यो प्रसङ्ग एक दिन अघि भाटभटेनी सुपर मार्केट, भाटभाटभटेनी काठमाडौँको हो । एउटी आमा आफ्नो बालकलाई गुनासो गर्दै भन्दै थिइन्, यसलाई कतै घुमाउन लैजान मन लाग्दैन जहाँ गए पनि सुख दिँदैन ।
त्यो ६ वर्षे बालकको चन्चलतालाई मैले केही समय नियालि रहेँ । उसको चकचक बकबकमा रिसाउनु पर्ने मैले खासै केही कुरा देखिन तर धेरै आमाहरु यस्तै होलान्, जो आफ्ना यो उमेरका छोराछोरीलाई घुमाउन लैजान तयार हुँदैनन् र भई हाले पनि रमाइलो मेलामै सीमित गर्न चाहन्छन् ।