भक्तपुरका कान्छा बालसाहित्य लेखक समीर कोजूलाई प्यारागन एकेडेमी, कमलविनायक, भक्तपुरले सम्मान गरेको छ । सिर्जनशील प्रतिभा कोजूले कक्षा १० सम्म यस विद्यालयमा अध्ययन गरेका थिए ।
बालसाहित्य प्रतिष्ठान नेपाल (सी.एल.एफ.एन.) को हजुरबुवा हजुरआमा भन्नुहुन्छ मेरो गाउँको कथा नामक ‘लोककथा सङ्कलन’ कार्यक्रम काभ्रे जिल्लाको तिमाल गाउँमा गत शुक्रबार सम्पन्न भएको छ ।