राम्रा लेखक र असल पाठक - डा.सुशील दाहाल

भ्लादिमिर नोबोकोभ (सन् १८९९–१९६६) रूसमा जन्मिए । बेलायतमा पढे र बिसौं वर्षसम्म अमेरिकी विश्वविद्यालयहरूमा पढाए । उपन्यास, कथा, कविता र निबन्ध विधामा कलम चलाएका नोबोकोभको सबैभन्दा चर्चित कृति हो – लोलिता । उक्त उपन्यासको लेखकस्वबाट उनले प्रशस्तै धन पनि आर्जन गरे । उनको पुस्तक ‘लेकचर्स अन लिटरेचर’ मा लेखनबारे उनका धारणाहरू सङ्ग्रहित छन् । उक्त पुस्तकमा रहेको लेखक र पाठकसम्बन्धि एक निबन्धको अंश यहा“ प्रस्तुत छ । डा.सुशील दाहालले यसलाई नेपाली अनुवाद गर्नुभएको हो ।
सय वर्षअघि फ्रान्सेली उपन्यासकार ‘मदाम बोभारी’ का रचयिता गुस्ताभ लाउबेयरले पत्नीलाई लेखेको एउटा चिठीमा बडो घतलाग्दो कुरा थियो । त्यसमा थियो– ‘केही दर्जन किताब मात्रै राम्ररी अध्ययन गरेको भए हामी कति विद्वान् हुने थियौ“ होला ।’
त्यसैले हामी असल पाठक बन्नु जरुरि छ । तर कुशल पाठक बन्न चाहनेले पढ्दाखेरी किताबको विषयवस्तुतर्फ ध्यान दिनुपर्छ र त्यसैप्रति रूचि जगाउनु पर्छ । पुस्तकमा भएका महत्वहीन प्रसङ्ग जम्मा गरेपछि त्यसप्रति उट्पट्याङ धारणा बनाउनु गलत होइन तर पढ्दै नपढी कसैले सुरुमै मनगढन्ते धारणाका साथ किताब पढ्न थाल्छ भने उसको सुरुवात नै गलत हुनपुग्छ । त्यसपछि उसले केही बुझ्न पाउ“दा–नपाउ“दै किताबदेखि ऊ पर भाग्न थाल्छ ।
कलात्मक कार्यहरूले नया“ संसारको सृजना गरेका हुन्छन् । त्यसैले पाठकले सर्वप्रथम किताबमा रहेको नया“ संसारलाई ग्रहण गर्नुपर्छ । यस्तरी ग्रहण गरिनुपर्छ कि लागोस् त्यो एकदमै नया“ हो, पहिल्यै जानेको संसारभन्दा नितान्त भिन्न ।
समय र अन्तरिक्ष, ऋतुका विविध रङ, मांसपेशी र मस्तिष्कका गति, यी सबथोक प्रतिभावान् लेखकका काम हुन् । यस्ता कुरा प्रचलित ज्ञानभण्डारमा प्रवाहित विषयवस्तुबाट सापट लिने लेखकका लागि काम छैन । सामान्य कुरालाई बढाइचढाइ वर्णन गर्नु निम्नस्तरका लेखकको काम हो । तिनीहरु संसारलाई नया“ ढङ्गले हेर्ने कष्ट गर्न चाह“दैनन् । आख्यानको परम्परागत संरचना पछ्याउ“दै उनीहरु बनिबनाउ विषय निचर्नुमै उद्यत रहन्छन् ।
कुशल लेखकले ग्रहहरूको गतिको हेक्का राख्छ, सुतिरहेको व्यक्तिको परिकल्पना गर्छ र सुताहाहरूको करङमा कुत्कुती जगाउ“छ । पुराना र थोत्रा विषयले राम्रा लेखकलाई त्यति तान्दैन । उ आफै“ केही नया“ सृजना गर्न तम्सिन्छ । यदि विश्व नै आख्यानात्मक सामथ्र्यले भरिपूर्ण छ भन्ने कुरा आत्मसात् गरिएको छैन भने लेख्नु बेकारको काम हुन जान्छ । संसारमा भएका वस्तु मिथ्या नहुन सक्छन् तर तिनीहरु कहिल्यै पूर्ण हु“दैनन् । त्यो पूर्णताको अभाव नै एक किसिमको अराजकता हो । त्यही अराजकताको सदुपयोग गर्दै उत्कृष्ट लेखकहरू विश्वलाई अचम्मित र स्तब्ध तुल्याइदिन्छन् ।
त्यो हुस्सुले ढाकेको छ नि, हो त्यो पहाड हो । त्यस पहाडमाथि विजय प्राप्त गर्नू छ भने पाइला कतै नभेटिए पनि लेखक आफ्नै बाहुबलले पहाडको टुप्पोमा पुग्छ । तपाईंको विचारमा त्यहा“ लेखकले कसलाई भेट्छ होला ? त्यहा“ उसको पर्खाइमा हुनेछ प्रसन्न पाठक । तुरुन्तै ती लेखक र पाठक कसिलो अङ्गालोमा बा“धिनेछन् । जबसम्म किताब जीवित रहनेछ, तबसम्म ती दुईको सम्बन्ध कायम रहनेछ ।
पाठक पुस्तक मण्डलीमा आबद्ध हुनुपर्छ । पुस्तकका नायक वा नायिकास“ग पाठक परिचित हुनुपर्छ । पाठकले पुस्तकका विवरणमध्ये सामाजिक र आर्थिक पक्षमा ध्यान दिनुपर्छ । द्वन्द्व र सम्वादले भरिपूर्ण कथा पाठकको रोजाइमा पर्छन् । पुस्तकमा आधारित चलचित्र बनेका छन् भने पाठकले त्यो हेरिसकेको हुनुपर्छः । पाठक बिस्तारै लेखक बन्न अग्रसर रहनुपर्छ । उ कल्पनाशील हुनुपर्छ । उसको स्मरण शक्ति राम्रो हुनु पर्छ । पाठकस“ग शब्दभण्डार हुनुपर्छ । केही कलात्मक चेत पनि । पढाउने यात्राकै सिलसिलामा एउटा प्रान्तीय महाविद्यालयमा पुग्दा मैले पाठकका यिनै दस बु“दा विद्यार्थीमाझ राखेको थिए“ ।
यीमध्ये पाठकलाई राम्रो पाठक बनाउने चार बु“दा मैले विद्यार्थीलाई रोज्न लगाए“ । उनीहरूले द्वन्द्व र सामाजिक, आर्थिक वा ऐतिहासिक पक्ष र संवेदनास“ग परिचित हुनुलाई महत्व दिए । तपाईंले पनि त अनुमान लगाउनुभयो होला नि ? हो, राम्रो पाठक कल्पनाशील हनुपर्छ र ऊस“ग स्मरण शक्ति र शब्दभण्डारका साथै कलात्मक चेत पनि हुनुपर्छ । यिनै गुण म आफूमा र अरूमा विकसित होस् भन्ने चाहन्छु ।

एउटा किताब, चाहे त्यो आख्यान होस् वा वैज्ञानिक ग्रन्थ, सर्वप्रथम तिनको प्रभाव बुद्धिमा पर्छ । बुद्धि, मस्तिष्क र मेरुदण्ड ः किताबमाथि प्रयोग गरिने शारीरिक अस्त्र यिनै हुन् ।
एउटा जुम्सो पाठक जब जग्मगाउँदो पुस्तक पल्टाउन सुरु गर्छ, त्यसबखत उसको दिमागले कसरी काम गरिरहेको हुन्छ होला ? यो एउटा घोत्लनुपर्ने प्रश्न हो । पहिले त उसको लोसेपन हराएर जान्छ ।
अब्बल दर्जाको लेखकले पुस्तक लेख्दा कल्पनाको भरपूर प्रयोग गरेको हुन्छ । त्यसैले पाठकले पनि त्यहा“ कल्पनाको प्रयोग गर्नुपर्ने हुन्छ । पाठक दुई किसिमका कल्पनाको प्रयोग गर्छन् । पुस्तक पढ्न बढि कस्तो कल्पनाले सघाउला ? आउनुहोस्, त्यसको चर्चा गरौ“ । सामान्य समवेदनामा आधारित कल्पना व्यक्तिगत प्रकृतिका हुन्छन् । चिनजानका व्यक्ति वा आफै“लाई परेको घटना जब पुस्तकमा बर्णन गरिएको हुन्छ, तब त्यसले मनलाई निकै छुने गर्छ । जीवनका पुराना कुराको स्मरण गराउने खालका विविध जीवनशैली, ठाउ“ र परिदृश्य उजागर गर्ने पुस्तकप्रति पाठक आकर्षित हुन्छन् ।
जतिसुकै प्रयास गरेपनि कल्पनाको विषयमा वस्तुपरक हुन असम्भव छ । सबै विषय केही न केही मात्रामा भावनात्मक हुन्छन् । जस्तो कि, तपाईं त्यहा“ बस्नु मेरो सपना हुनसक्छ र म तपाईंको सपना हुन सक्छु । मैले भन्न खोजेको के हो भने पाठकले कुनबेला कल्पनालाई बिराम दिने भन्ने कुरा राम्ररी जान्नु पर्छ । त्यसका लागि पाठकले लेखकद्वारा प्रस्तुत गरिएको निश्चित संसारलाई स्पष्ट बुझ्ने प्रयास गर्नुपर्छ । पाठकले विषयलाई हेर्न र सुन्न सक्नु पर्छ । कोठा, लुगा र लेखकले प्रस्तुत गरेका पात्रको बानी–व्यवहार सबथोक दृश्य रुपमा ग्रहण गर्न सक्ने हुनु पर्छ । जस्तै, जेन अस्टिनको उपन्यास ‘म्यान्स् फिल्ड पार्क’ मा चित्रण गरिएको फ्यानी प्राइसको आ“खा, उनको चिसो र सानो कोठाको आन्तरिक सज्जा यी सब महत्वपूर्ण हुन्छन् पाठकका लागि ।
हामी सबैको सोचविचार गर्ने आ–आफ्नै ढङ्ग हुन्छ । पाठकले आपूmमा त्यस्तो प्रवृत्ति विकास गर्नुपर्छ, जसमा कला र विज्ञानको सुन्दर मिलन होस् । एउटा उत्साही पाठकले किताबप्रति बनाउने धारणा बढी नै भावनात्मक हुन्छ । त्यहा“ वैज्ञानिक ढङ्गले विषयलाई केलाउने हो भने भावनात्मक उकुसमुकुस शान्त भएर जान्छ । यदि पाठक बन्न अग्रसर व्यक्तिमा उत्साह र धैर्य छैन भने उसले राम्रो साहित्यबाट बिरलै आनन्द लिन सक्ला । पाठकको उत्साह त कलाकारको जस्तो होस्, अनि धैर्य वैज्ञानिक जस्तो ।
साहित्यको जन्म त्यस दिन भएको होइन, जुनबेला आफूतिर स्याल आएको देखेर नियान्डरथल उपत्यकामा एउटा केटो ‘स्याल आयो’ भनी कराउन थाल्यो । साहित्य त त्यस दिन जन्मियो, जतिबेला त्यो केटो ‘स्याल आयो’ भनेर कराइरह्यो तर त्यहा“ कुनै स्याल नै थिएन । अनि अरुलाई झुक्याउन खप्पिस त्यो केटो एकदिन सक्कली स्यालको निशाना बन्न पुग्यो । यो एउटा संयोग हुनसक्छ तर मुख्य कुरा यही“निर छ । यहा“ साहित्यको जादु भनेको जङ्गलको स्याल र कथाभित्रको स्यालबीचको रङ्गीविरङ्गी इन्द्रेणी नै हो ।
साहित्य एक आविष्कार हो । आख्यान त आख्यान भैहाल्यो । एउटा कथालाई सत्यकथा भनिदिनु कला र सत्य दुवैको अपमान हो । हरेक कुशल लेखक एउटा धोकेबाज हो । धोकेबाजको पनि महाधोकेबाज त प्रकृति नै भइहाल्यो । प्रकृतिमा जहिले पनि छलछाम चलिरहन्छ । झुक्याउने खालको गति प्रकृतिले गर्ने सामान्य छल हुन् । सत्रुजीवबाट पुतली र चरालाई जोगाउन प्रकृतिले छरिदिएको सुरक्षात्मक रङ छलछामको जटिल र बेजोड नमुना हो । यसरी प्रकृतिमा अचम्मलाग्दो छलछाम अटूट रुपमा चलिरहेको हुन्छ । आख्यानकारले प्रकृतिको यस्तै अगुवाइलाइ पछ्याउने मात्र हो ।
एकपटक फेरि त्यै ‘स्याल आयो’ भनी कराउने केटोकै कुरा गरौ“ । स्यालको उपस्थिति आभास दिन त्यो केटोले गरेको प्रयास र स्यालबारे उसले बुनेको सपना एक किसिमको कलाको जादु हो । उसको धुत्र्याईं नै पछि राम्रो कथा बन्न पुग्यो । जब त्यो केटोले संसारबाट बिदा लियो, तब उसकाबारे बताइएको कथा पछि धेरैका लागि शिक्षा बन्न पुग्यो ।
लेखकलाई हामी तीनवटा भूमिकामा पाउन सक्छौ“ ः विवरण प्रस्तुत गर्ने व्यक्तिको रुपमा, शिक्षकको रुपमा र मोहनी लगाउने व्यक्तिको रुपमा । कलमद्वारा मोहनी लगाएर लठ्ठ पारिदिने लेखकको विशेष किसिमको भूमिकाले उसलाई एउटा उच्चकोटीको लेखक बनाइदिन्छ । विवरण बताउने व्यक्तिकहा“ हामी मनोरञ्जन र बौद्धिक उत्प्रेरणाका लागि मात्रै जादैनौ“, भावनात्मक सहभागिता र टाढा–टाढा घुमेर प्राप्त हुने आनन्द निश्चित समय र स्थानमा प्राप्त गर्नका लागि पनि जाने गर्छौं । अलि उन्नतस्तरको दिमाग भएको भन्दा पनि केही फरक किसिमका व्यक्ति भने लेखकमा शिक्षकको भूमिका खोजी गरिरहेका हुन्छन् । यस्तो कोटीमा सर्वप्रथम अफवाह फैलाउन चाहनेहरू, त्यसपछि नैतिकतावादी र अन्तमा धर्मगुरु पर्दछन् । हामी शिक्षककहा“ केवल नैतिकशिक्षा लिन मात्रै जादैनौ“, उहा“हरूबाट सामान्य जानकारी प्रत्यक्ष रुपमा ग्रहण गर्न पनि जाने गर्छौं ।
मैले त्यस्ता व्यक्तिलाई पनि भेटे“, जो चम्चमाउ“दो पेरिस र दुःखी रुसी जीवनबारे जानकारी लिन फ्रान्सेली र रुसी उपन्यास पढ्थे । महान् लेखक पाठकलाई मोहनी लगाइदिने क्षमता भएको महान् व्यक्ति हो । त्यस्ता होनहार लेखकको उपन्यास र काव्यमा रहेका शैली, बिम्ब र बनोटको अध्ययनद्वारा हामी उसको व्यक्तिगत प्रतिभाको जादुलाई ग्रहण गर्ने प्रयत्न गर्दछौ“ । लेखकीय जादु, विवरण र शिक्षा–यी तीन तत्वलाई प्रतिभावान् लेखकले कलात्मक ढङ्गले संयोजन गर्छ । त्यस्तो समिश्रणले नया“ र नौलो प्रभाव दिइरहेको हुन्छ । लेखकीय जादु विवरणको जगमा र विचारको गुदीमा अडेको हुन्छ ।

Opinion: