ज्ञानको शक्ति

प्राचीन ग्रीसका सम्राट सिकन्दरले सुनेछन्, उनको राज्यमा सन्त ददामी नाम गरेका एकजना प्रकाण्ड विद्वान छन् । तर उनी साह्रै गरीब छन् । सम्राटलाई यस कुराले छोयो र उनी ती सन्तको खोजीमा हिँडे ।


खोज्दै जाँदा उनी सिनोप प्रान्तमा पुगे । कसैले उनलाई सन्त ददामी ऊ तिनै हुन् भनेर चिनाइदिएछन् । उनले देख्दा सन्त रुखमुनि बसेर हिउँदे यामको न्यानो घाम तापिरहेका थिए ।


सम्राट सिकन्दर उनको छेउमा पुगे र भने, “सन्तज्यू, म सम्राट सिकन्दर । मेरो साम्राज्यमा तपाईंजस्तो प्रकाण्ड विद्वान हुनुहुन्छ भन्ने थाहा पाएपछि मलाई असाध्यै खुसी लागेको छ । तर तपाईंको यो दशा देखेर मलाई दुःख लाग्यो । मलाई भन्नोस्, तपाईंलाई के चाहिएको छ । म तपाईको हरेक इच्छा पूरा गरिदिनेछु ।


ददामीले यसो हेरे । सम्राटले आफ्नो जिउमा परिरहेको न्यानो घाम छलिरहेका थिए । ददामीले तत्काल भने– “तपार्इंले घाम छेलिरहनु भएको छ । अलि उता हट्नोस् त ! मलाई अरु केही कुरा चाहिँदैन ।”
राजा धेरैबेर छक्क मानेर उभिरहे ।


उनलाई बोध भयो, ज्ञानको अगाडि धन सम्पत्तीको कुनै अर्थ हुँदैन ।

Segment: 
Language: