Nepali

जुम्लामा बालसाहित्यमा पहिलो प्रयास

Nov
13
jumla-news-photo

विजयराज आचार्य
कर्णाली अञ्चलको जुम्लामा पहिलो पटक बालसाहित्यको प्रवद्र्धनका लागि सार्थक प्रयास सुरु भएको छ । काठमाडौँ र पोखराबाट गएका १२ जना साहित्यकारहरुले स्थानीय साहित्यकार र पत्रकारहरुसँग नेपाली भाषाको विकासमा जुम्लाको ऐतिहासिक योगदानका, बालसाहित्यको महत्व र आवश्यकताबारे छलफल गरेपछि तीन दिनसम्म बालकथा लेखन कार्यशाला संचालन भएको थियो । कार्यशालामा पाँच विद्यालयका १६ जना विद्यार्थीले भाग लिएका थिए । कार्यशालाको अन्त्यमा सहभागी विद्यार्थीहरुले लेखेका कथाको प्रतियोगिता भएको थियो । सहभागी विद्यार्थीहरुका कथाको संग्रह पुस्तकको रुपमा प्रकाशित हुँदै छ ।

Posted By ketaketionline read more

कसरी चिन्ने कोही छैन शहरमा

Nov
09
street-child

    राजकुमार पुन    
कसरी चिन्ने कोही छैन शहरमा
नौ महिना नपुगी अबैधरुपमा फ्याकिएछु नहरमा
कसरी बाँचें, कसरी हुर्कें थाहा छैन मलाई
पीडाको रापमा बाँचिरहेछु यो मुटु जलाई

Posted By ketaketionline read more

डाँफे चरी

Nov
09
danphe-bird

      रञ्जुश्री पराजुली
डाँफे चरी भन्छन् जसलाई त्यो हो पंक्षीराजा
रमाउँदै बस्छन् डाँफे हिमाली क्षेत्रमाझ
दुई खुट्टा दुई आँखा दुई कान यिनका
रङ्चङ्गी सप्तरङ्गी प्वाँखे लुगा यिनका ।

Posted By ketaketionline read more

फूलबारी

Nov
08
mina-bajracharya

मीना बज्राचार्य

मेरो सानो फूलबारी
नजिकै छ घरबारी

Posted By ketaketionline read more

केटाकेटी अनलाइनमा यो हप्ता अग्रज बालसाहित्य लेखक एवं वरिष्ठ पत्रकार विजय चालिसेसँग गरिएको कुराकानी

Oct
27
vijaya-chalise-photo

तपाईंको बारेमा केही कुरा थप परिचयका लागि भनिदिनुस् न,
म २०२७ साल अर्थात चालीस वर्षभन्दा बढी समयदेखि साहित्य र बालसाहित्य लेख्दै आएको छु । त्यसैक्रममा २० वटा जति बालकथा, बालउपन्यास, बालजीवनी, बालविज्ञान र चित्रकथा–कविताका साथै कथा, आख्यान, नियात्रा, संस्कृति, आमसञ्चार–पत्रकारिता आदिका अरु २० वटा गरी ४० वटाभन्दा बढी कृतिहरू प्रकशित भएका छन् । तिनका विषयमा सातजना विद्वानहरुले  शोधकशार्य पनि गर्नुभएको छ । सङ्ग्रहयोग्य अरु धेरै कृतिका पाण्डुलिपि प्रकाशकको खोजीमा छन् । मैले साहित्य बाहेक अध्यापन र पत्रकारितामा पनि लामै समय साधना गरेको छु । भाइहिनीका लागि केही लेखेर प्रकाशि गर्न पाउदा मलाई सबैभन्दा आनन्द छ । मलाई मुखले एउटा कुरा गर्ने र काममा र व्यवहारमा अर्कै गर्ने दोहोरो चरित्रको मान्छे जतिसुकै ठूलो भए पनि मनपर्दैन ।

Posted By ketaketionline read more

बर्माबाट आउनुभएका लेखकहरुसँग अन्तरक्रिया

Oct
27
barmeli-author-interaction-nepal

बर्मा म्यान्माबाट आउनुभएका लेखकहरु ज्ञान बहादुर थापा बगाले र लक्ष्मण न्यौपाने रामानुजसँग सेराफिम्स राइटर्स क्लबका बालबालिकाहरुले अन्तरक्रिया गरे  उक्त कार्यक्रममा हिन्दू विद्यापिठका प्राचार्य इश्वर डाँगी, सेराफिम्स पब्लिक स्कुलका प्रिन्सिपल रुद्र अधिकारी र क्लबका संरक्षक कार्तिकेयको पनि उपस्थिति रहेको थियो ।

Posted By ketaketionline read more

बालसाहित्य सर्जक टोली जुम्ला प्रस्थान

Oct
20
Vinaya-Kasaju

काठमाडौँ कार्तिक ३ गते । जुम्ला जिल्लाको स्थानीय विषयमा बालसाहित्य सिर्जना गर्ने उद्देश्यले १२ जना बालसाहित्य सर्जकहरुको टोली जुम्लाका लागि प्रस्थान गरेको छ ।
जुम्लाको ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको अध्ययन गरी त्यहाँको गरिमा र जुम्लाबासीको आत्मसम्मान बढाउने विषयवस्तुयुक्त बालसाहित्य सिर्जना गर्ने तथा स्थानीय प्रतिभाहरुका लागि बालकथा लेखन सीप कार्यशाला संचालन गर्ने उद्देश्यले बाह्र जना बालसाहित्य सर्जकहरुको टोली जुम्ला प्रस्थान गरेको छ ।

Posted By ketaketionline read more

वरिष्ठ निवन्धकार नगेन्द्र

Oct
20
nagendra-sharma, kathmandu, nepal

डाउहिल, खरसाङमा वि. सं. १९८७ मंसिर ७ गते जन्मनु भएको हो वरिष्ठ निवन्धकार नगेन्द्र शर्मा । उहाँका नगेन्द्रका निवन्ध, अन्डादेखि भ्यागुतोसम्म, बनारसमा बेचिएकी बहिनी, तर्क–बितर्कमैझारो गरी ५ वटा निबन्ध संग्रह प्रकाशित छन् । त्यस्तै सम्झाउनि–बिर्साउनि, छासमिस–मासमिसकथा क्यानडा गरी तीनवटा लघु निवन्ध संग्रह र अनुस्मरण (दोभानको मान्छे) संस्मरण संग्रह पनि प्रकाशित छन् ।

Posted By ketaketionline read more

भारतीय बालसाहित्य लेखक मदन हजेरीसँग गरिएको कुराकानी

Oct
15
madan-hajeri-maharashtra-india

मदन हजेरी भारतीय बालसाहित्य लेखक हुनुहुन्छ । उहाँले २० वर्षसम्म माध्यमिक तहमा सरकारी शिक्षक भएर पनि काम गर्नु भयो । इ. सं. १९८० देखि बालसाहित्य लेख्न थाल्नुभएका हजेरी अहिले भारतको पुनेमा रहेको स्पर्श पब्लिकेसन र चेतक बुक्सका प्रमुख हुनुहुन्छ । उहाँका आठवटा उपन्यास, अठारवटा कथा, तीनवटा कविता विधाका र अन्य अनुदित पाँच एवं विविध एघारवटा कृति गरी जम्मा ४० वटा कृतिहरु प्रकाशित छन् । उहाँ स्थानिय राज्य सरकारबाट तीन पटक उत्कृष्ट लेखकको रुपमा पुरस्कृत हुनुभएको छ ।
एम. ए. र बिएडसम्म अध्ययन गर्नुभएका हजेरी सन् २०१२ मा सम्पन्न अखिल भारतीय बालकुमार संस्थाको चौविसौं सम्मेलनमा सभापति हुनुहुन्थ्यो । हाल उहाँ अखिल भारतीय बालकुमार संस्था, पुनेमा उपाध्यक्ष र भारतको महाराष्ट्र राज्य सरकार अन्तर्गतको किशोर पत्रिका प्रकाशन बोर्ड बालभारतीको सल्लाहकार सदस्य हुनुहुन्छ । यस अंकमा हामीले अग्रज लेखक हजेरीसँग उहाँको साहित्य लेखन र जीवनका अनुभवका बारेका केटाकेटी अनलाइनका सम्पादकले गर्नुभएको कुराकानी प्रस्तुत गरेका छौं ।

Posted By ketaketionline read more

केटाकेटी अनलाइनमा यो हप्ता शिक्षासेवी एन. टि. लामासँग गरिएको कुराकानी

Oct
15
N.T. Lama, Sarlahi

एन. टि. लामा (नवाङ दोर्जे लामा) बासाटोल वाड नं. ९ हरिऔंन सर्लाहीमा वि. स. २०२७ सालमा जन्मनुभएको हो । आमा शान्तिमाया पाख्रिन र बुवा बुद्घीमान थिङका सुपुत्र एन. टि. विगत २२ वर्षदेखि शिक्षा क्षेत्रमा समर्पित हुनुहुन्छ । उहाँ मनकामना अङ्ग्रेजी आवासीय उच्च माध्यमिक विद्यालय÷क्याम्पस का संस्थापक हुनुहुन्छ । मनकामना विद्यालय ÷ क्याम्पसमा कक्षा १ देखि स्नातकसम्म पढाइ हुन्छ ।
धेरै लामो समयदेखि विद्यार्थीहरुलाई हेरचाह गरी उनीहरुको सफलता र असफलतालाई नजिकबाट हेर्नुभएका एन. टि. सरसँग यस अङ्कमा हामीले विद्यार्थीको पुस्तक पढ्ने रुचि र त्यसले पढाइमा गर्ने असरका बारेका कुराकानी गरेका छौं ।

Posted By ketaketionline read more

Pages

Subscribe to RSS - Nepali