बालकथा प्रतियोगिताको जरुरी सूचना

blind-children-at-lab-school-kirtipur

यस प्रतिष्ठानले अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसरमा आँखा नदेख्ने दृष्टिविहीन बालबालिकाहरुका लागि ब्रेल पुस्तक (बालकथा संग्रह) प्रकाशन गर्ने भएकाले आआफ्नो एकवटा कथा (बढीमा ३५० शब्दको र प्रेरणामूलक नैतिक शिक्षा भएको निमावि तहका बालबालिकाका लागि उपयोगी कथा) र आफ्नो बायोडाटा (तस्बिरसहित) पठाउनुहुन सम्पूर्ण बालसाहित्य लेखक महानुभावहरुलाई अनुरोध गर्दछौं । कथा यही २०७४ कार्तिक २५ गतेभित्र प्रतिष्ठानको इमेल ठेगाना childacademy43@gmail.com मा पठाइ सक्नुपर्नेछ । कथा छनोट हुन सफल लेखकको कथा समावेश भएको कथाहरु समावेश गरी ब्रेल पुस्तक, रमाइला नेपाली बालकथाहरु (सचित्र कथा संग्रह) पुस्तक र सोही कृतिको अंग्रेजी संस्करण गरी जम्मा तीन थरी कृतिहरु प्रकाशित हुनेछन् । छानिएका लेखकहरुलाई ‘सिएलएफएन उत्कृष्ट बालसाहित्य लेखक, २०७४ पुरस्कारबाट स्वर्ण पदकसहित’ एक विशेष समारोहबीच पुरस्कृत तथा सम्मानित गरिने छ । प्राप्त कथाहरुको स्तर हेरी कम्तीमा १० देखि बढीमा २५ जनासम्म लेखकहरु यस कार्यक्रममा छनोट हुन सक्ने प्रावधान रहेको छ । यस कार्यक्रमका लागि ब्रेलबुक प्रकाशनका निम्ति सहयोग गर्ने वचन दिनुहुने कार्तिकेय बालप्रतिभा पुरस्कार कोष परिवार र संस्थापक अध्यक्ष श्री मोहन कार्कीज्यूमा प्रतिष्ठान परिवार हार्दिक कृतज्ञता ज्ञापन गर्दछ ।

Segment: 
Language: