news/events

“गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कार– २०७०” अञ्जना राजवंशीलाई

Jan
22
kishor-puraskar-069

वरिष्ठ आख्यानकार गोविन्द बहादुर मल्ल गोठालेको स्मृतिमा स्थापित गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कार वर्ष २०७० का लागि अञ्जना राजवंशी लिखित किशोर उपन्यास सृष्टिको कथा लाई प्रदान गरिने भएको छ । यस वर्ष किशोर किशोरीका लागि उपयोगी लेखनमा योगदान पुर्याएका लेखक गोपाल पराजुलीलाई किशोर साहित्य सम्मानबाट सम्मानित समेत गरिने भएको छ ।

Posted By ketaketionline read more

प्रारम्भ बालप्रतिभा पुरस्कार सुशान्त र विज्ञतालाई प्रदान गरिने

Jan
21
prarambha-child-talent

विगत ५ वर्षदेखि केटाकेटी मिडियाको संयोजनमा वितरण हुँदै आएको प्रारम्भ बालप्रतिभा पुरस्कार  वि. सं. २०६९ र २०७० का लागि क्रमशः सुशान्तमान सिंह मास्के (कक्षा ८, नोवेल एकेडेमी) र विज्ञता कार्की (कक्षा ६, एम्बिसन स्कुल) लाई प्रदान गरिने भएको छ ।

Posted By ketaketionline read more

कार्तिकेय बालप्रतिभा पुरस्कार ज्वाला ढकाललाई प्रदान गरिने

Jan
21
eloha-magazine

जीवनको कठिन परिस्थितिमा पनि हौसला कायम राखी जीवनमा प्रतिभावान् हुन सफल बालबालिकालाई विगत ११ वर्षदेखि प्रदान गरिँदै आएको कार्तिकेय बालप्रतिभा पुरस्कार–०७० बाट वर्षकै सबैभन्दा बढी साहित्यिक कृति अध्ययन गर्ने उत्कृष्ट प्रतिभाको रुपमा ज्वाला ढकाल (कक्षा ६, सेन्ट मेरिज स्कुल, जावलाखेल, ललितपुर) पुरस्कृत भएकी छिन् । उनको स्थायि घर धरमपुर वाड नं. ९ झापा हो ।

Posted By ketaketionline read more

‘कमिलाको डाक्टर’ प्रकाशित

Jan
21
kamilako-doctor

अन्नपूर्ण पोस्ट दैनिकमा कार्यरत पत्रकार बालसाहित्य लेखक गोपीकृष्ण ढुंगानाको बालकथा सङ्ग्रह कमिलाको डाक्टर प्रकाशित भएको छ ।

Posted By ketaketionline read more

युसिमासको दीक्षान्त समारोह सम्पन्न

Jan
20
ucmass-jpg

गत शनिबार युसिमास मेन्टल अर्थमेटिक नेपालको युसिमास मस्तिष्क अंकगणितीय दीक्षान्त समारोह—२०१४ सम्पन्न भएको छ । समारोहमा नेपाल अधिराज्यभरिबाट १० वर्ष देखि १५ वर्षसम्मका १ सय ३ युसीमास विद्यार्थी भाइबहिनीहरुले भाग लिएका थिए । युसीमास दीक्षान्त समारोहको उद्घाटन प्रमुख अतिथि काठमाडौँ विश्वविद्यालयका प्रोफेसर डा. मनप्रसाद वाग्लेबाट भएको थियो ।

Posted By ketaketionline read more

निर्वाचनको प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न बालअधिकारकर्मीहरूको अपिल

Nov
15

निर्वाचनको प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगरियोेस् !!!
आदरणीय राजनीतिकर्मी, निर्वाचन आयोगका पदाधिकारी तथा बालअधिकारकर्मीहरू,
देशमा यही मंसीर ४ गते हुन लागेको दोस्रो संविधानसभा निर्वाचनका सन्दर्भमा हुने चुनावी कार्यक्रमहरूमा बालबालिकाको बढ्दो प्रयोगका घटनाहरूले हामी चिन्तित भएका छौं । केन्द्रीय बालकल्याण समितिको एक प्रतिवेदनअनुसार निर्वाचनको प्रचारप्रसारका क्रममा ५ हजारभन्दा बढी बालबालिकालाई निर्वाचन आचारसंहिताविपरित प्रयोग गरिएको पाइएको छ । अझ हिंसाजन्य घटनामासमेत बालबालिका पर्न थालेका समाचारहरूबाट भने हामी थप चिन्तित भएका छौं ।

Posted By ketaketionline read more

गणेशमान सिंह बालप्रतिभा पुरस्कार कोषले यस वर्षको पुरस्कार कुनै पनि बालप्रतिभालाई नदिने

Nov
13
ganesh-man-sing

गणेशमान सिंह बालप्रतिभा पुरस्कार कोषले यस वर्षको पुरस्कार कुनै पनि  बालप्रतिभालाई नदिने भएको छ । कोषको भनाइ छ – यो वर्ष पुरस्कार दिन योग्य  बालबालिकाको आवेदन नै परेन ।

Posted By ketaketionline read more

जुम्लामा बालसाहित्यमा पहिलो प्रयास

Nov
13
jumla-news-photo

विजयराज आचार्य
कर्णाली अञ्चलको जुम्लामा पहिलो पटक बालसाहित्यको प्रवद्र्धनका लागि सार्थक प्रयास सुरु भएको छ । काठमाडौँ र पोखराबाट गएका १२ जना साहित्यकारहरुले स्थानीय साहित्यकार र पत्रकारहरुसँग नेपाली भाषाको विकासमा जुम्लाको ऐतिहासिक योगदानका, बालसाहित्यको महत्व र आवश्यकताबारे छलफल गरेपछि तीन दिनसम्म बालकथा लेखन कार्यशाला संचालन भएको थियो । कार्यशालामा पाँच विद्यालयका १६ जना विद्यार्थीले भाग लिएका थिए । कार्यशालाको अन्त्यमा सहभागी विद्यार्थीहरुले लेखेका कथाको प्रतियोगिता भएको थियो । सहभागी विद्यार्थीहरुका कथाको संग्रह पुस्तकको रुपमा प्रकाशित हुँदै छ ।

Posted By ketaketionline read more

बर्माबाट आउनुभएका लेखकहरुसँग अन्तरक्रिया

Oct
27
barmeli-author-interaction-nepal

बर्मा म्यान्माबाट आउनुभएका लेखकहरु ज्ञान बहादुर थापा बगाले र लक्ष्मण न्यौपाने रामानुजसँग सेराफिम्स राइटर्स क्लबका बालबालिकाहरुले अन्तरक्रिया गरे  उक्त कार्यक्रममा हिन्दू विद्यापिठका प्राचार्य इश्वर डाँगी, सेराफिम्स पब्लिक स्कुलका प्रिन्सिपल रुद्र अधिकारी र क्लबका संरक्षक कार्तिकेयको पनि उपस्थिति रहेको थियो ।

Posted By ketaketionline read more

बालसाहित्य सर्जक टोली जुम्ला प्रस्थान

Oct
20
Vinaya-Kasaju

काठमाडौँ कार्तिक ३ गते । जुम्ला जिल्लाको स्थानीय विषयमा बालसाहित्य सिर्जना गर्ने उद्देश्यले १२ जना बालसाहित्य सर्जकहरुको टोली जुम्लाका लागि प्रस्थान गरेको छ ।
जुम्लाको ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको अध्ययन गरी त्यहाँको गरिमा र जुम्लाबासीको आत्मसम्मान बढाउने विषयवस्तुयुक्त बालसाहित्य सिर्जना गर्ने तथा स्थानीय प्रतिभाहरुका लागि बालकथा लेखन सीप कार्यशाला संचालन गर्ने उद्देश्यले बाह्र जना बालसाहित्य सर्जकहरुको टोली जुम्ला प्रस्थान गरेको छ ।

Posted By ketaketionline read more

Pages

Subscribe to RSS - news/events