सर्जक आई. पी. अधिकारी

i. p. adhikari

आई. पी. अधिकारी विगत एक दशकभन्दा बढी समयदेखि बालसाहित्य क्षेत्रमा कलम चलाउँदै आएका साहित्य सर्जक हुन् । उनी त्रिभुवन विश्वविद्यालयअन्तर्गत् पुस्तकालय तथा सूचना व्यवस्थापन सेवामा एक वरिष्ठ अधिकृतको रूपमा कार्यरत छन् ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय बालसाहित्य अध्ययनमा विशेष रूचि राखी निरन्तर लेखन अभ्यासमा रहने  अधिकारीले डेनिस राइटर्स एसोसिएसन, नेपाल बालसाहित्य समाज तथा रूम टु रिड–नेपालद्वारा आयोजित बालसाहित्य लेखनसम्बन्धी विभिन्न कार्यशालाहरूमा सहभागी भई थुप्रै बालकथा लेखेका छन् । छिमेकी राष्ट्र भारतसँग सीमा जोडिएको नेपालको पूर्वी जिल्ला झापाको बाहुनडाँगीमा हरेक वर्ष हुने हात्ती आतङ्कलाई लिएर एक खोजमूलक बालकथा “हात्तीको हन्जा” समेत प्रकाशित गरिसकेका अधिकारीका बालकथा सङ्ग्रह, बालचित्रकथा, बालकविता सङग्रह गरी १२ वटा बालसाहित्यका पुस्तकहरू प्रकाशित छन् । नेपाल बालसाहित्य समाज र नेपाल पुस्तकालय संघका आजीवन सदस्य रहेका अधिकारीको बालसाहित्यका पुस्तकका साथै पुस्तकालय व्यवस्थापन सम्बन्धी एक गहकिलो कृति पनि प्रकाशित छ ।

Directory: 
Language: