Nepali

बालबालिकालाई सहभागी हुन दिनुहोस्

Jun
18
child-participation-jpg-ketaketionline

यो प्रसङ्ग एक दिन अघि भाटभटेनी सुपर मार्केट, भाटभाटभटेनी काठमाडौँको हो । एउटी आमा आफ्नो बालकलाई गुनासो गर्दै भन्दै थिइन्, यसलाई कतै घुमाउन लैजान मन लाग्दैन जहाँ गए पनि सुख दिँदैन । 

त्यो ६ वर्षे बालकको चन्चलतालाई मैले केही समय नियालि रहेँ । उसको चकचक बकबकमा रिसाउनु पर्ने मैले खासै केही कुरा देखिन तर धेरै आमाहरु यस्तै होलान्, जो आफ्ना यो उमेरका छोराछोरीलाई घुमाउन लैजान तयार हुँदैनन् र भई हाले पनि रमाइलो मेलामै सीमित गर्न चाहन्छन् ।

Posted By ketaketionline read more

मानसी हजेरीसँग तिन प्रश्न

Jun
12
manasi-hajeri

मानसी हजेरी भारतीय बालसाहित्य लेखिका हुन् । उनी राजापुर जुनिएर कलेज (राजापुर, जिल्ला रत्नागिरी)  को पूर्व प्रधानाध्यापिका हुन् । उनी अहिले भारतको पुनेमा रहेको स्पर्श प्रकाशनमा कार्यरत छिन् । लेखिका हजेरीसँग यो हप्ता केटाकेटी अनलाइनले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

१. नमस्ते, अहिले तपाईं के गर्दै हुनुहुन्छ ?

Posted By ketaketionline read more

भूकम्पबाट त्रसित बालबालिकामाझमा कथावाचन

Jun
11
story-telling-program

बालसाहित्यको प्रवर्धनका लागि समर्पित संस्थाहरु नेपाल बालसाहित्य समाज, बालसाहित्य प्रतिष्ठान नेपाल र केटाकेटी मिडियाले छुट्टाछुट्टै कार्यक्रम गरी भूकम्पबाट त्रसित बालबालिकालाई मनोरन्जन र हौसला प्रदान गर्ने जमर्को गरेका  छन् । 

Posted By ketaketionline read more

बुकआर्ट नेपालका छ वटा रमाइला कथाका किताबहरु

Jun
11
book-art-advertisement

बुकआर्ट नेपालले रङ्गीन साजसज्जामा रमाइला छ वटा किताबहरु प्रकाशन गरेको छ । यीमध्ये पानी जोगाऊ नानी, जाँचको बेला र आगोको कथा गरी तिन कृति बालसाहित्य लेखक कार्तिकेयले लेखेका हुन् । यसमा काया इन्टरनेसनलको चित्राङ्कन् रहेको छ ।

Posted By ketaketionline read more

नेपाली बालकथाहरु अङ्ग्रेजीमा

Jun
09
jaleshwori-shrestha

साहित्यकार जलेश्वरी श्रेष्ठ र वसुश्री पाण्डेका बालकथाहरु अङ्ग्रेजी भाषामा प्रकाशित भएका छन् । जलेश्वरी श्रेष्ठका छानिएका पन्द्रवटा कथाको किताब ‘पिङ्कि एण्ड दि बटरफ्लाइज’ नामक सङ्ग्रह र वसुश्री पाण्डेका छानिएका चौधवटा कथाहरु ‘हि स्टप्ड ब्रिङ्गिङ बेलुन्स’ नामक सङ्ग्रहको रुपमा प्रकाशित भएको छ । यी दुवै सङ्ग्रहमा रहेका उनन्तिस कथाहरु महेश पौड्यालले अनुवाद गरेका हुन् । जलेश्वरी श्रेष्ठका कथाहरुमा रोशन डंगोलले चित्र बनाएका छन् र यो किताब केटाकेटी मिडियाले प्रकाशन गरेको हो भने वसुश्री पाण्डेका कथामा

Posted By ketaketionline read more

चौध वटा बालसाहित्यका किताब बजारमा

Jun
09
kartikeya-nepali-author-writing-for-children

बालसाहित्य लेखनमा विगत दुई दशकदेखि संलग्न लेखक कार्तिकेयका विभिन्न प्रकाशनबाट चौध वटा बालसाहित्यका कृतिहरु प्रकाशित भएका छन् । जसमध्ये बुकआर्ट नेपालबाट पानी जोगाऊ नानी, जाँचको बेला र आगोको कथा गरी तिनवटा कृतिहरु प्रकाशित भएका छन् । पानीको महत्ववारे पानी जोगाऊ नानी, जाँचमा कसरी राम्ररी पढ्ने भन्ने विषयमा जाँचको बेला र आगोको विषयमा ज्ञान दिनु आगोको कथा कृतिको उद्देश्य रहेको देखिन्छ । यी तिनवटै कृतिहरु रङ्गीन साज सज्जाका साथ प्रकाशित भएका छन् । तिनवटै किताबमा काया इन्टरनेसनलको चित्राङ्कन् आकर्षक रहेको छ । 

Posted By ketaketionline read more

कस्तो बिर्सिएको ?

Jun
07
Neelam Karki Niharika

Story by Neelam Karki 'Niharika'

सुरज छ बर्ष पुरा भएर सात बर्षमा हिडी रहेको छ | अप्रिल २१ उसको जन्मदिन हो | त्यसैल्रे सबै लाई भन्दै हिड्छ ‘थाहा छ मेरो बर्थ डे (जन्म दिन ) आउन लाग्यो | अर्को महिना हो | तिमि आउ है मेरो घरमा केक खान |

Posted By ketaketionline read more

माननीय शिक्षा मन्त्री श्रीमती चित्रलेखा यादव पुस्तक पढ्ने बानी र कथावाचनको तारिफ गर्दै भन्नु हुन्छ,

Feb
03
gsmp-project, 2014

१. जसरी घर बनाउँदा बलियो जग बनायौं भने दसौं तलासम्म अग्लो घर बनाउन पनि सकिन्छ, त्यस्तै बालबालिकामा सानैदेखि पुस्तक पढ्ने बानीको विकास गराउनु भनेको उसको ज्ञान र विवेकलाई फराकिलो बनाउँदै लैजानु हो । जसले उनीहरुलाई जीवनमा सफल र असल मान्छे बन्न सहयोग गर्छ ।

Posted By ketaketionline read more

नेपाली बालसाहित्य प्रतिष्ठान गठन

Jan
20
silgadhi-news

सिलिगडी, भारत
राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा बालसाहित्यको बिस्तार र विकासका लागि काम गर्ने उद्देश्यसहित आज सिलगडीको समाजेवा समिति, शास्त्रीनगरमा आयोजित लेखकहरुको भेलाले नेपाली बालसाहित्य प्रतिष्ठान, पूर्वोत्तर, भारतको ५ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

Posted By ketaketionline read more

बालसाहित्य समाजको जरुरी सूचना

Jan
03

नेपाल बालसाहित्य समाजले हरेक वर्ष प्रकाशित बाल साहित्यका पुस्तकहरुमध्येबाट ‘नेबासास उत्कृष्ट बालपुस्तक लेखन तथा उत्कृष्ट चित्राङ्कन पुरस्कार’ प्रदान गर्दै आएकाले यसै प्रयोजनका लागि २०७० सालमा प्रकाशित नेपाली बाल साहित्यका दुई–दुई प्रति पुस्तक समाजको कार्यालय बागबजार, काठमाडौंमा वा पोष्ट बक्स नं. १४८८ गोश्वारा हुलाक, काठमाडौंमा उपलब्ध गराइदिनु हुन सम्बन्धित सबैलाई अनुरोध गरिन्छ ।

Posted By ketaketionline read more

Pages

Subscribe to RSS - Nepali