Since 2003, Children's Literature Foundation Nepal has been dedicated on the creative development of children by increasing their reading habit.

हार्दिक समवेदना Sticky

Nov
19
kabitaram-ketaketionline

हाम्रा आदरणीय अग्रज शुभचिन्तक वरिष्ठ बालसाहित्य लेखक कविताराम (डा. रामबहादुर श्रेष्ठ) हामी माझबाट बिदा हुनुभएको छ । हामी उहाँको आत्माको चीर शान्तिको कामना गर्दछौं । साथै यस अवसरमा उहाँले हामीलाई देखाउनु भएको न्यानो मायाप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै शोकसन्तप्त परिवारजनमा शोक सहन गर्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्दछौं ।

Posted By ketaketionline read more

हाम्रा आदरणीय बालसाहित्य लेखक कविताराम Sticky

Nov
19
kabitaram-ketaketionline

विक्रम सम्वत् २००४ माघ ११ गते ओखलढुङ्गा, रामबजारमा जन्मनुभएका रामबहादुर श्रेष्ठ नै नेपाली बालसाहित्यका वरिष्ठ लेखक डा. कविताराम हुनुहुन्छ । साहित्यकार कवितारामका नामले एउटा अलग्गै पहिचान बनाउन सफल डा. रामबहादुर श्रेष्ठ अर्थात् कविताराम बुबा नन्दराम र आमा मनमायाका सुपुत्र हुनुहुन्छ । उहाँले वि.सं. २०१८ सालदेखि साहित्य लेखन सुरु गर्नु भएको हो । उहाँले अस्वीकृत साहित्य आन्दोलन र लेखनका माध्यमले नेपाली साहित्यमा पनि एउटा विशिष्ट पहिचान बनाउनु भएको छ । बालसाहित्य लेखक कवितारामको बालसाहित्य यात्रा वि.सं. २०३६ सालबाट शुरु भएको हो ।

Posted By ketaketionline read more

‘पुलिस अङ्कल’ का लेखक नवीनचन्द्र घिमिरेसँग ३ प्रश्न Sticky

Nov
18
navin-chandra-ghimire

साहित्यकार नवीनचन्द्र घिमिरेको जन्म वि.सं. २०३२ भाद्र ३१ गते लमजुङ भोर्लेटारमा भएको हो । उहाँको पहिलो रचना ‘मेरो बालअनुभूति’ शीर्षकको लेख वि.सं. २०४८ सालमा ‘विमोचन’ पत्रिकामा प्रकाशित भएको थियो । उहाँको पहिलो प्रकाशित कृति 'यात्रा बराहपोखरीकोः सन्दर्भ पर्यटन साहित्यको' (नियात्रा, २०६७) हो । उहाँका हालसम्म ३ वटा कृतिहरु प्रकाशित भएका छन् । लेखक र बालअधिकारकर्मीका रुपमा समेत परिचित घिमिरेसँग केटाकेटी अनलाइन पत्रिकाको यस पटकको ३ प्रश्नमा कुराकानी गरिएको छ ।

Posted By ketaketionline read more

मेरो कथाको एलियन विमोचित

Nov
18
alian-book-launching

आजबाट नेपाली बालसाहित्यको भण्डारमा अर्को एउटा किताब थपिएको छ, त्यो हो ‘मेरो कथाको एलियन’ नामक बालचित्रकथाकृति । बालसाहित्य लेखक अनुराधाले लेख्नुभएको र चित्रकार सुमन महर्जनले चित्रांकन गर्नुभएको यो च्याप्टर बुक आज आयोजित एक समारोहबीच किताबका लेखक अनुराधा, चित्रकार सुमन महर्जन र वरिष्ठ बालसाहित्य लेखक शान्तदास मानन्धरले संयुक्त रुपमा विमोचन गर्नुभयो ।

Posted By ketaketionline read more

नेपाली बालसाहित्यको वर्तमान अवस्थाबारे छलफल सम्पन्न

Nov
17
Abin-Shrestha-ketaketionline

केटाकेटी अनलाइन पत्रिकाको आयोजना तथा बुकआर्ट नेपाल र बालसाहित्य प्रतिष्ठान नेपालको सहकार्यमा नेपाली बालसाहित्यको वर्तमान अवस्थाबारे छलफल कार्यक्रम सम्पन्न भएको छ । बालसाहित्यका वरिष्ठ चित्रांकनकर्ता अविन श्रेष्ठसँग ‘मेरो दृष्टिमा वर्तमान बालसाहित्य’ विषयक विशेष प्रस्तुति तथा छलफल भएको यस कार्यक्रममा वरिष्ठ चित्रकार श्रेष्ठले नेपाली बालसाहित्य लेखन र चित्रांकनको वर्तमान अवस्थाबारे आफ्ना महत्वपूर्ण विचारहरु प्रस्तुत गर्नु भएको थियो ।

Posted By ketaketionline read more

Author ANURADHA Says

Nov
16
anuradha-ketaketionlne

Mero Kathako Alien' is my first chapter book. I had written this story many years ago. However, during that time publishers were not ready to publish chapter books very willingly. It is finally published and I am very happy.

Posted By ketaketionline read more

बालसाहित्य लेखक, अनुवादक र सम्पादक अनुराधासँग ३ प्रश्न

Nov
16
anuradha-ketaketionlne

केटाकेटी अनलाइन पत्रिकाको यस पटकको ३ प्रश्नमा बालसाहित्य लेखक, अनुवादक र सम्पादक  अनुराधासँग कुराकानी गरिएको   छ । उहाँ बालसाहित्यमा नयाँ नयाँ प्रयोग गर्न रुचाउने परिचित लेखक  हुनुहुन्छ । यस पटक पर्सी शनिवार (मंसिर २ गते) विमोचन हुने उहाँको नयाँ कृति ‘मेरो कथाको एलियन’ र उहाँको बालसाहित्य लेखनका नयाँ योजनाबारे हामीले कुराकानी गरेका छौं ।

Posted By ketaketionline read more

‘बालिका छँदाको अनुभूति' सुन्ने –सुनाउने कार्यक्रम सम्पन्न

Nov
13
int'l girl child day 2017- CLFN Program

अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा ‘बालिका छँदाको अनुभूति सुन्नेसुनाउने कार्यक्रम’ सम्पन्न भयो । महिला लेखकहरुको संस्था ‘गुञ्जन’ र बालसाहित्य प्रतिष्ठान नेपालको संयुक्त आयोजना तथा बुकआर्ट नेपाल र केटाकेटी अनलाइनको सहकार्यमा सम्पन्न भएको यस कार्यक्रम महिला नेतृ तथा साहित्यकार शान्ता श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

Posted By ketaketionline read more

Ladybird, Ladybird

Nov
07
ladybird-ketaketionline-song-for-children

Ladybird, ladybird, fly away home,

Your house in on fire and your children are gone,

Posted By ketaketionline read more

साहित्यकार/पत्रकार दामोदर न्यौपानेसँग ३ प्रश्न

Nov
03
damodar-neupane-ketaketionline

वास्तवमा पढ्नु आवश्यक छ किनभने पढाइले मान्छेको चेतना स्तर बढाइदिन्छ । कोर्सका बाहेकका पुस्तक पढ्नाले बालबालिकाको ज्ञानको क्षितिज फराकिलो बनाइदिन्छ । पढ्ने विद्यार्थीको चेतनाको स्तर औसत विद्यार्थीको भन्दा माथि हुन्छ । किताबमा सूचना हुन्छन् । सूचना भनेको ज्ञानको स्रोत हो । ज्ञान भनेको शक्ति हो । यसले आन्तरिक शक्ति बढाउँछ । आन्तरिक शक्तिले आत्मविश्वास बढाउँछ । आत्मविश्वासको बलले असल र सफल मान्छे बन्न सकिन्छ ।

Posted By ketaketionline read more

Pages

Subscribe to Ketaketi Online RSS