General Knowledge

General Knowledge

के तपाईंलाई थाहा छ ?

Sep
18
cocakola-news-photos

चिसो झोल कोल्ड ड्रिङ्कमा फोस्फोरिक अम्ल धेरै मात्रामा हुन्छ । यस अम्लले केटाकेटीको हाडलाई कमजोर पार्छ । यही भएर इन्डोनेसियाको सरकारले चिसो झोल कम्पनी सरकारी चेतावनी पनि दिएको थियो । सन् १९६९ मा जाम्बिया नामक देशमा एउटा घट्ना नै घट्यो । त्यहाँका आमाहरूले कोक र फेन्टालाई उत्तम झोल ठानेर स्तनपान गराउँनुको सट्टा आफ्ना केटाकेटीलाई खुवाएछन् । त्यही कारण धेरै बच्चाहरू कुपोषण भएर अस्पताल भर्ना भएका थिए । ती मध्ये चौवन्न प्रतिशत केटकेटीलाई चिसो झोल खुवाइएको थियो । यसरी कुपोषित भएका बच्चाहरूको नाम फेन्टा बेबी भनी नामाकरण गरिएको थियो ।

Posted By ketaketionline read more

रोचक जानकारीहरू

Sep
02

सन् १३३७ र १४५३ का बीच बेलायत र फ्रान्सका बीचमा अनेक छोटा छोटा युद्धहरू भए । यी युद्धहरूलाई सामूहिक रुपमा “सयवर्षे युद्धहरू भनिन्छ । बेलायतीहरूले पटक पटक फ्रान्सको सत्तालाई कब्जा गर्ने कोसिस गरिरहे । तर फ्रान्सेलीहरूले त्यसको प्रतिकार गरि नै रहे । १४१५ मा बेलायती राजा हेनरी पाचौंले फ्रान्समाथि जबरजस्त आक्रमण गरेर एजिनकोर्ट युद्ध जितेर फ्रान्सलाई आफ्नो अधिनमा ल्याए ।

Posted By ketaketionline read more

Pages

Subscribe to RSS - General Knowledge