दुइटी आमा

lalita-doshi

– ललिता ‘दोषी’
    कात्तिकको महिना, समय त्यस्तै बिहानको एघार जति बजेको हुँदो हो । अमेरिकी नागरिक लरेन गेटमा उभिरहेकी थिइन् । आठनौ वर्षकी बालिका हातमा सानो प्लास्टिकको झोला बोकेर उनीतिर नै दौडदै आइन् ।

    लरेनले उनलाई तलदेखि माथिसम्म हेरिन् । उनको कपडा च्यातिएको थियो । कपाल कोरिएको थिएन । खुट्टामा जुत्ता पनि थिएन । लरेनले उनलाई पैसा दिन हात बढाइन् । त्यो केटी लरेनको वास्तै नगरी अगाडि बढिन् । लरेनले अचम्म मान्दै त्यस केटीलाई हेरिरहिन् । त्यस केटीले झोलाको मुख खोलेर बाटोको छेउमा राख्दै फेरि बेतोडले दौडिन् ।
    लरेनलाई त्यो मायालु देखिने केटीसँग रिस उठ्यो । अहो ! यो त दौडदै फोहोर प्mयाँक्न आएकी बदमास केटी पो रहिछे । मन दुखाउदै यस्सो फेरि झोला प्mयाँकेतिर हेरिन् । एउटा बियाएको खैरो कुकुरले पुच्छर हल्लाउँदै प्लास्टिकमा मुख गाड्यो । लरेन त्यतैतिर लागिन् । प्लास्टिकमा थोरै भात र केही सागका त्यान्द्रा थिए । पर्खालको कुनामा आँखा बन्द भएका दुईवटा छाउरा र दुईवटा छाउरी कुइँकुइँ कराइरहेका थिए । छाउराछाउरीले बस्नका लागि ओछ्याएका कपडाहरू पनि त्यही बालिकाले लाउनेजस्तै साना–साना थिए । लरेनले लामो स्वास फेर्दै बालिका गएतिर आँखा डो¥याइन् । बालिकाको छाया कतै हराइसकेको थियो ।
    पचासपच्पन्न वर्षकी लरेन नेत्रहीनहरूले चलाउने ब्रेल सेन्स कम्प्युटरको तालिम दिन तीन महिनाको लागि नेपाल आएकी थिइन् । उनी नेत्रहीन संघमै काम गर्ने कर्मचारी विराटको घर बानेश्वरमा बसेकी थिइन् । उनी फर्किने दिननजिक आइसकेको थियो ।
    विराटले कारको हर्न दिएपछि कारमा चढिन् । उनको आँखामा त्यो मायालु केटी, त्यही भात र सागका त्यान्द्रा र छाउराछाउरीमा नाचिरह्यो । विराटले लरेनतिर हेर्दै अंग्रेजीमै भने – “हैन तपाईं किन आज निरास हुनुहुन्छ ? हामीबाट केही गल्ती भयो कि ? कतै खानेकुरा मीठो भएन कि ?”
    लरेनले खानेकुला मिथो छ नेपालीमै भनिन् । अरू कुरा अंग्रेजीमै भनिन् – “अमेरिकामा त यस्तो बाहिर कुकुरहरू हुँदैनन् । कुकुरलाई पनि खानका लागि भत्ता दिइन्छ । यहाँ त एउटी गरिब केटीले कुकुरलाई बचाएकी रहिछिन् ।”
    विराटले भने – “यहाँ गरिबको लागि, काम नहुनेका लागि कुनै भत्ताको व्यवस्था छैन । साठी वर्ष नागेका वूढावूढीलाई भने थोरै भत्ता दिइन्छ ।”
 लरेनले नम्र स्वरमा भनिन्, “त्यो कुकुर र उसका बच्चाहरूलाई ल्याएर पालिदिनुहोस् । जति पैसा लाग्छ म दिन्छु ।”
    विराटले फेरि अमेरिकी डलर पाइने भयो भनेर खुसी हुँदै भने, “हुन्छ तपाईँले जे भन्नुहुन्छ म मान्छु ।”
    विराटको कुराले लरेन खुसी भइन् ।
    त्यही दिन बेलुकी आठ बजेतिर बच्ची रोएको आवाजले लरेन आतिइन् ।  पूणर््िामाको रात उज्यालो थियो । खम्बामा बत्ती बलिरहेको थियो । विराटलाई बोलाएर लरेन बाहिर निस्किन् । त्यही बालिकालाई एउटी आइमाई बाटोमै भुत्लाउँदै र गालामा पिट्दै थिइन् । ती बालिका रुँदै थिइन् ।
    लरेनले रिसाउँदै विराटसँग भनिन्, “ती आइमाईले किन बच्चालाई पिपिटरहेकी छिन् ? पुलिस बोलाइदिनुहोस् ।”
    विराटले ठूलो स्वरमा भने “दिदी किन बच्चीलाई पिटेको हँ ?”
    कुमारीले भुत्लाउन छोडेर रुन्चे स्वरमा भनिन् – “हेर्नुहोस् बाबु ! म साग बेचीबेची यिनीहरूको भुँडी भराउँछु । केही दिन अगाडिदेखि बिहानबेलुकी नै म पछि भात खान्छु भन्थी । रुपैयाँ दाना हुन लागिसक्यो चामल, त्यस्तो चामलको भात कुकुरलाई  खुवाउको लागि पो रहेछ । हिजो बेलुका त रिँगटा लाग्यो पो भन्दै थिई । यो रातराती सुटुक्क कहाँ जादिरहिछे भनेर आज च्याव बुझ्न आएकी त यहाँ पो आउनेरहिछ । भएभरको लाउने कपडा पनि कुकुरलाई ओछ्याउन दिइछे ।” कुमारीले एक्कै श्वासमा बोली टुङ्ग्याइन् ।
    विराटले सबै कुरा लरेनलाई अंग्रेजीमा बुझादिए । नेपालका आमाबाबुले छोराछोरी कुट्न पाउछन् भनेर बुझाउदा लरेन छक्कै परिन् ।
    लरेनले आँखाभरि आँसु पार्दै भनिन् – “अमेरिकामा त कुट्न पाइदैन । अनि यिनका बाबु नि ?”
    विराटले त्यही कुरा कुमारीलाई सोधे । कुमारीले आँसु झार्दै भनिन् – “श्रीमान् अर्की स्वास्नी लिएर बसेका छन् । म एक्लैले कहिले साग,कहिले मकै आदि बेचेर दुइटा बच्चा पाल्दै आएकी छु ।”
    विराटले कुमारीको कुरा लरेनलाई बुझाए । लरेनले अचम्म मान्दै भनिन् – “मेरो पनि श्रीमान्ले अर्की श्रीमती लिएर बसेका छन् । कहिलेकाही मलाई भेट्न आउँछन् । छोरा अठार वर्ष पुगिसकेकोले बाहिर नै बस्छन् । मैले पहिलो चोटी यस्ती दयालु बच्ची देखेँ । म उनलाई धमपुत्री बनाएर अमेरिका लैजान्छु हुन्छ ?”
    विराटको इच्छा थियो आप्mनै एघार वर्षकी छोरीलाई अमेरिका लैजाओस् । त्यसैले उनले छोरीलाई लरेनसँग नजिक होऊ भनेका थिए । लरेनको कुराले विराटलाई साह्रै चोट प¥यो । उनको कानमा केही दिनअगाडि छोरीले भनेको शब्द आयो – “बाबा ! बाटैनजिक कुकुर बियाएको छ । त्यसले टोक्न सक्छ अन्तै सारिदिनुहोस् । विराट ती बालिकाझैँ आफ्नी छोरी नभएकोमा पछुताए ।”
    लरेनले भनिन् – “के सोचेको विराटजी ? उनकी आमालाई मैले भनेको कुरा भनिदिनुहोस् ।”
    विराटले हुन्छ भन्दै लरेनले भनेको सबै कुरा बताइदिए ।
    कुमारीले नमस्ते गर्दै भनिन् – “यसलाई पढाउन नसकेर म साह्रै दुःखी भएकी थिएँ । यसको भविष्य बन्छ भने मलाई केही चाहिँदैन ।”
    विराटले कुमारीको कुरा लरेनलाई बताइदिए । लरेनले कुमारी र बच्चीलाई अँगालो मार्दै भनिन् – “म अर्को बच्चालाई पढाउन पनि पैसा दिन्छु ।”
    विराटले लरेनको कुरा कुमारीलाई भनिदिए । कुमारीले खुसी हुँदै लरेनको खुट्टा छुन खोजिन् । लरेनले के गर्न लागेको भनेर सोधिन् । विराटले खुसी भएर तपाईँको आदर गर्न खोज्नुभएको हो भनेर बताए ।
    लरेनले हतारहतार बच्चीको खुट्टा छुँदै भनिन् – “आदर त हामीले यिनको गर्नुपर्छ । यिनले आप्mनो कपडा कुकुरलाई ओछ्याउन दिएकी छिन् । आप्mनो पेट भोको पारेर कुकुरलाई खुवाएकी छिन् । हामीले त केही गरेकै छैनौँ । यिनीजस्तो राम्रो हुन नसक्दा म धेरै दुःखी छु ।
    लरेनले भनेको कुरा विराटले कुमारीलाई बताए । नौ वर्षकी साक्षीले बाबु नभएर आपूm र आमाजस्तै लरेन पनि दुःखी छिन् होला भन्ने बुझिन् । लरेनतिर हेर्दै भनिन् “म धेरै पढेर दुइटै आमालाई सुख दिन्छु क्यारे !”
    विराटले लरेनलाई साक्षीको कुरा भनिदिए ।
    लरेनले खुसी हुँदै साक्षीको गालामा म्वाइँ खादै भनिन् – “हुन्छ छोरी !”

Literature: 
Language: