हार्दिक बधाई

dr. kabitaram-shrestha

‘जनकवि दुर्गालाल श्रेष्ठ राष्ट्रिय बालसाहित्य पुरस्कार’ बाट पुरस्कृत हुनुभएकोमा वरिष्ठ बालसाहित्य लेखक श्रीमती कल्पना प्रधानज्यू (वि.सं. २०७२) र वरिष्ठ लेखक श्री कविताराम श्रेष्ठज्यू (वि.सं. २०७३) लाई हार्दिक बधाई ज्ञापन गर्दछौं । 

नेपाली बालसाहित्यमा कल्पना प्रधानको विशिष्ट योगदान रहेको छ । त्यस्तै बालसाहित्यमा विज्ञानलाई रोचक ढंगले आख्यानमार्फत् प्रस्तुत गरी ख्याति आर्जन गर्नुभएका कविताराम श्रेष्ठले बालसाहित्य लेखनमा विशिष्ट छाप छोड्नु भएको छ । साथै उहाँले बालसाहित्यको प्रवद्र्धनका लागि पनि प्रशंसनीय योगदान गर्नु भएको छ । 

उहाँहरुलाई जनही नगद दश हजार पाँच रुपियाँ र ताम्रपत्रसहित यो पुरस्कार आगामी फागुन १४ गते नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना हुने विशेष समारोहबीच समर्पण गरिने कार्यक्रम रहेको बालसाहित्य प्रतिष्ठान नेपालले जानकारी गराएको छ । केटाकेटी मिडिया– केटाकेटी अनलाइन डटकम परिवार पुरस्कृत अग्रज लेखकज्यूहरुलाई हार्दिक बधाई ज्ञापन गर्दछ । 

Segment: 
Language: