news/events

१६ वर्षे किशोर डेभिडले अनाथ घरलाई सहयोग गरे

Aug
16
david

नेदरल्याण्डको राजधानी एमसट्रडममा कक्षा १२ मा पढ्दै गरेका डेभिड शर्मा नाम गरेका वर्ष १६ का विद्यार्थीे आफ्नो स्कूलको छुट्टीको मौका पारी आफ्नो जन्मथलो बागलुङ्ग घुम्न र केही सहयोगको योजनासमेत बनाई नेपाल आएका थिए । उनले स्कूलमा पढ्दा अभिभावकले दिएको खाजा खर्चबाट केही रकम बाचाई असहाय विद्यार्थी वा संस्थालाई प्रदान गर्ने इच्छा भएको हँुदा उनले भैसेपाटीस्थित अनाथ बालबाटिका संघको बारेमा वेबसाइटमा हेरी थाहा पाई स्वयं आफैले फोन गरी अनाथ बालबाटिकामा भ्रमणको लागि अनुरोध गरी संस्थामा आई सानासाना भाइबहिनीहरुलाई भेटी आफू ठीक ठाउँ

Posted By ketaketionline read more

१३ वर्षीय लेखक नेपाल एफएमको कार्यक्रममा

Aug
15
himanshu-nibha-kunwar-usa

१३ वर्षका प्रतिभाशाली किशोर लेखक हिंमाशु निभा कुँवर आज नेपाल एफएम ९१.८ को स्टुडियोमा भेटिए । उनी कोपिला कार्यक्रममा आफ्नो उपन्यास दि आइजल्याण्ड एण्ड टाइम पकेटका विषयमा कुराकानी गरिरहेका थिए । उक्त अवसरमा हिंमाशुलाई लेख्न हौसला दिने आमा वरिष्ठ साहित्यकार नीलम कार्की निहारीकासँग पनि हिंमाशुको लेखक व्यक्तित्वका विषयमा कुराकानी गरिएको थियो । यही हप्ताबाट उनको उपन्यास बजारमा आउने भएको छ ।

Posted By ketaketionline read more

महँगो शुल्क र टिनमुनिको दुःख

Jul
12

अभिभावक आफ्ना छोराछोरीका लागि किन नाम चलेका र महँगा स्कुल खोज्छन् ?
राम्रो पढाई, सफा र स्वच्छ वातावरण, सुविधासम्पन्न कक्षा कोठा आदि आदि ।

Posted By ketaketionline read more

नेपाली बालकथाको अंग्रेजी अडियो किताब, ब्रिटिस कथावाचकलाई सम्मान

Jun
24
susannaha-aldred-uk

काठमाडौं, असार ९ गते ।
   दृष्टिविहिन बालबालिकाको सहयोगार्थ नेपाली बालकथाको अडियो किताब उत्पादन हुने भएको छ । यस कथा एल्बममा नेपालीमा १५ वटा र अंग्रेजीमा १५ वटा गरी तिसवटा कथा समावेश गरिएको छ । नेपाली कथावाचन बालसाहित्य लेखक एवं बालसाहित्य प्रतिष्ठानका अध्यक्ष कार्तिकेयले गर्नुभएको छ भने अंग्रेजी कथावाचन ब्रिटिस कथावाचक सुसाना अल्ड्रेडले गरेकी छिन् ।

Posted By ketaketionline read more

हजुरबा हजुरआमालाई ट्रयाकसुट बितरण र कथावाचन

Jun
24

भक्तपुर, असार ९ गते ।
    बालसाहित्य प्रतिष्ठान नेपालको संयोजनमा प्रयास नेपाल र वागसिंह प्रतिष्ठानको सहयोगहमा भक्तपुर जिल्लाको चित्तपोल र नँखेल गाविसमा बसोवास गर्ने २ सय चालिस जना हजुरबाहजुरआमाहरुलाई ट्रयाकसुट वितरण गरिएको छ । उक्त अवसरमा बालसाहित्य लेखक एवं बालसाहित्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष कार्तिकेयले कथावाचन गर्नुभएको थियो भने सहभागी हजुरबाहजुरआमाहरुले आफ्नो प्रतिभा प्रस्तुत गर्नु भएको थियो ।

Posted By ketaketionline read more

नेपाली बालसाहित्य प्रवर्धनका निम्ति दोलखा घोषणा पत्र पारित

Apr
18

नेपाल बाल साहित्य समाज, नेपाल प्रज्ञा प्रतिष्ठान, कलासाहित्य प्रतिष्ठान दोलखा, सिविन–नेपाल तथा ग्रामीण विकास टुकी संघ दोलखाको संयुक्त आयोजनामा २०७० चैत्र २०–२२ गते दोलखामा राष्ट्रिय बाल साहित्य सम्मेलन २०७० भव्य रुपमा सम्पन्न भयो ।

Posted By ketaketionline read more

वरिष्ठ लेखक हिरण्य भोजपुरे लिखित बालपउन्यास ‘मेरी आमै !’ का विषयमा छलफल

Feb
15
meri-aama-novel-cover-jpg

वरिष्ठ लेखक हिरण्य भोजपुरे लिखित बालपउन्यास ‘मेरी आमै !’ का विषयमा छलफल र अन्तरक्रिया कार्यक्रम आज बृन्दावन रेष्टुरेन्ट, विजुलीबजार, काठमाडौंमा सम्पन्न भयो ।

Posted By ketaketionline read more

“गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कार– २०७०” अञ्जना राजवंशीलाई

Jan
22
kishor-puraskar-069

वरिष्ठ आख्यानकार गोविन्द बहादुर मल्ल गोठालेको स्मृतिमा स्थापित गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कार वर्ष २०७० का लागि अञ्जना राजवंशी लिखित किशोर उपन्यास सृष्टिको कथा लाई प्रदान गरिने भएको छ । यस वर्ष किशोर किशोरीका लागि उपयोगी लेखनमा योगदान पुर्याएका लेखक गोपाल पराजुलीलाई किशोर साहित्य सम्मानबाट सम्मानित समेत गरिने भएको छ ।

Posted By ketaketionline read more

प्रारम्भ बालप्रतिभा पुरस्कार सुशान्त र विज्ञतालाई प्रदान गरिने

Jan
21
prarambha-child-talent

विगत ५ वर्षदेखि केटाकेटी मिडियाको संयोजनमा वितरण हुँदै आएको प्रारम्भ बालप्रतिभा पुरस्कार  वि. सं. २०६९ र २०७० का लागि क्रमशः सुशान्तमान सिंह मास्के (कक्षा ८, नोवेल एकेडेमी) र विज्ञता कार्की (कक्षा ६, एम्बिसन स्कुल) लाई प्रदान गरिने भएको छ ।

Posted By ketaketionline read more

कार्तिकेय बालप्रतिभा पुरस्कार ज्वाला ढकाललाई प्रदान गरिने

Jan
21
eloha-magazine

जीवनको कठिन परिस्थितिमा पनि हौसला कायम राखी जीवनमा प्रतिभावान् हुन सफल बालबालिकालाई विगत ११ वर्षदेखि प्रदान गरिँदै आएको कार्तिकेय बालप्रतिभा पुरस्कार–०७० बाट वर्षकै सबैभन्दा बढी साहित्यिक कृति अध्ययन गर्ने उत्कृष्ट प्रतिभाको रुपमा ज्वाला ढकाल (कक्षा ६, सेन्ट मेरिज स्कुल, जावलाखेल, ललितपुर) पुरस्कृत भएकी छिन् । उनको स्थायि घर धरमपुर वाड नं. ९ झापा हो ।

Posted By ketaketionline read more

Pages

Subscribe to RSS - news/events