सुरी म्याउँ - इन्द्रकुमार श्रेष्ठ ‘सरित्’ Children Poem by Indra Kumar Shrestha 'Sarit'

Suri-Myuu-ketaketionline

सुरी म्याउँ सुरी म्याउँ तिमी यता आऊ
भोक लागे तिमीलाई बुबु माम खाऊ ।

पढ्न बस्छु एकै क्षण तिमी हेरी बस
गृहकार्य गरेकी हुँ नलेऊ धेरै खसखस ।
सर्याकसुरुक गर्यो हेर के छ उता जाऊ
धान खाने मुसा भए च्याप्प त्यसलाई समाऊ ।

घर धन्दा सिध्याइ हाल्छु तिमी साथी बस
चकचक गरे पिटाई खालाऊ पलेटी नै कस ।
रात धेरै बितिसक्यो हिँड सुत्न जाउँ
निद्रा मेरो बिग्रेला है नगर्नु नि म्याउँ म्याउँ ।

सुरी म्याउँ सुरी म्याउँ तिमी यता आऊ
भोक लागे तिमीलाई बुबु माम खाऊ । 


 















 














Literature: