Nepali

किशोर उपन्यास र नियति चक्र बारे पाठकसँग अन्तरक्रिया

Oct
02

वि. सं. २०६९ को गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कार प्राप्त कृति फ्लासब्याकमा जिन्दगी (किशोर उपन्यास) का लेखक लक्ष्मी उप्रेती र पाठकबीच अन्तरक्रिया र छलफल कार्यक्रम सम्पन्न भएको छ ।
     ऐरावती प्रकाशनबाट प्रकाशित यो कृति उत्कृष्ट रहेको धारणा समीक्षकहरु गीता त्रिपाठी र प्रकाश पाण्डेले बताउनु भएको छ । यो कृतिमा किशोरको जीवन शैलीलाई राम्ररी चित्रण गरिएको किशोर लेखक प्रकाश पाण्डेले बताउनु भयो ।

Posted By ketaketionline read more

मार्टिन चौतारीमा नेपालमा बालसाहित्यबारे छलफल

Oct
02
shaswat-parajuli-at-martin-chautari

काठमाडौंको थापाथलीमा रहेको मार्टिन चौतारीको आयोजनामा नेपालमा बालसाहित्य लेखनबारे छलफल भएको छ । वरिष्ठ बालसाहित्य लेखक एवं सम्पादक शास्वत पराजुलीले विचार पत्र प्रस्तुत गर्नु भएको यस कार्यक्रममा उहाँको विचार पत्रमाथि विभिन्न बालसाहित्य लेखक, सम्पादक र नाटक निर्देशक दाजु दिदीहरुले छलफल गर्दै आफ्नो विचार व्यक्त गर्नु भएको थियो ।

Posted By ketaketionline read more

जलेश्वरी श्रेष्ठको पिङ्की एण्ड द बटरफ्लाइज विमोचित

Oct
02

वरिष्ठ साहित्यकार एवं समाजसेवी जलेश्वरी श्रेष्ठका १५ वटा उत्कृष्ट बालकथालाई छनोट गरी अङ्ग्रेजीमा अनुवाद गरी तयार गरिएको कृति पिङ्की एण्ड द बटरफ्लाइजको विमोचन भृकुटिमण्डपमा आयोजित बृहत् पुस्तक प्रदर्शनीमा सम्पन्न भएको छ ।

Posted By ketaketionline read more

पढ्नै पर्ने किताबहरु बजारमा

Sep
28

१. मेरो हलेसी यात्रा

भीएस ग्लोरिएस स्कुल (थापाथली, काठमाडौं) मा कक्षा ७ मा पढ्ने महेश भट्टराईले लेखेका यात्रा सस्मरणको कृति हो मेरो हलेसी यात्रा । यस कृतिमा विभिन्न विषयमा लेखिएका २४ वटा यात्रा सस्मरणहरु रहेका छन् ।
     सानै उमेरमा यात्राका यति धेरै कुराहरु सम्झिएर लेख्न सक्ने महेशको क्षमता तारिफयोग्य रहेको छ । उनले यो किताबमा घुमघामका बेला देखेका र भोगेका कुराहरुलाई पढ्न मज्जा लाग्ने गरी लेखेका छन् ।

Posted By ketaketionline read more

म ११ वर्षको उमेरमा गाउँले दाइको पछि लागेर बनारस पढ्न गएँ

Sep
21
dr. c. m. bandhu, neschil, nepal

प्रा.डा.चूडामणि बन्धु वरिष्ठ साहित्यकार र समालोचक हुन् । उनी नेपाली भाषा–साहित्यका आदरणीय व्यक्तित्व हुन् । उनी नेपाल बालसाहित्य समाजका संस्थापक अध्यक्ष हुन् । यस अंकमा हामीले उनको बाल्यकालको सम्झना प्रस्तुत गरेका छौं । उनी यसरी सुनाउँछन् आफ्नो बाल्यकाल ः 


पाल्पा जिल्लाको चिर्तुङ गाउँमा मेरो जन्म भएको हो । वास्तवमा एउटा रमाइलो पहाडी गाउँ चिर्तुङमा मेरो बाल्यकाल बित्यो । गाउँ वरिपरि बाहुनका घरहरु थिए । अलि पर–पर धेरै जसो मगरहरु थिए । त्यो मगरातको क्षेत्र हो । चाडपर्वको अवसरमा मगर र बाहुनहरु सबै एकै ठाउँमा रमाइलो गर्थे । दशैं तिहारमा निकै रमाइलो हुन्थ्यो । त्यही प्यारो गाउँमा मेरो बाल्यकाल बितेको हो ।

Posted By ketaketionline read more

खरायोको खेल

Sep
20
ganga-paudel-author

– गंगा पौडेल


रानीवनमा थुप्रै खरायोहरु बस्थे । तिनीहरु जहाँ जाँदा पनि समूह बनाएर हिंड्ने गर्थे । त्यो समूहमा सेतु नाम गरेको खरायो अरु सबैभन्दा चलाख र बुद्धीमान थियो उसले जङ्गलमा चाहार्दा कतैबाट खतरा हुने देखेमा तुरुन्तै आफ्नो समूहलाई खबर गरि हाल्थ्यो ।

Posted By ketaketionline read more

सडक र विद्यार्थी

Sep
20
ranjushree-parajuli

   - रञ्जुश्री पराजुली      

रीता चार कक्षामा पढ्दथी । उसको स्कुल घर नजिकै भएकोले हिडेरै जान्थी । घर नजिकै भएका सबै केटाकेटी हिँडेरै स्कुल जान्थे । उनीहरुलाई स्कुलमा गुरुमाले अनि घरमा अभिभावकले “चारै तिर हेरेर मात्र बाटो काट्नु है” भनेका थिए । त्यसैले स्कुल नजिकै पुगेपछि जेब्राक्रसिङ्गबाट होशियारीकासाथ बाटो काट्दथे । रीतालाई बाबाले जेब्राक्रसिङ्गवारे सबैथोक बताएका थिए । “जेब्राक्रसिङ्ग भनेको बाटो काट्ने ठाउँ हो । सडकमा कालो र सेतो मोटो धर्साले चिन्ह लगाएर बनाएको ठाउँलाई संसारभरि जेब्राक्रसिङ्ग भनिन्छ । जेब्रा एकप्रकारको चारखुट्टे जङ्गली जनावर हो । यो जनावरको शरीर कालो र सेतो रौंको धर्साले ढाकिएको हुन्छ । बाटो काट्ने ठाउँको सडकमा त्यस्तै रङ्ग लगाएको हुन्छ भनेर ।

Posted By ketaketionline read more

हिरो

Sep
20
lalita-doshi-at-ketaketi

   - ललिता ‘दोषी’ 

    बिहानको त्यस्तै आठजति बजेको हुँदो हो । आँगनमा उभिएर ढोकातिर हेर्दै
गुप्तमायाले बोलाइन् – ‘ए , शोभा नानी ! शोभा नानी ! भित्र कोही छैन कि क्या हो ? ’
     
    बाहिर निस्किएर सुकुल ओछ्याउदै शरद्ले भने –‘ ए ,बजै पो आउनुभएछ बस्नुहोस् न । आमा
त बिहानै मेलामा जानुभयो । मेलाबाट थाकेर आउनुहुन्छ तर..।’     

Posted By ketaketionline read more

राष्ट्रिय मानव अधिकार आयोग र युनिसेफ नेपालको संयुक्त वक्तव्य

Sep
19

निर्वाचन अघि, निर्वाचनको बेला र निर्वाचन पछि बालबालिकाको सम्भाव्य दुरुपयोग बारे राष्ट्रिय मानव अधिकार आयोग र युनिसेफ नेपालको संयुक्त वक्तव्य

राजनीतिक क्रियाकलापहरूमा बालबालिका तथा विद्यालयहरूलाई संलग्न गराउने विभिन्न राजनीतिक दलहरूको योजना भएको प्रतिवेदनहरू आउने गरेको सन्दर्भमा मुलुकमा राजनीतिक दलहरूले निर्वाचन अघि र निर्वाचन पछिका अभियानमा बालबालिकालाई दुरुपयोग गर्ने, झुक्याई, फकाई प्रभावित गर्ने र त्यस्तो गतिविधीमा संलग्न गराउने सन्दर्भमा राष्ट्रिय मानवअधिकार आयोग र संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) नेपाल चिन्तित छन् ।

Posted By ketaketionline read more

डस्टर उड्यो

Sep
19
flying-duster-arts

- कार्तिकेय
मध्यान्हको समय थियो । चर्को घाम लागिरहेको थियो ।
    कक्षा ४ का विद्यार्थीहरु कक्षा कोठाभित्र खुबै हल्ला गरिरहेका थिए । हा–हा हु–हु गर्दै उनीहरु कक्षा थर्काउँदै कराइरहेका थिए ।
    ट्वाङ्ट्वाङ् घन्टी लाग्यो । कृष्ण सर कक्षा कोठाभित्र छिर्नु भयो । सबै विद्यार्थी गुड आफ्टरनुन सर भनेर एकैसाथ उभिए । उहाले ल ल ठीक छ बस बस भन्नु भयो ।
    सबै विद्यार्थी एक साथ बसे । सर कालो पाटीमा लेख्न थाल्नु भयो । विद्यार्थीहरु फेरि हल्ला  गर्न थाले । सरले रिसाउ“दै विद्यार्थीतिर फर्किएर भन्नु भयो – ए एकछिन हल्ला नगर त

Posted By ketaketionline read more

Pages

Subscribe to RSS - Nepali