CREATIVE WRITING COMPETITION 2017 on the occassion of International Day of the Girl

int'l girl child day 2017

CLFN proudly Announces
 ==================
 CREATIVE WRITING COMPETITION 2017 on the occassion of International Day of the Girl Child 11 October
 ===============
  अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा आयोजना हुने कथा लेखन तथा संस्मरण  लेखन प्रतियोगितामा भाग लिई रु. २५ हजार पुरस्कार जित्नुहोस् ।
 यस प्रतियोगितामा ९ वर्षदेखि ७० वर्षसम्मका बालिका/महिला लेखकहरुले भाग लिन सक्नेछन् । 
 प्रकाशनयोग्य रचना पठाउन सफल १० जनालाई यो पुरस्कार प्रदान     गरिने छ । 
  ९ देखि १२ वर्षसम्मका स-साना बालिकाहरुले हजुरबाहजुआमाहरुले सुनाउनुभएका  रमाइला कथाहरुको कम्तिमा १६ पृष्ठको सचित्र बालचित्रकथाको किताब बनाई पठाएर  पनि यस प्रतियोगितामा भाग लिन सक्नेछन् । साथै १३ देखि २१ वर्षसम्मका  बालिकाहरुले आफू बालिका भएर भोगेका मार्मिक संस्मरणहरु, कथाहरु पठाउन  सक्नेछन् । र २१ वर्षमाथिका महिला आमा हजुरआमाहरुले आफ्नो संस्मरण र कथाहरु  पठाउन सक्नेछन् । प्रतियोगितामा बालिकाहरुलाई प्रेरणादायी रचना  सामग्रीहरुलाई विशेष प्राथमिकता दिइने छ । रचना ९ देखि १२ वर्ष सम्मका  बालबालिकाका लागि घटीमा न्यूनतम ५ सय शब्दको, १३ देखि २१ वर्षको लागि घटीमा न्यूनतम १५ सय शब्दको २१  वर्षमाथिका लागि घटीमा न्यूनतम ३ हजार शब्दसम्मको हुनुपर्नेछ । रचना पठाउने अन्तिम  मिति २०७४ चैत्र २५ गतेसम्म रहेको छ । रचना पोस्ट बक्स २५८५९ काठमाडौं वा  इमेल childacademy43@gmail.com  बाट पठाउनुहोला । थप जानकारीका  प्रतिष्ठानका अध्यक्ष कार्तिकेयसँग ९८४१४७७५१५, ९७५१००३५३१ नम्बरमा  प्रत्यक्ष कुराकानी गर्नुहोला ।

http://www.un.org/en/events/girlchild/

Segment: 
Language: