स्कुलको मुख देख्न नै पाइनँ - by कृष्ण अविरल

krishna-abiral-jpg

पिएर रक्सी बाबाले दिन–रात, निहुँ खोजीखोजी पिटेको देख्दा
सहनै मुस्किल भएर आउँछ, आमाको हिक्का छुटेको देख्दा


पसिना धारा चुहाउँछिन् आमा, आधापेट खाई अर्काको घरमा
अपमान पिउँदै दुःखलाई सिउँछिन्, आशाको त्यान्द्रो साँचेको भरमा
चामल किन्न जोगाको पैसा, रक्सीका लागि खोसेको देख्दा
सहनै मुस्किल भएर आउँछ, आमाको हिक्का छुटेको देख्दा

किताब–कापी नकिनिदिँदा, स्कुलको मुख देख्न नै पाइनँ
ओढेर शीत रात काट्नु पर्छ, आङ ढाक्ने लुगा जीउमा छैन
घरको वास्ता नगरी बाबा, भट्टीमा मस्त झुमेको देख्दा
सहनै मुस्किल भएर आउँछ, आमाको हिक्का छुटेको देख्दा

Literature: 
Language: