Kalpana Pradhan

बालसाहित्यकार कल्पना प्रधानको जन्म वि.सं. २००३ सालमा खोटाङको मार्से भन्ने ठाउँमा भएको हो । त्यस समयमा समाजमा छोरीमान्छेलाई पढ्नुपर्छ भन्ने धारणाको विकास भैनसकेको अवस्थामा पनि उहाँले आइए सरहको औपचारिक शिक्षा हासिल गर्नुभएको छ । विशेषतः बालसाहित्य क्षेत्रमा आवद्ध बालसाहित्यकार कल्पना प्रधानका झण्डै दुई दर्जन जति बालकथासङ्ग्रह आधा दर्जन बालउपन्यास आधा दर्जन बालकविता सङ्ग्रह र दुइटा पौढ साहित्य पुस्तक प्रकाशित छ । उहाँको मेरो सानो खरायो कविता अत्यन्त चर्चित बालकविता मानिन्छ । उहाँ विभिन्न सङ्घसंस्थाबाट पुरस्कृत तथा सम्मानित हुनुहन्छ । उहाँ रत्न बालकोष (२०४५), बालसाहित्य समाज पुरस्कार (२०४५), समाज कल्याण बालपुरस्कार (२०५३), शिशु सेवा बालपुरस्कार (२०५४) असल आमा सम्मान (२०६०), देवकुमारी थापा बालसाहित्य पुरस्कार (२०६१), महानन्द सम्मान (२०६४), द्वारा सम्मानित हुनुहुन्छ । उहाँ विभिन्न सामाजिक तथा साहित्यिक सङ्घसंस्थामा आवद्ध हुनुहुन्छ । उहाँ नारी विकास संस्थामा अध्यक्ष्ँको रूपमा कार्यभार सम्हाल्नु भएको छ भने अरु धेरै साहित्यिक सङ्घसंस्थामा आजीवन सदस्य हुनुहुन्छ । उहाँ नेपाल बालसाहित्य समाजको आजीवन सदस्य हुनुहुन्छ । उहाँ देशको बालसाहित्य क्षेत्रमा विशेष सुधार हुनुपर्ने र यसको लागि सरकारले ठोस कार्य नीति ल्याउनु पर्ने सुझाव दिनुहुन्छ । उहाँ नेपाल बालसाहित्यमा हाल निर्वाचित भएका कार्यसमितिले पारदर्शी काम गरेर त्यागी, साधना गरी व्यक्तिवादी धारणा त्यागी बालसाहित्यिक समाजको विकासको लागि कटिवद्ध भएर लाग्नु पर्ने सझाव दिनुहुन्छ ।

Directory: