नेपाली बालकथाहरु अङ्ग्रेजीमा

jaleshwori-shrestha

साहित्यकार जलेश्वरी श्रेष्ठ र वसुश्री पाण्डेका बालकथाहरु अङ्ग्रेजी भाषामा प्रकाशित भएका छन् । जलेश्वरी श्रेष्ठका छानिएका पन्द्रवटा कथाको किताब ‘पिङ्कि एण्ड दि बटरफ्लाइज’ नामक सङ्ग्रह र वसुश्री पाण्डेका छानिएका चौधवटा कथाहरु ‘हि स्टप्ड ब्रिङ्गिङ बेलुन्स’ नामक सङ्ग्रहको रुपमा प्रकाशित भएको छ । यी दुवै सङ्ग्रहमा रहेका उनन्तिस कथाहरु महेश पौड्यालले अनुवाद गरेका हुन् । जलेश्वरी श्रेष्ठका कथाहरुमा रोशन डंगोलले चित्र बनाएका छन् र यो किताब केटाकेटी मिडियाले प्रकाशन गरेको हो भने वसुश्री पाण्डेका कथामा चन्द्रशेखर पौड्यालले चित्र बनाएका छन् र यो किताब बालसाहित्य प्रतिष्ठान नेपालले प्रकाशन गरेको हो । 


Segment: 
Language: