लेखक ललिता दोषीसँग ३ प्रश्न

lalita-doshi-ketaketionline

साहित्यकार ललिता ‘दोषी’ को कामकाजी नाम ललिता (गजुरेल) खरेल हो । उहाँ वि.सं. २०२५ कार्तिक १६ गते इमाडोल ललितपुरमा जन्मनु भएको हो । उहाँको पहिलो रचना वि.सं. २०४१ सालका ‘शुभकामना’ शीर्षकको कविता श्रुति पत्रिकामा प्रकाशित भएको   थियो ।  उहाँको पहिलो प्रकाशित कृति प्रेमको परिभाषा (कथा संग्रह, २०५६) हो । उहाँका हालसम्म २७ वटा कृतिहरु प्रकाशित भएका छन् ।
केटाकेटी अनलाइन पत्रिकाको यस पटकको ३ प्रश्नमा यिनै वरिष्ठ लेखक ललिता दोषीसँग कुराकानी गरिएको छ ।
प्रश्न १. तपाईं बालसाहित्य किन लेख्नुहुन्छ ?
बालबालिकालाई मनोरञ्जन तरिकाले केही कुरा भन्दा त्यो कहिल्यै बिर्सिंदैनन् । त्यसको साथसाथै उनीहरूले घुमौरो किसिमले शिक्षा पनि पाइरहेका हुन्छन् । आफूले भोगेका, जानेबुझेका कुरा उनीहरू सामु पु¥याउँदा भाइबहिनीहरूले मन पराएका छन् । पाठ्यक्रममा समेत  बाल रचनाहरू परेका छन् । त्यसैले पनि निरन्तर लेखिरहेकी छु ।

२. पछिल्लो पटक तपाईंको कुन बालपुस्तक प्रकाशित भएको    थियो ? त्यस कृतिको बारेमा केही भनिदिनुस् न ।
पछिल्लो पटक मेरो ‘जाल’ नामक  बालचित्रकथा  रुम टु रिडबाट २०७२ सालमा प्रकाशित भएको थियो ।  यो चित्रकथाले मान्छेले हरेस  खानुहुन्न  । मेहनत गर्यो भने जे पनि गर्न सकिन्छ । मान्छेलाई माछा मारेर दिनुभन्दा माछा मार्ने सीप दियो भने  मान्छेले दुःख पाउदैनन्  भन्ने सन्र्दभ दिएर लेखिएको छ । खुसीको कुरा  यो चित्र कथाले  २०७३ सालमा  पुष्कर गौतम बालसाहित्य पुरस्कार पायो ।  यो कथा कोरियन भाषामा पनि छापिएको छ ।                           
                            
३. बाल्यकालको बिर्सनै नसक्ने सम्झना कुनै छ भने सुनाइदिनुस्   न ।
      मेरो अति नै मिल्ने  नारणदेवी श्रेष्ठ भन्ने साथी थिइन् । उनी मलाई अति नै माया गर्थिन् । म पनि उनलाई अति नै माया गर्थेँ । उनी बालकुमारी बस्ने म इमाडोलमा बस्ने भए पनि लगनखेलमा भएको  नमुना मच्छिन्द्र मा. वि. स्कुलमा जाने आउने हामी सँगै गर्दथ्यौँ । उनीहरूको पसल थियो । पैसा धेरै खर्च गर्थिन् । कुनै खानेकुरा किने पनि मलाई छुट्ट्याउदैन थिइन् । म भने त्यति पैसा खर्च गर्न सक्दैनथेँ । मलाई उनले दिएको धेरै खानेकुरा खाँदा अलि नमज्जा नै लाग्थ्यो । मैले एकदिन स्कुलबाट घर फर्किंदा नारणदेवी तिमी मसँग हिँड्दा धेरै पैसा खर्च नगर ल त्यस्तै के भनें । उनी यति रिसाइन् कि उनी मसँग बोल्दै बोलिनन् । मैले पछि पनि उनीसँग धेरै बोल्न चाहेँ उनी बोलिनन् । विवाहपश्चात भने मैले उनको बहिनीसँग फोन नं. लिएर फोन गरेँ । राम्रै कुरा भयो । मलाई अहिले पनि नारणदेवीको असाध्यै माया लाग्छ । उनी निश्छल मनकी थिइन् र छिन् पनि  । सानोमा राम्रो साथी गुमाएको पीडा मलाई पछिसम्म भयो ।

Opinion: 
Language: