news/events

Manorama Jafa among University Students

Mar
13
manorama-tu-ketaketionline.com

Veteran Indian writer of children's literature Manorama Jafa spoke to post-graduate students at the Central Department of English, Tribhuvan University on March 7, 2018 Wednesday.

Posted By ketaketionline read more

जापानी लेखकको नेपाली भाषामा अनुदित बालपुस्तक विमोचित

Jan
20
japanese-authors-book-launching

मिल साकाई नेपाली बालबालिकालाई अत्यन्तै माया गर्ने जापानी लेखक तथा चित्रकार हुनुहुन्छ । उहाँले बाल सचित्र पुस्तकमा सिर्जना गर्नुभएको पात्र ‘मेच्या बिरालो’ जापानमा प्रशिद्ध छ । उहाँले यस सचित्र पुस्तकको श्रृंखला नेपाली र अंग्रेजी भाषामा समेत प्रकाशित गर्नुभई नेपाली बालबालिकाका र अभिभावकका लागि उपहार पठाउनुभएको छ । सो सचित्र बाल पुस्तकको विमोचन तथा पुस्तक उपहार वितरणको कार्यक्रम आज सम्पन्न भएको छ ।

Posted By ketaketionline read more

केन्द्रीय बालकल्याण समितिको अनुरोध

Nov
30
press-release-

बालबालिकाको संरक्षणलाई प्राथमिकतामा राख्दै निर्वाचनमा सहभागी राजनीतिक दल तथा नागरिकहरुले चुनावी सभा, सम्मेलन, गोष्ठी,र्याली, मतदान केन्द्र र विजयी उत्सव र्याली लगायतका समारोहहरुमा बालबालिकाको प्रयोग तथा उपस्थिति नगर्न नगराउनु हुन अनुरोध छ ।

Posted By ketaketionline read more

सुरक्षित शहर बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Nov
28

आाज नेपालगञ्ज उपमहानगर पालिकाको केही वडा लगायत बिभिन्न ६ ठाउमा सुरक्षित शहर बिषयमा बालबालिका, महिला, पुरुष तथा स्थानिय सरोकारवाला निकायहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

Posted By ketaketionline read more

हार्दिक समवेदना

Nov
19
kabitaram-ketaketionline

हाम्रा आदरणीय अग्रज शुभचिन्तक वरिष्ठ बालसाहित्य लेखक कविताराम (डा. रामबहादुर श्रेष्ठ) हामी माझबाट बिदा हुनुभएको छ । हामी उहाँको आत्माको चीर शान्तिको कामना गर्दछौं । साथै यस अवसरमा उहाँले हामीलाई देखाउनु भएको न्यानो मायाप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै शोकसन्तप्त परिवारजनमा शोक सहन गर्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्दछौं ।

Posted By ketaketionline read more

मेरो कथाको एलियन विमोचित

Nov
18
alian-book-launching

आजबाट नेपाली बालसाहित्यको भण्डारमा अर्को एउटा किताब थपिएको छ, त्यो हो ‘मेरो कथाको एलियन’ नामक बालचित्रकथाकृति । बालसाहित्य लेखक अनुराधाले लेख्नुभएको र चित्रकार सुमन महर्जनले चित्रांकन गर्नुभएको यो च्याप्टर बुक आज आयोजित एक समारोहबीच किताबका लेखक अनुराधा, चित्रकार सुमन महर्जन र वरिष्ठ बालसाहित्य लेखक शान्तदास मानन्धरले संयुक्त रुपमा विमोचन गर्नुभयो ।

Posted By ketaketionline read more

नेपाली बालसाहित्यको वर्तमान अवस्थाबारे छलफल सम्पन्न

Nov
17
Abin-Shrestha-ketaketionline

केटाकेटी अनलाइन पत्रिकाको आयोजना तथा बुकआर्ट नेपाल र बालसाहित्य प्रतिष्ठान नेपालको सहकार्यमा नेपाली बालसाहित्यको वर्तमान अवस्थाबारे छलफल कार्यक्रम सम्पन्न भएको छ । बालसाहित्यका वरिष्ठ चित्रांकनकर्ता अविन श्रेष्ठसँग ‘मेरो दृष्टिमा वर्तमान बालसाहित्य’ विषयक विशेष प्रस्तुति तथा छलफल भएको यस कार्यक्रममा वरिष्ठ चित्रकार श्रेष्ठले नेपाली बालसाहित्य लेखन र चित्रांकनको वर्तमान अवस्थाबारे आफ्ना महत्वपूर्ण विचारहरु प्रस्तुत गर्नु भएको थियो ।

Posted By ketaketionline read more

बृहत् छलफल गरिने कार्यक्रममा हार्दिक निमन्त्रणा गर्दछौं

Nov
14
discussion-program-2017

नेपाली बालसाहित्यको वर्तमान अवस्थाबारे चित्रकार लेखकहरुमाझमा बृहत् छलफल गरिने कार्यक्रममा हार्दिक निमन्त्रणा गर्दछौं ।

Posted By ketaketionline read more

‘बालिका छँदाको अनुभूति' सुन्ने –सुनाउने कार्यक्रम सम्पन्न

Nov
13
int'l girl child day 2017- CLFN Program

अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा ‘बालिका छँदाको अनुभूति सुन्नेसुनाउने कार्यक्रम’ सम्पन्न भयो । महिला लेखकहरुको संस्था ‘गुञ्जन’ र बालसाहित्य प्रतिष्ठान नेपालको संयुक्त आयोजना तथा बुकआर्ट नेपाल र केटाकेटी अनलाइनको सहकार्यमा सम्पन्न भएको यस कार्यक्रम महिला नेतृ तथा साहित्यकार शान्ता श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

Posted By ketaketionline read more

आदरणीय महिला लेखकज्यूहरुमा विशेष अनुरोध

Nov
12
int'l girl child day 2017- notice for memoir writinf competition

अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा ‘बालिका छँदाको अनुभूति– सुन्ने सुनाउने कार्यक्रम’ यस प्रतिष्ठान र महिला लेखकहरुको संस्था ‘गुञ्जन’ को संयुक्त आयोजना तथा बुकआर्ट नेपाल र केटाकेटी अनलाइनको सहकार्यमा आयोजना हुन लागेकोले उक्त कार्यक्रममा उपस्थित हुनुभई आफू बालिका छँदाको अनुभव सुनाएर हामीलाई हौसला र प्रेरणा प्रदान गरिदिनुहुन सादर निमन्त्रणा गर्दछौं । साथै कार्यक्रममा उपस्थित हुन असमर्थ लेखकहरुले पनि आफ्नो अनुभूति एक हजार शब्दभित्र लेखी प्रतिष्ठानको इमेल childacademy43@gmail.com मार्फत् पठाउनु हुन अनुरोध छ । कार्यक्

Posted By ketaketionline read more

Pages

Subscribe to RSS - news/events