कति राम्रो फूल

basu-shree-pande-biratnagar

      वसुश्री पाण्डे, विराटनगर, नेपाल ।


कति राम्रो फूल फुल्यो बगैँचामा हाम्रो
सयपत्री मखमली गोदावरी राम्रो ।

असोज कार्तिक महिनामा ढकमक्क फुल्छन्
तिहारको भाइटीका दाजुभाइ लाउँछन् ।

वर्ष दिनको रमाइलो चाड दशैं तिहारलाई मान्छन्
चारैतिर सफासुग्घर झिलिमिली पार्छन् ।

ऋतुहरुमा हेमन्त हो गृष्मपछि आउँछ
न त जाडो न त गर्मी ठीक्क मौसम हुन्छ ।।
                                


Literature: 
Language: