मानसी हजेरीसँग तिन प्रश्न

manasi-hajeri

मानसी हजेरी भारतीय बालसाहित्य लेखिका हुन् । उनी राजापुर जुनिएर कलेज (राजापुर, जिल्ला रत्नागिरी)  को पूर्व प्रधानाध्यापिका हुन् । उनी अहिले भारतको पुनेमा रहेको स्पर्श प्रकाशनमा कार्यरत छिन् । लेखिका हजेरीसँग यो हप्ता केटाकेटी अनलाइनले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

१. नमस्ते, अहिले तपाईं के गर्दै हुनुहुन्छ ?

अहिले म बालबालिकाको चरित्र निर्माणका लागि उपयोगी कथा सङ्कलनको तयारीमा काम गरिरहेकी छु ।

२. यस अघि पनि तपाईंको कुनै किताब प्रकाशित भएको छ ?

छ । म मराठी भाषामा लेख्ने गर्छु । मैले लेखेका निसर्गराजा, वसुंधरेचे सोबती, पिटू, भोलुची गोष्ट आदि किताबहरु मराठी भाषामा प्रकाशित भएका छन् । 

३. तपाईंको रुचि लेखन बाहेक अरु केमा छ ?

मलाई बालबालिकालाई कथा सुनाउन मन लाग्छ । बालबालिकासँग कुराकानी गर्न र उनीहरुको भावना बुझेर काम गर्ने मेरो स्वभाव छ । मेरो यही स्वभावको कारण विद्यालयका विद्यार्थीहरुले मलाई माया गरेर समझने गरेका हुन् कि भन्ने मैले ठानेकी छु । 

Opinion: 
Language: