news/events

ब्राइट फ्युचरकी छात्रा हिरोइन

Sep
02
bright-future-school-news

शिक्षा दिने शिक्षकको कथालाई पर्दामा उतार्न थालिएको नेपाली चलचित्र टिचरमा ब्राइट फ्युचर माविमा कक्षा १० मा अध्ययनरत छात्रा सलिना बस्नेत हिरोइन हुने भएकी छिन् । उनका पिता वरिष्ठ निर्देशक शोभित बस्नेतले निर्देशन गर्ने यो चलचित्रमा उनले मुख्य भूमिकामा अभिनय गर्न लागेकी हुन् । यस अघि उनले थुप्रै चलचित्रमा बालकलाकारको भूमिकामा अभिनय गरिसकेकी छिन् ।

Posted By ketaketionline read more

प्रयास नेपालमा कथावाचन

Sep
02
prayas-nepal-children

बालबालिकाको संरक्षण र बाअधिकारको प्रवर्धनका लागि क्रियाशील सामाजिक संस्था प्रयास नेपाल अनाथालयमा आश्रित बालबालिका माझमा बालबालिकाका लागि साहित्य लेख्ने लेखक कार्तिकेयले कथावाचन गर्नु भएको छ ।

Posted By ketaketionline read more

अञ्जना पहिलो ‘इन्डियन आइडल जुनियर’

Sep
02

पहिलो ‘इन्डियन आइडल जुनियर’को विजेता अञ्जना बनेकी छिन् । भारतीय टेलीभिजन सोनीबाट प्रशारण भएको रियालिटी शो ‘इन्डियन आइडल जुनियर’को फाइनलमा अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै बैंगलोरकी अञ्जनाले उपाधि जितेकी हुन् ।

Posted By ketaketionline read more

‘गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कार, २०७०’ का लागि पाण्डुलिपि पठाउन आब्हान

Sep
01

वरिष्ठ लेखक गोविन्द बहादर मल्ल ‘गोठाले’ को स्मृतिमा स्थापित गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कार वर्ष २०७० का लागि किशोरका लागि रचना गरिएको कृतिको पाण्डुलिपि यही २०७० कार्तिक मसान्तभित्र पठाउनुहुन आब्हान गर्दछौं ।
       किशोर साहित्यको टड्कारो आवश्यकता र यस क्षेत्रमा रहेको शून्यताको स्थितिलाई गति प्रदान गर्ने कार्यमा सानै भए पनि सकारात्मक पहल होस् भन्ने सदिच्छाका साथ साहित्यकार एवं समाजसेवी जलेश्वरी श्रेष्ठकोे संस्थापकत्वमा दुई लाखको अक्षयकोष जुटाएर यस पुरस्कारको स्थापना भएको  हो । केटाकेटी मिडियाको संयोजनमा यो पुरस्कार वि. सं. २०६९ बाट बितरण गर्न शुरु गरिएको हो ।
        किशोरकिशोरीको जीवनमा सकारात्मक परिवर्तन ल्याउने कार्यमा प्रेरणादायी भूमिका निर्वाह गरी उनीहरूलाई साहित्यिक मिठास दिन समर्थ उत्कृष्ट आख्यान कृतिको पाण्डुलिपिलाई हरेक वर्ष नगद रु ११ हजार १ सय ११ नगद र ताम्रपत्रसहित यो पुरस्कार हरेक वर्ष प्रदान गरिंदै जाने लक्ष्य रहेको छ ।

Posted By ketaketionline read more

Pages

Subscribe to RSS - news/events