केटाकेटी अनलाइन पोस्ट बक्स नं. २५८५९ काठमाडौंलाई विभिन्न बालपुस्तकहरु प्राप्त

book-palace-books

केटाकेटी अनलाइन पोस्ट बक्स नं. २५८५९ काठमाडौंलाई बुक प्यालेस प्रदर्शनीमार्ग, काठमाडौंबाट विभिन्न बालपुस्तकहरु प्राप्त भएका छन् ।
यस पटक प्राप्त भएका चारमध्ये दुईवटा कृति लेखक प्रकाश प्रधानले लेख्नुभएको हो । ‘छाउराको कथा’‘मेरो किताब हरायो’ प्रकाश प्रधान लिखित कृतिहरु हुन् । ‘छाउराको कथा’ बालबालिकालाई सबै प्राणीलाई माया गर्न प्रेरित गर्ने पुस्तक हो । यसमा कुकुरको सानो बच्चो छाउराको सुखदुःखको कथा रहेको छ । त्यस्तै ‘मेरो किताब हरायो’ नातासम्बन्ध सिकाउने सिकाउने किताब हो । यस किताबमा हराएको किताब खोज्दाखोज्दै बालबालिकाहरुले नातासम्बन्धबारे जानकारी प्राप्त गर्नेछन् । दुबै किताब ससाना बालबालिकाका लागि अत्यन्त उपयोगी छन् । यी दुबै कृतिको सम्पादन कार्तिकेयले गर्नुभएको छ भने चित्रांकन छाउराको कथामा वरिष्ठ कलाकार के.के. कर्माचार्यले र मेरो किताब हरायोमा देव महर्जनका चित्रहरु रहेका छन् ।
यस्तै प्राप्त भएका चारमध्ये अन्य दुईवटा कृतिहरु लेखक कार्तिकेयले लेख्नुभएको हो । ‘परीगाउँको कथा’‘हात्ती हरायो’ कार्तिकेय लिखित कृतिहरु हुन् । ‘परीगाउँको कथा’ पहिलो पटक वि.सं. २०६४ मा प्रकाशित भएको थियो । यो कृति २०६४, २०६७, २०७०, २०७३ र २०७४ गरी हालसम्म पाँच सस्करण प्रकाशित भएको छ । चार संस्करणसम्म चित्रकार रश्मी अमात्यको चित्रांकनमा एकरंगी प्रकाशित यस कृतिको पाँचौं संस्करण देव महर्जनको चित्रांकनमा रंगीन संस्करण प्रकाशन भएको छ । बालबालिकालाई स्वाबलम्बी बन्न घचघच्याउने प्रेरित गर्ने उत्कृष्ट कथा रहेको यस कृतिको रंगीन संस्करणबाट बालबालिकाहरु अझ बढी लाचान्वित हुनेछन् भन्ने विश्वास गर्न सकिन्छ । त्यस्तै ‘हात्ती हरायो’ ट्राफिक नियम सिकाउने किताब हो । बालबालिकालाई सानैदेखि सडक अनुशासनप्रति चेतना प्रदान गर्न यस पुस्तक उपयोगी रहेको छ । यस पुस्तकको चित्रांकन प्रेम लम्सालले र सम्पादन प्रकाश प्रधानले गर्नुभएको छ । यस कृतका सम्बन्धमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाका तत्कालीन प्रमुख प्रहरी अतिरिक्त आयुक्त श्री केशवप्रसाद अधिकारी भन्नुहुन्छ, यस बालचित्रकथामार्फत् खासगरी सडक प्रयोगकर्ता बालबालिकाहरुमा सडक सभ्यता कायम राख्नका लागि अपनाउनुपर्ने सावधानीसम्बन्धी चेचनामूलक सामग्रीहरु आत्मसात् गर्ने प्रेरणा मिलेको छ । यो ट्राफिकसम्बन्धी जनचेतनामूलक कथा हो । भविष्यका कर्णधार बालबालिकालाई जानकारी दिने हिसाबले रंगीन साजसज्जाका पुस्तक प्रकाशित भएको छ । यो सह्रानीय रहेको छ । बुक प्यालेस प्रकाशनको प्रदर्शनीमार्ग, काठमाडौंमा शोरुम पुस्तक पसल रहेको छ । शोरुमको फोन नम्बर ९७७–०१–४२१६९१३ हो ।

Segment: 
Language: