भाइबहिनीहरुलाई सल्लाह

ananta-kumar-paudyal

पाठ्यपुस्तकमा दिइएको पाठ कसरी पढने ?

१. पाठमा दिएको शीर्षक पढने र त्यसमा भएका हरेक शब्दको अर्थ, उदाहरण र घर व्यवहारमा कहाँ काम लागेका छन तिनको खोजी गर्ने
२. पाठमा दिइएका चित्रहरु राम्रोसित अवलोकन गर्ने र त्यस चित्रले के देखाउन खोजेको छ, त्यसको स्रोत के हो त्यसको खोजी गर्ने
३. पाठलाई गहन रुपमा अध्ययन गर्ने र मुख्य मुख्य बँदाहरु र तथ्यांकहरु कापीमा टिपोट गर्ने
४. पाठको सारांश आफ्नो नोट कापीमा लेख्ने
५. पाठमा भएको कुरा हाम्रो दैनिक व्यवहार र समुदायमा कहाँ कहाँ प्रयोग भएको पाइन्छ, खोजी गर्ने
६. पाठमा भएका अभ्यासका सबै प्रश्नहरु अध्ययन गरी तिनको उत्तर लेख्ने र शिक्षक वा जान्ने मानिसलाई देखाउने
७. उक्त पाठबाट परीक्षामा कति कति नम्बरका कतिवटा र कस्ता प्रश्नहरु परीक्षामा आउन सक्दछन्, उदाहरणहरु खोजी गरी नोट गर्ने
८. पाठबाट आफैँले परीक्षामा आउन सक्ने किसिमका विभिन्न प्रश्नहरु निर्माण गर्ने
९. पाठसित सम्बन्धी समाचार र फोटोहरु पत्रपत्रिकामा खोजी गर्ने, तिनलाई कैँचीले काटेर निकाल्ने वा फोटोकपी गरीफाइलमा संकलन गर्ने र पढने
१०. पढने कम लेख्ने ज्यादा । हामीमध्ये धेरैको चलन पढने, हेर्ने बढी र लेख्ने कम हुन्छ । पाठलाई कथा, कविता, नाटक आदिमा रुपान्तरण गर्न सके, पाठमा आधारित विभिन्न चित्रहरु कोर्न सके, पाठमा आधारित खेलहरु निर्माण गर्न सके अति राम्रो ।
११. त्यो पाठ पढेर म अब दैनिक व्यवहारमा काम लाग्ने के काम गर्न सक्ने भएँ त भनी आत्ममूल्यांकन गर्ने
१२. पाठ्यपुस्तकमा दिइएको कुरा नै सबै थोक हो भनेर नसोच्ने
प्रश्नको उत्तर लेख्ने तरिका
१. छोटा वाक्यहरु प्रयोग गर्ने । अर्थ लगाउनै गाह्रो हुने लामा लामा वाक्य लेख्ने बानी छ भने कम गर्दै जाने
२. डिको दिएर ह्रस्व, दीर्घ, पदहरु जोडनु पर्ने ठाउँमा जोडेर सजिलै पढन सकिने गरी राम्रो अक्षरमा लेख्ने
३. प्रश्नले के मागेको छ, निधो गरेर मात्र उत्तर लेख्न शुरु गर्ने
४. प्रश्नको उत्तर लेख्न पाठ्यपुस्तकको मात्र भर नपर्ने । अरु विभिन्न स्रोतहरु खोज्ने र स्रोत खुलाएर उत्तर लेख्ने
५. जसले पढे पनि मैले लेखेको सबैले बुभ्mन सकून भनेर लेख्न शुरु गर्ने । लेखेको उत्तर कसैलाई पढन दिएर सोधे पनिहुन्छ
६. प्रश्नले मागेको कुरा उत्तरमा लेखेर दिन सकेको छु कि छैन भनी एक पटक फेरि पढेर निश्चित गर्ने ।
अनन्तकुमार पौड्याल, उपनिर्देशक
क्षेत्रीय शिक्षा निर्देशनालय, सुदूर पश्चिामाञ्चल, दिपायल

Opinion: 
Language: