के तपाईंलाई थाहा छ ?

cocakola-news-photos

चिसो झोल कोल्ड ड्रिङ्कमा फोस्फोरिक अम्ल धेरै मात्रामा हुन्छ । यस अम्लले केटाकेटीको हाडलाई कमजोर पार्छ । यही भएर इन्डोनेसियाको सरकारले चिसो झोल कम्पनी सरकारी चेतावनी पनि दिएको थियो । सन् १९६९ मा जाम्बिया नामक देशमा एउटा घट्ना नै घट्यो । त्यहाँका आमाहरूले कोक र फेन्टालाई उत्तम झोल ठानेर स्तनपान गराउँनुको सट्टा आफ्ना केटाकेटीलाई खुवाएछन् । त्यही कारण धेरै बच्चाहरू कुपोषण भएर अस्पताल भर्ना भएका थिए । ती मध्ये चौवन्न प्रतिशत केटकेटीलाई चिसो झोल खुवाइएको थियो । यसरी कुपोषित भएका बच्चाहरूको नाम फेन्टा बेबी भनी नामाकरण गरिएको थियो ।


के तपाईंलाई थाहा छ ?


चिनी कति मिठो हुन्छ है ? तर यो चिनी हाम्रो लागि रोग बढाउँने शत्रु हो भन्ने कुरा वैज्ञानिकहरूले प्रमाणित गरेका छन् । चिनीले हाड कमजोर हुने, क्यान्सर, जोर्नीका समस्याहरू, मोटोपन, मुटुको रोग, उच्च रक्तचाप, दाँतमा कीरा लाग्ने, मन चन्चल गराउँनेलगायत थुप्रै रोग लाग्न सहयोग गर्छ । त्यसैले केटाकेटीले चिनी धेरै खानु हुँदैन । चिनी धरै खायो भने पढेको कम सम्झने पनि हुन्छ । त्यसैले गुलियो छ भनेर रमाउँदै चकलेट, हर्लिक्स, बर्नभिटा खानुले स्वास्थ्यको लागि हानी गर्छ ।

Language: