Nepali

राष्ट्रिय मानव अधिकार आयोग र युनिसेफ नेपालको संयुक्त वक्तव्य

Sep
19

निर्वाचन अघि, निर्वाचनको बेला र निर्वाचन पछि बालबालिकाको सम्भाव्य दुरुपयोग बारे राष्ट्रिय मानव अधिकार आयोग र युनिसेफ नेपालको संयुक्त वक्तव्य

राजनीतिक क्रियाकलापहरूमा बालबालिका तथा विद्यालयहरूलाई संलग्न गराउने विभिन्न राजनीतिक दलहरूको योजना भएको प्रतिवेदनहरू आउने गरेको सन्दर्भमा मुलुकमा राजनीतिक दलहरूले निर्वाचन अघि र निर्वाचन पछिका अभियानमा बालबालिकालाई दुरुपयोग गर्ने, झुक्याई, फकाई प्रभावित गर्ने र त्यस्तो गतिविधीमा संलग्न गराउने सन्दर्भमा राष्ट्रिय मानवअधिकार आयोग र संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) नेपाल चिन्तित छन् ।

Posted By ketaketionline read more

डस्टर उड्यो

Sep
19
flying-duster-arts

- कार्तिकेय
मध्यान्हको समय थियो । चर्को घाम लागिरहेको थियो ।
    कक्षा ४ का विद्यार्थीहरु कक्षा कोठाभित्र खुबै हल्ला गरिरहेका थिए । हा–हा हु–हु गर्दै उनीहरु कक्षा थर्काउँदै कराइरहेका थिए ।
    ट्वाङ्ट्वाङ् घन्टी लाग्यो । कृष्ण सर कक्षा कोठाभित्र छिर्नु भयो । सबै विद्यार्थी गुड आफ्टरनुन सर भनेर एकैसाथ उभिए । उहाले ल ल ठीक छ बस बस भन्नु भयो ।
    सबै विद्यार्थी एक साथ बसे । सर कालो पाटीमा लेख्न थाल्नु भयो । विद्यार्थीहरु फेरि हल्ला  गर्न थाले । सरले रिसाउ“दै विद्यार्थीतिर फर्किएर भन्नु भयो – ए एकछिन हल्ला नगर त

Posted By ketaketionline read more

भिक्टर प्रधान र बालसाहित्य समाज

Sep
18

भिक्टर प्रधान नेपाल बालसाहित्य समाजको नवनिर्वाचित अध्यक्ष हुन् । उनले विगत लामो समयदेखि बालसाहित्यको विकासका लागि अनुसन्धान र अनुवाद कार्यमा सक्रिय रही विशेष योगदान पु¥याउँदै आएका छन् । वि. सं. २०३७ सालमा बालसाहित्यको इतिहास लेख्न नरहरि आचार्य, चूडामणि बन्धु र भिक्टर प्रधानको टिम बनेको थियो । त्यही समयदेखि नै प्रधान यस क्षेत्रको विकासका लागि काम गरिरहेका छन् । वि. सं. २०४४ मा बालसाहित्यको इतिहासको रिपोर्ट बुझाइएकोे थियो । आज बालसाहित्यको क्षेत्रमा जे जति अनुसन्धान भइरहेका छन्, ती सबै अनुसन्धानले त्यही रिपोर्टलाई आधार बनाएर अध्ययनलाई अघि बढाएको देखिन्छ । बालसाहित्य समाजको आगामी कार्यक्रम र बालसाहित्यको वर्तमान अवस्था बारे त्रिभुवन विश्वविद्यालयका नेपाली शिक्षक एवं समाजका अध्यक्ष प्रधान भन्छन् –

Posted By ketaketionline read more

के तपाईंलाई थाहा छ ?

Sep
18
cocakola-news-photos

चिसो झोल कोल्ड ड्रिङ्कमा फोस्फोरिक अम्ल धेरै मात्रामा हुन्छ । यस अम्लले केटाकेटीको हाडलाई कमजोर पार्छ । यही भएर इन्डोनेसियाको सरकारले चिसो झोल कम्पनी सरकारी चेतावनी पनि दिएको थियो । सन् १९६९ मा जाम्बिया नामक देशमा एउटा घट्ना नै घट्यो । त्यहाँका आमाहरूले कोक र फेन्टालाई उत्तम झोल ठानेर स्तनपान गराउँनुको सट्टा आफ्ना केटाकेटीलाई खुवाएछन् । त्यही कारण धेरै बच्चाहरू कुपोषण भएर अस्पताल भर्ना भएका थिए । ती मध्ये चौवन्न प्रतिशत केटकेटीलाई चिसो झोल खुवाइएको थियो । यसरी कुपोषित भएका बच्चाहरूको नाम फेन्टा बेबी भनी नामाकरण गरिएको थियो ।

Posted By ketaketionline read more

बादलको देशमा नेपाली जुनियर जेम्स

Sep
18
nepali-junior-james

बादलको देश र सगरमाथा हिमालको काखको रमाइलो र रोमान्चक कथा भएको पुस्तक नेपाली जुनियर जेम्स यहाँ प्रस्तुत गरिएको छ । यसका लेखक कार्तिकेय हुन् । यो पुस्तकको प्रथम संस्करण जिलेट पब्लिकेसन्सबाट प्रकाशित भएको थियो । वि. सं. २०५८ मा दुई भागमा प्रकाशित यो कृति बालबालिकामाझमा रुचाइएको थियो । अहिले यस कृतिको दोस्रो संस्करण विद्यार्थी प्रकाशन भोटाहिटी, काठमाडौंबाट प्रकाशित भएको छ । विद्यार्थी प्रकाशनको फोन नं. ९७७ ०१ ४२२७२४६ हो । त्यस प्रकाशनबाट कार्तिकेय लिखित अन्य विभिन्न शीर्षकका १९ वटा कृतिहरु प्रकाशित भएका छन् ।

Posted By ketaketionline read more

जोखिममा रहेका सबै बालबालिकाहरुलाई परिवारको माया दिन चाहन्छु

Sep
18
freema-davis-director-global-family-village

फिमा डेविज नेपालमा अनाथ बालबालिका र गरीब दु्ःखी महिलाहरुका निम्ति काम गर्ने उद्देश्यका साथ स्थापित गैरसरकारी संस्था ग्लोबल फेम्ली भिलेजकी निर्देशक हुन् । यस संस्थाको मुख्य कार्यालय अमेरिकामा रहेको छ । उनले अन्य विभिन्न संस्थामा रहेर विगत १६ वर्षदेखि यस क्षेत्रमा काम गरिरहेकी छिन् । नेपाली बालबालिकाहरुलाई एकदमै माया गर्ने समाजसेवी दिदी डेविजसँग यस अंकमा हामीले उनको बाल्यकाल र उनको संस्थाको लक्ष्य र उद्देश्यवारे कुराकानी गरेका छौं । उनी यसरी सुनाउँछिन् आफ्नो अनुभवः

Posted By ketaketionline read more

कैद आवाज

Sep
18
mahesh-paudyal-author

- महेश पौड्याल


पात्रहरू
    प्रिन्सिपल
    विप्लव  कक्षा ५ को एक विद्यार्थी
    विष्णु  नेपाली भाषा शिक्षक
    शशी  उनका आठ वार्षे छोरो
    आकाश  शशिको सुसारे केटो
स्थान      प्रिन्सिपलको कोठा

Posted By ketaketionline read more

सेराफिम्स पब्लिक स्कुल, कालिमाटी, काठमाडौंमा अध्ययनरत बालबालिकाहरुको रचनाहरु

Sep
18

बालअधिकार


      खुश्बु जयसवाल, कक्षा ५

सबै भन्छन् बालअधिकार आयो
खै त्यो अधिकार कसले पायो ?

म जस्तै बालक मागिरहेछन् सडकको माझ
खुल्ला आकाशमा बिताउँछन् उनीहरु रात
हाम्रो आवाज यहाँ कसले सुन्ने ?
भोट नदिने बालबालिकालाई कसले गन्ने ?
सडकको साथीलाई नि राम्रो शिक्षा देऊ
उसको बालअधिकार उसलाई फर्काइ देऊ

आजको बालक नै हो भोलिको कर्णधार
फोहोर बोक्न लगाएर नपार उसको जीवन अन्धकार ।

Posted By ketaketionline read more

साहित्यकार एवं नेता विश्वेश्वर प्रसाद कोइराला

Sep
18
bp_koirala/ketaketi online

  जीवनी


– गोपाल पराजुली


‘मानिस ठूलो बन्ने होइन, असल बन्नुपर्छ ।’


आफ्नो प्रसिद्घ उपन्यास ‘मोदिआइन’ बाट पाठकलाई यो सन्देश दिने साहित्यकार हुन् विश्वेश्वरप्रसाद कोइराला । उनलाई बी. पी. कोइराला नामबाट पनि चिनिन्छ । विश्वेश्वरप्रसाद कोइराला उनका बाबु कृष्णप्रसाद कोइरालाका साहिँला छोरा थिए । उनकी आमाको नाम दिव्या कोइराला हो । उनका बाबु सिन्धुली जिल्लाको दुम्जा भन्ने ठाउँबाट मोरङ जिल्लाको बिराटनगरमा बसाइँ सरेका  थिए । राणाशासनको विरुद्घ लागेको कारणले कृष्णप्रसाद कोइराला भारतको बनारसमा गई बसे । त्यहीँ बसेका बेलामा बनारसमा नै वि. सं. १९७१ साल भाद्र महिनाको २४ गते विश्वेश्वरप्रसादको जन्म भएको थियो ।

Posted By ketaketionline read more

रुसी केटाकेटीहरुसँगको रेल यात्रा

Sep
18
ukrain-train-photo

- युक्रेनबाट सरोज शाही 

युक्रेनको ओडेसा भन्ने सुन्दर शहरबाट हामीले रेल भित्र पाइला हाल्दा हामी नेपाली अनुहार तीन जना मात्र थियौं । हामी त्यही देशको अर्काे ठूलो शहर लुगान्स्कतिर फर्किरहेका थियौं । हामीलाई दिइएको टिकट अनुसारको सीटमा हामी चुपचाप बसिरहेका थियौं । रुसी मानिसहरु हामी बसेको ठाउँ भएर यता उता गरिरहेका थिए । हामीलाई रुसी भाषा खासै आउन्न थियो । साँझको समय भएता पनि गाढा रंगको पहेंलो घामले आकाश छाडेको थिएन । केही केटाकेटीहरु हामीलाई हेर्दै शौचालयतिर कुदिरहेका थिए । हामी पनि विदेशी पर्यटकलेभैं उनीहरुलाई हेर्दै मन्द मुस्कान दिन्थ्यौं । भाषाकै कारणले गर्दा उनीहरुसँग चाहेर पनि संवाद गर्न सकिने संकेत देखा परेन ।

Posted By ketaketionline read more

Pages

Subscribe to RSS - Nepali