डा. ऋषिराम शर्मा वि.सं. २०१७ जेष्ठमा मुसिकोट न.पा. ५ आपचौर, गुल्मी, प्रदेश नं. ५ मा जन्मनुभएको हो । पिता पं. दुर्गादत्त अर्याल र माता टोपला अर्यालका सुपुत्र शर्माले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएको छ । हाल उहाँ त्रिभुवन विश्वविद्यालय, महेन्द्र रत्न क्याम्पस ताहाचलमा नेपाली विषय पढाउनु हुन्छ । उहाँले लेखन तथा सम्पादन गर्नुभएका कृतिहरु आधुनिक नेपाली निबन्धमाला, माध्यमिक नेपाली निबन्धमाला, वर्णहरूको कथा र व्यथा (बालकथा), रतन्धो फुर्के (२०६५, बालकथा), किताबको कुराकानी (२०६५, बालकथा), सुगाको जन्मदिन (२०६२, बालकथा), नेपाली रस परिचय (२०७०), नेपाली अलङ्कार विमर्श (२०७०), नेपाली वक्रोक्ति परिचय (२०७१),
गणितमानका दस छोरीहरू (२०७२, बालकथा), भैरव अर्यालका निवन्धमा वर्णवक्रता (२०७३), कमिलाको सहर भ्रमण (२०७४, बालकथा), बालसाहित्य समालोचना (२०७५) र पूर्वीय साहित्यशास्त्रीय प्रायोगिक नेपाली समालोचना (२०७३) आदि हुन् ।
रुकुम, डोल्पा, हुम्ला र काभ्रेपलाञ्चोक जिल्लाका विद्यालयहरुमा लामो समय अध्यापन अनुभव बटुल्नुभएका शर्मा बालसाहित्य लेखन र समालोचनाका क्षेत्रमा क्रियाशील सर्जक हुनुहुन्छ । नेपाली बालसाहित्यका क्षेत्रमा गम्भीर समालोचना नभइरहेको वर्तमान अवस्थामा यस क्षेत्रमा काम गर्ने उत्साहका साथ अग्रसर हुनुभएका विद्घान् सहप्राध्यापक डा. ऋषिराम शर्मासँग ‘केटाकेटी अनलाइनको ३ प्रश्न’ स्तम्भका लागि सम्पादक कार्तिकेयले गर्नु भएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।