमा जोड राष्ट्रिय भावनामा दिइएको छ । थुप्रै संभावना भएर पनि हामी गरिब भयौं । गरिब भएकाले राष्ट्रियता कमजोर छ । राष्ट्रियता बलियो बनाउन संवृद्धि चाहिन्छ । संवृद्ध देश बनाउन त्यही अनुसारको भिजन भएको जनशक्ति चाहिन्छ । भिजन भएको जनशक्ति बनाउन आजको सिकाइ कस्तो हुने भनेर योजना बनाउनु पर्छ । सिकाइ राम्रो बनाउन बालबालिकामा लगानी गर्नु पर्छ भन्ने कुरामा मुख्य जोड दिएको छु यो पुस्तकमा । समग्रमा राष्ट्रिय भावले ओतप्रोत भएर लेखिएको पुस्तक हो यो । हाम्रो समाज कस्तो छ र अब कतातिर गइरहेको छ भनेर यो पुस्तकले देखाउ“छ । त्यही भएर यी कुरा नबुझेकालाई बुझ्न र पहिल्यै यी कुरा बुझिसकेकालाई फेरी महशुश गराउन यो पुस्तक सबै बर्गले पढून भन्ने मेरो चाहना छ ।

२. कर्म प्रकाशित भएपछि पाठकको कस्तो प्रतिक्रिया पाउनु भएको छ ?

—पाठकको प्रतिक्रियाले म उत्साहि भएको छु । यहा“ भित्रका कर्मशील पात्रबारे पढ्दा आफूलाई परिवर्तन गर्न प्रेरणा पाएको प्रतिक्रिया दिएका छन् धेरैले । हेपिएका वर्ग, पछि पारिएका बर्गबारे पढेर अझै केही गर्नु पर्ने रहेछ भनेर महशुश गराएको प्रतिक्रिया दिएका छन् कोहीले । विभिन्न समालोचकले यसको प्रतिक्रिया दिएका छन् । सामाजिक अभियन्ताले पुस्तकबारे बोलेका छन् । शिक्षाविद्को सुझाव आएका छन् । सर्वसाधारणले पनि पढेर फेसबुक, ट्विटर र मलाई फोन गरेर प्रतिक्रिया दिएका छन् । सबैले यो फरक धारको किताब भनेका छन् । बरिष्ठ समालोचक डा. देविप्रसाद सुवेदीले यो पुस्तक राष्ट्रिय भावले ओतप्रोत भएको पुस्तक भनेका छन् । सुवेदीको शब्दमा साहसिक पत्रकारीताको झल्को पाइन्छ यो किताबमा । दुरदराजमा गएर खोज्नु, आवाजविहिन खोज्दै हिंड्नु सजिलो काम होइन । दुरदराजमा बस्ने हेपिएका बर्ग माथि आउनु नै राष्ट्रियता बलियो हुनु हो । ती बर्ग माथि ल्याउनु पर्छ भन्ने आवाज यो पुस्तकले बुलन्द गरेकाले यो किताब राष्ट्रिय भावनाले ओतप्रोत भएको प्रतिक्रिया डा सुवेदीले दिएका छन् । सुवेदीका अनुसार संस्मरण विधामा यो नेपाली बाङमयमा नया“ धारको पुस्तक हो । कोठमामा बसेर साहित्य सिर्जना गर्नेको लागि यो पुस्तक चूनौती भएको सुवेदीले प्रतिक्रिया दिएका छन् ।
अटिजम बालबालिकाको क्षेत्रमा कार्यरत सामाजिक अभियन्ता सविता उप्रेतीले यो पुस्तक अपांग त्यसमाथि पनि विशेष अपांग अटिजम अपागताको विषयमा पहिलो पल्ट पुस्तकमा समेटिएको प्रतिक्रिया दिएकी छन् । उनका अनुसार निती निर्माण तह, शिक्षक, अभिभावक सबैले पढ्नै पर्ने पुस्तक हो यो ।
पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र विष्टले पनि पुस्तकबारे प्रतिक्रिया दिएका छन् । बिष्टका अनुसार यो पुस्तकले पत्रकारले सतही कुरा लेख्छन्, गहिराइमा पुग्न सक्दैनन भन्ने आरोपको खण्डन गरेको प्रतिक्रिया दिएका छन् । नकारात्मक समाचार लेख्दा पत्रकार खाली नराम्रो लेख्छन् भन्ने आरोप खेप्नु परेको र राम्रो लेख्दा गुलामी गरेर लेख्यो भन्ने आरोप लाग्छ । जे गरे पनि पत्रकारलाई सुख नभएको भन्दै बिष्टले राम्रा नराम्रा दुवै कुराको गहिराइमा पुग्न पत्रकारले पुस्तक लेख्नु पर्ने प्रतिक्रिया दिए । विष्टको अनुसार विषयको गहिराइमा पुगेर लेखिएको छ यो पुस्तक । अर्का पत्रकार नेत्र तमाङले ‘यो प्यारेन्टेङि, बालबालिका क्षेत्रमा काम गर्ने, सरकार, लेखक, अधिकारकर्मी, प्रत्येक स्कुल, अभिभावकलाई काम लाग्ने किताबमा गनिने छ’ भनेका छन् ।
बालबालिकाको क्षेत्रमा १२ वर्षको उमेर देखि क्रियाशिल रहेका बालक्लब काभ्रेका संयोजक संजिव न्यौपानेले या पुस्तक ‘बालबालिकाको मनोविज्ञान कसरी बुझ्ने, मनोविज्ञान बुझेर अभिभावकले आफ्ना बालबच्चालाई कसरी हुर्काउने भनेर सुक्ष्म तरिकाले अध्ययन गरेर तयार पारिएको छ यो पुस्तक । यसले बालमैत्री ढंगले व्यवहार गर्न सिकाउ“छ । बालबालिकालाई समाज बुझ्न प्रेरित गर्छ’ भनेका छन् । बालअधिकारकर्मी एवम् नेपाल लेखक संघका सचिव नविनचन्द्र घिमिरको प्रक्रिया यस्तो छ— ‘ले लेखकले कर्म मार्फत प्रकाशनको चालु बजारमा आएका पुस्तक र चल्तीमा रहेका लेखकीय प्रवृत्तिभन्दा भन्दा भिन्दै स्वाद पस्किएका छन् । समाजमा बर्गीय दर्जामा देखाइएका र राखिएका पात्रको पीडा र नियतीलाई बडो मार्मिक ढंगले प्रस्तुत गरेका छन् । पुस्तकभित्र न्यौपानेले केही कर्मशील पात्र वा आफ्नै कर्मका माध्यमबाट वर्गीय पात्रका घरसम्म र परिवेशसम्म पुगेर चारित्रिक कथा, गाथा र वास्तविकताको चित्र अनि बिम्ब उतारेका छन् । यो भन्दा पनि अझ बढी मनभित्रै डुबेर उनीहरुको मर्म, पिडा र आसुको मोतिलाई सतहमा ल्याइदिएका छन् । पुस्तक पढ्दा पाठक पटक पटक झङ्कृत हुन्छ, तरंगित बन्छ अनि भावुकतामा चुर्लुम्म डुब्छ । स“गस“गै आशाको उज्यालो किरणमा रोमाञ्चित हुन्छ ।’ शिक्षासेवी अञ्जु भट्टराइले बालबालिकाबारे रुची राख्ने सबै वर्गका पाठकको माग यो पुस्तकले पूरा गर्ने प्रतिक्रिया दिएकी छिन् ।
पुस्तक पढेर यस्ता थुप्रै प्रतिक्रिया आएका छन् । पुस्तकको माग देशको कुनाकाप्चाबाट आएको छ । तर पु¥याउन सकिएको छैन । यसले के देखाउछ भने बालबालिकाप्रति समाजमा सबैको सरोकार छ । सबैको चासो छ । यसले बालबालिकाको क्षेत्रमा गर्नु पर्ने धेरै रहेछ भन्ने देखाएको छ ।

३. बालबालिकाको लागि लेख्नुपर्छ भनेर मिहिनेतका साथ लागिरहनु भएको छ, यसको कारण के हो ? किन बालबालिकालाई नै प्राथमिकता दिनुभएको छ ? अहिले बाल विषयको लेखनमा के कुराको समस्या देख्नु भएको छ ?

—बालबालिका हाम्रा भविष्य हुन् । भोलिको समाज कस्तो बनाउने ? भोलिको समाज कस्तो बनाउने भनेर योजना बनाउन आज बालबालिकाको लागि के गरेका छौं भनेर हेर्नु पर्छ । आज बालबालिकाको अवस्था कस्तो ? बालबालिकाको आजको अवस्था हेरेर भोलिको नेपालको अवस्था अनुमान लगाउन सकिन्छ । बालबालिकाको हुर्काइ, सिकाइ नै गतिलो छैन भने भोलिको के आशा राख्ने ? भोलि राम्रो बनाउने हो भने आज बालबालिकालाई असल बनाउनु पर्छ । आज हामीले के सिकायौं बालबालिकालाई ? आज उनीहरुले जे सिके भोली गएर त्यही कार्यान्वयन गर्ने हुन् । मैंले जब बालिका क्षेत्र हेर्न थालें, त्यसपछि बालबालिका हेपिएको अवस्थामा पाए“ । माया गर्ने, महत्व पनि दिने तर उनीहरुलाई हेप्ने गरेको पाए“ । यिनीहरुको अगाडी जे बोलिदिए नी हुन्छ, यिनीहरुले बुझ्दैनन् भने जस्तो व्यवहार गर्ने । उनीहरका कुरा नसुन्ने आम प्रवृत्ति पाए“ । उनीहरु कति प्रतिभाशाली छन् भनेर प्रतिभा बुझ्न नखोज्ने । उनीहरुलाई बोल्ने फोरम नदिने । कुनै संरचना बाल मैत्री छैन । बसमा बालबालिकाको लागि भनेर सिट राखिएका हुदैनन् । कुनै हलमा बालबालिकाको लागि भनेर सिट छुट्याइएका हुदैनन । घर भित्र पनि बालमैत्री बातावरण रहेनछ । यस्ता थुप्रै समस्या देखें मैंले । यी समस्या देखेपछि मलाई लाग्यो हामी मुहान सफा नगरी तल मात्रै सफा गर्न खोज्दा रहेछौं । त्यही भएर हाम्रो देश विगिएको । कस्तो नागरिक बनाउने भनेर योजना बनाएकै छैनौं । अनि योजना नै नबनाइ कसरी असल नागरिक उत्पादन हुन्छन् ? असल नागरिक उत्पादन गर्न बालबालिकाबीचमै जानु पर्छ । उनीहरुको सिकाइ कस्तो छ भनेर बुझ्नु पर्छ । यही बुझ्न म बालबालिका बीच गए“ । सिकाइमा गहिरो खाडल देखें । हामी दुइ थरी नागरिक उत्पादन गरिरहेका रहेछौं । धनी बर्ग नीजी स्कुलमा पढ्छ । महंगो पैसा तिरेरै भए पनि तुलनात्मक रुपमा राम्रो शिक्षा पाउने एउटा वर्ग छ । एउटा वर्ग सरकारी स्कुलमा पढ्छ । सरकारी स्ूकलको सिकाइ अन्त्यन्त कमजोर छ । यही दुइ थरी सिकाइबाट आएको बर्गले माथि गएर एकै ठाउमा प्रतिष्पर्धा गर्नु पर्छ । एकथरी स्कुल छन्, जो पढाएर सिधै विदेश लैजान्छन् । विदेश पढ्न गएका सिधै विदेशै भासिएका छन् । विदेश नगएका तर राम्रो शिक्ष्ाँ पाएका देशभित्रै प्रतिष्पर्धामा जितेर अवसर पाएका छन् । कमजोर सिकाइ भएकाहरु प्रतिष्पर्धामा जित्न सकेका छैनन् । त्यस्ता वर्गमध्ये अधिकांश श्रमिकका रुपमा अरब लगायत देश गएका छन् । अरब पनि जान नसक्ने फ्रस्टेट भएर यहीं बसेका छन् । यो सिकाइमा देखिएको खाडलले हो । यो खाडल मेटिएको छैन । झन् बढेको छ । यो खाडल मेट्ने तर्फ सबैले झकझकाउनु पर्छ । प्रभावकारी रुपमा झकझकाउने काम कलमले गर्न सक्छ । यही सोचले म बालबालिका क्षेत्रमा मेहनत साथ लागेको हो ।
बालसाहित्यमा वर्षाैदेखि समर्पित भएर लाग्नेहरु थुप्रै हुनुहुन्छ । थुप्रैले लेख्नु भएको छ । यस्ता लेखाइले बालबालिकालाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुदै गएको छ । तर धेरै जसो लेखन कथा, कवितामा मात्रै सिमित छ । समाज अध्ययन गरेर तथ्य कुराहरु अझै लेखिनु पर्छ । बालविषय लेखनमा यही कमी देखेको छु ।

Opinion: 
Language: