आदरणीय लेखक जलेश्वरी श्रेष्ठ

Jaleshwori Shrestha- clfn nepal

आदरणीय लेखक जलेश्वरी श्रेष्ठ वरिष्ठ साहित्यकार हुनुहुन्छ । उहाँका मिहिनेती गौरी, सुनपरी २ बालउपन्यास, मिहिनेती, परीको घर र तिसाको जन्मदिन गरी ३ बालकथा संग्रह, लाभाका वाफहरु र मौन विद्रोह २ कथा संग्रह, नियति चक्र उपन्यास र उहाँका १५ वटा बालकथाहरुको अंग्रेजी संस्करण पिङ्की एण्ड दि बटर फ्लाइज गरी ८ कृतिहरु प्रकाशित छन् ।
आदरणीय लेखक श्रेष्ठले समाजसेवाको क्षेत्रमा पनि विशिष्ट योगदान गर्दै आउनुभएको छ । उहाँको सहयोगमा अक्षय कोषको स्थापना भई गोमा स्मृति पुरस्कार, देवकुमारी थापा बालसाहित्य पुरस्कार, किशोर साहित्य पुरस्कार, लगायत पुरस्कारहरु वितरण हुँदै आएका छन् । उहाँको नाममा जलेश्वरी श्रेष्ठ वनिता बालसाहित्य पुरस्कार पनि वितरण हुँदै आएको छ । उहाँ बालसाहित्य प्रतिष्ठान नेपालका संस्थापक हुनुहुन्छ ।

Directory: 
Language: