भगवान् ! के यही हो त बालअधिकार ?

ezina-kc

- प्रतिभा केसी, कुश्मा, पर्वत
‘ए ! राम (राम झल्यास्स व्युझियो )
उठ बाबु घाम आँखामा पर्ने बेलासम्म सुत्नुहुन्छ ?’

निधार सुमसुम्याउदै मालिक्नीले भनिन् । राम तर्सियो, सपना नै पो हो कि भनेर उसले आफूलाई चिमोट्यो ।
उठ है बाबु, म तिमीलाई दूध तताउछु भनेर मालिक्नी भान्सा कोठामा गइन् ।
राम एकैछिन त वाल्ल प¥यो अनि सोच्यो– हैन आज मालिक्नीलाई के भएछ ? सधै चार बजे आएर छालै निकालूला जस्तो गरी चिमोटी–चिमोटी चिच्याउने मालिक्नीको मनमा आज मप्रति कताबाट दयाभाव आएछ हँ ? सायद दुःखीको पनि दिन आउँछ भनेको साँच्चै रहेछ ! मालिक्नीले सायद अब मलाई पनि आफ्नो छोराजतिकै माया गरिबक्सिन्छ क्यारे !’– राम यिनै कुरा सोच्दै दंग प¥यो ।
   ओहो ! राम तिमी अझै पनि ओछ्यानमा नै छौ ? उठ गएर हातमुख धोऊ, मैले दूध तताइदिएँ आज तिमी सानो मालिक...सानोबाबुको स्कुल जानुपर्छ– मालिक्नीले मायालु स्वरमा भनिन् । 
रामलाई अझै पनि सपना हो कि विपना छुट्याउनै मुश्किल भइरहेको थियो । भगवान्ले एक न एक दिन सबैको पुकार सुन्छ भनेको यही हो क्यारे । ऊ ओछ्यानबाट उठ्यो अनि मुख धुन भनी तलको बाथरुम जानलाई पाइला बढायो । यो देखि मालिक्नीले उसलाई हत्तपत्त रोक्दै भनिन्– ओ बाबु, कता तलको बाथरुमतिर हिड्न लागेको ? यहीँ छँदै छ नि राम्रो बाथरुम । अनि सुन, आजबाट तिमी सानोबाबुको कोठामा नै सुत्नु, मैले सानो बाबुको सर्टमा आइरन लगाएकी छु । आज सानो बाबु बिरामी छ । तिमी उसको स्कुलमा आज जानु ल । ल, ल जाऊ छिटो गर ।
   रामुले अझै पनि होस् सम्हाल्न सकेको थिएन । अब ती दुःखका कहालिलाग्दा दिनहरू त केवल कल्पनाका तस्बीरहरु बनी टाँगिने भए क्या हो ओ...हो– सोच्दा सोच्दै उसले कपडा लगायो अनि नास्ता खान गयो । ऊ  नास्ता लिएर भुइँमा बस्न खोज्यो । यो देखेर उसका मालिकसाहेबले बाबु, किन भुइँमा बसेको ? माथि आऊ भनेर समाते । अनि माथि आफ्mूसँगै टेबुलमा लगेर नास्ता गर्न लगाएर भने– बाबु स्कुलमा राम्रोसँग पढ्नु है !’ रामले हस् मालिकसाहेब भन्यो । रामु, अब हामीलाई मालिक–मालिक्नी हैन अङ्कल– आन्टी भन्नु र बेलुका कतै नभुली घर आउनु है ! बेलुका तिमीलाई भेट्न थुप्रै अङ्कल–आन्टीहरू आउनुहुन्छ ।
हस्, अङ्कल भन्दै राम झोला बोकेर स्कुलतिर लाग्यो ।

बेलुका उसलाई लिन मालिक्नी यानी आन्टी आएकी थिइन् । रामलाई देखेपछि हात समातेर घर ल्याइन्, अनि घर ल्याएर जुस पिउन दिइन्, त्यसपछि सानोबाबुका राम्रा कपडा ल्याएर लगाउन दिइन् । रामले चुपचाप कपडा फ्mे¥यो । एकैछिनमा उसको अङ्कल पनि अफ्mिसबाट आइपुगे । केहीबेरमा नै त्यो घरमा ठूलो भीड जम्मा भयो । कसैको हातमा माइक र कसैको हातमा फ्mूल थिए । रामले केही सोच्नै सकेन । पछि कुरा बुझ्दै जादा ती त कोही पत्रकार, कोही मन्त्री र कोही हाकिम पो रहेछन् । उनीहरू सबैको खातिरदारी आन्टीले नै गरिन् । अनि सबै पत्रकारले प्रश्न गर्न थाले । राम आत्तिएर केही बोल्नै सकेन । उसको अङ्कलले क्यामरातिर फ्mर्केर भने– राम अलि लजालु स्वभावको छ । हामीले उसलाई यहाँ ल्याएको तीन वर्ष भयो । कहिल्यै पनि बदमासी गर्दैन, ज्ञानी छ, सधैँ स्कुल जान्छ, भ्याउँदा अलिअलि आन्टीलाई सहयोग गर्छ । जे होस्, गर्व लाग्छ एउटा अनाथलाई ल्याएर छोराकोे स्थानमा राख्न पाउँदा, हैन बाबु ? रामुले केही प्रतिक्रिया दिन सकेन । ऊ सकिनसकी केवल फिस्स हाँस्यो मात्र ।
त्यसपछि सोफ्mाबाट मन्त्री उठे । मन्त्रीले सबै मान्छेको अगाडि उसको ढोङ्गी अङ्कललाई दोसल्ला ओढाई सम्मान गर्दै भने– आज बालदिवसको दिन यति ठूलो व्यक्तिलाई सम्मान गर्न पाउँदा म पनि हर्षविभोर भएको छु । सबै व्यक्तिमा यस्तै सोच पलाओस् भन्ने कामना गर्दै रामुको उज्ज्वल भविष्यको लागि यो दुई लाखको चेक दिन चाहन्छु । हस त धन्यवाद !
कार्यक्रम सकियो । सबैजना आ–आफ्नो घरतिर लागे ।
रामले आज बालदिवस रहेछ भन्ने कुरा बल्ल थाहा पायो । मनमा कुरा खेलाउदै टेबुलमा भएको जुस पिउन हात मात्रै के अगाडि बढाएको थियो । उसको हातमा सहनै नसक्ने प्रहार भयो । ऊ रन्थनिएर रातो भयो र बिस्तारै नजर उठाएर हे¥यो । उसमाथि प्रहार गर्ने त उसकै आन्टी पो रहिछिन् । अनि उसले मसिनो स्वरमा भन्यो आन्टी, फ्mेरि उसको ढाडमा सुम्ल्याउँदै भनिन् उनले भनिन्– केको आन्टी ? मालिक्नीसाहेब भन् । तर आन्टी अघि त...केको अघि ? अघिको कुरा त तेरो भ्रम या भनौँ सपना नै सम्झी । राम केवल आशु तपतप चुहाएर उभिइरह्यो । मालिक्नीले भनिन्– ती कपडा फ्mुकाल् अनि कतै लगेर मिल्काइदिनु, अब ती कपडा सानो मालिकले लगाउँदैन, अनि सुन् किचनमा एउटा रोटी छ त्यो रोटी खा, अनि यी सबै भाडा माझ, कोठा सफ्mा गर्, भूइँ पुछ् अनि मैला–मैला कपडा धोएर त्यो भ¥याङमुनिकै कोठामा गएर सुत्नु । आज पार्टी छ हामी उतै डिनर गरेर आउछौँ बुझिस् । रामले टाउको हल्लाउँदै बुझेँ मालिक्नीसाहेब भन्यो ।
त्यसपछि ऊ मनमा आएको पहिरो थाम्नै नसकेर उता कोठामा गएर भक्कानिएर रोयो । उसको घाउ यति गहिरो थियो कि त्यसको कुनै मलम, औषधी नै थिएन । ऊ भगवान्को अगाडि गएर आफ्नो मनको व्यथा सुनाउन थाल्यो– भगवान् के यही हो त बालअधिकार ?
(यो कथा २०६५ सालको प्रारम्भ अनलाइन बालकथा प्रतियोगितामा प्रथम भएको कथा हो ।)

Literature: 
Language: