बालअधिकारको पहरेदार सिविन

gauri-pradhan

नेपालमा बालअधिकारको संरक्षण र सम्वद्र्धनका लागि अग्रणी संस्था हो, नेपाल बालमजदूर सरोकार केन्द्र(सिविन) । बालअधिकारको विषयलाई सामाजिक विषयका रुपमा उठाउन वि.सं. २०४४ सालमा क्याम्पस पढ्दै गरेका पाँचजना विद्यार्थीको एक समूहले स्थापना गरेको यो संस्था अहिले बालबालिकाको हकहितको रक्षा र बाल सशक्तीकरणको महत्वपूर्ण अभियानका रुपमा स्थापित भएको छ । बालबालिकाका लागि उपयुक्त नीति निर्माण गर्न राज्यलाई दबाब दिँदै तिनको  प्रभावकारी कार्यान्वयनका लागि सचेतनाका माध्यमबाट बालबालिकाको अधिकारको सुनिश्चितता प्रदान गर्नु  सिविनको उद्देश्य हो । बाल अधिकारका विभिन्न मुद्दाहरु, बालिका सशक्तीकरण, बालश्रमिक तथा सडक बालबालिकाको उद्धार जस्ता कार्यहरु यसले गर्दै आएको छ । पछिल्लो समयमा भूकम्पपीडित बालबालिकाको राहत र उद्धारमा सिविन क्रियाशील रहेको छ ।
बालबालिका स्वयम् तथा नागरिक समाजसँगको साझेदारीमा बालबालिकाको स्तर माथि उठाउन सहजिकरण गर्दै आएको बताउनुहुन्छ सिविनका कार्यक्रम संयोजक कुमार भट्टराई ।
सिविन नेपालले बालअधिकारको पूर्ण प्रत्याभूतिका लागि यसको वकालत गर्दै आएको छ । सिविनले आफ्ना हरेक गतिविधिमा बालबालिकाको अर्थपूर्ण  सहभागितामा जोड दिँदै आएको छ । समाजमा पछाडि परेका बालबालिकालाई विकासमा यसले विशेष जोड दिने गरेको छ । छोरा र छोरीबीच हुने भेदभाव रोक्न पनि यसले सघाउने गरेको छ । यसैगरी बालबालिकाको बाँच्न पाउने अधिकार, संरक्षण,विकास, सहभागिता लगायत समसामयिक सवाललाई सिविनले उठाउँदै आएको छ ।

बालबालिकाको आपतकालीन उद्धारका लागि बाल हेल्पलाइन नेपाल १०९८ः महिला,बालबालिका तथा समाजकल्याण मन्त्रालय तथा नेपाल दूरसंचार प्राधिकरणसँगको साझेदारीमा बालहेल्पलाइन नेपाल १०९८ कार्यक्रम सिविन नेपालले काठमाडौं, हेटौडा,नेपालगञ्ज, पोखरा, विराटनगर र धनगढीमा सञ्चालन गरिरहेको छ । यस कार्यक्रमबाट हरेक बर्ष हजारौं जोखिममा परेका बालबालिकालाई आपत्कालिन उद्धार, संरक्षण, राहत, मनोसामाजिक विमर्श तथा सामाजिकपुनस्र्थापना, स्वास्थ्य सेवा, कानुनी सहयोग लगायतका सेवा पु¥याउने कार्य भइहेको छ ।

बालअधिकार सम्बन्धी जनचेतना
बालअधिकार संचेतनाका लागि सिविनले निम्न विषयहरूमा कार्यक्रमहरु सञ्चालनगर्दै आएको छ :
—बाल संरणक्षणका सवालहरूः बाल दुव्र्यवहार, बालश्रम शोषण, बाल यौनशोषण,
यौन दुव्र्यवहार र बालबालिका बेचबिखन, अपहरण तथा ओसारपसार,
—एचआईभी तथा एड्स
—बालमैत्री गाउँ र नगर
–बालसहभागिता प्रवद्र्धन
–इन्टरनेट अनलाइनमा बालबालिकाको संरक्षण
—नयाँ संविधानमा बालअधिकारको सुनिश्चितता
–वातावरणीय परिवर्तन र बालअधिकार
–सूर्तीजन्य पदार्थ, लागूऔषध र मदिराको बालबालिका तथा समाजमा पर्ने असर

सिविन–नेपालले बालअधिकारमा जनचेतना अभिवृद्धिका निम्ति सञ्चार माध्यमको परिचालनलाई पनि महत्व दिइरहेको छ

बालबालिका तथा केन्द्रित गरी विभिन्न प्रकाशनहरु, सूचना सामग्रीहरु प्रकाशन, प्रसारण र वितरण गर्दै आइरहेको छ । इन्टरनेट अनलाइन मार्फत् समेत व्यापक रुपमा बालअधिकारका सवाललाई सार्वजनिक गर्दै आइरहेको  छ । सिविन–नेपालले बालअधिकारका कार्यक्रमहरूलाई मार्गनिर्देश गर्न र चेतना अभिवृद्धिका लागि सहभागितामूलक क्रियाशील अनुसन्धानहरूलाई निरन्तर अगाडि बढाइरहेको सञ्चार अधिकृत प्रमिला मानन्धर बताउनुहुन्छ ।

बालसहभागिता प्रवद्र्धन र बाल सशक्तीकरणमा सिविन

सिविन–नेपालले “बालबालिकाका लागि बालबालिकाका साथमा” भन्ने नारालाई मूलमन्त्रका रुपमा आत्मसात् गरेको छ । यसका लागि बालअधिकार मञ्च, किशोरकिशोरी समूह, युवा समूहहरूको विस्तार र साझेदारी मार्फत् बालसहभागितालाई प्रोत्साहन गरिरहेको छ ।
यसैगरी १४ वर्ष भन्दा माथिका नवयुवाहरूमा सीप विकासका निम्ति सिविन आत्मनिर्भर केन्द्र मार्फत् हरेक बर्ष सयौं किशोरकिशोरीलाई सामाजिक तथा आर्थिक रुपमा आत्मनिर्भर बनाउन तालिम तथा लघुवित्त कार्यक्रम सञ्चालन गरिरहेको छ ।
सिविन–नेपालले समुदायहरुमा सामुदायिक सचेतना तथा विकासका लागि विभिन्न कार्यक्रमहरु सञ्चाल गर्दै आएको छ । यस क्रममा दोलखा जिल्लाका उत्तरी भेगका ८ वटा गाविसहरूमा ग्रामीण विकास टुकी संघ दोलखाको साझेदारीमा बालअधिकार तथा महिला अधिकार प्रवद्र्धन तथा जीवनस्तर उत्थानका गतिविधिहरू सञ्चालित छन् ।

बालहितका लागि साझेदारी र वकालत

बालअधिकारका क्षेत्रमा क्रियाशील सबै पक्षसँगको साझेदारी र सञ्जालका माध्यमबाट नै बालअधिकार आन्दोलनलाई सशक्त बनाउन सकिन्छ भन्ने कुरामा सिविनको विश्वास रहेको कुरा सिविनका कार्यक्रम संयोजक कुमार भट्टराई बताउनुहुन्छ । बालबालिकाको जीवनमा प्रभाव पार्ने राष्ट्रिय नीतिहरू तथा कानुनहरूको परिमार्जन तथा विकासका लागि सिविनले नीति निर्माताहरूसँग सहकार्य गर्दै आएको छ ।
राज्यले तर्जुमा गरेका बालबालिकासम्बन्धी नीति, राष्ट्रिय योजना तथा कार्यक्रमको कार्यान्वयन तथा अनुगमनका लागि समेत बालबालिका र नागरिक समाजसँगको साझेदारीमा काम गर्ने गर्दछ ।

सिविन–नेपालले बालअधिकारको पूर्ण प्रत्याभूतिका लागि अधिकारमुखी अवधारणामा आधारित रही बालअधिकारको वकालत गर्दै आएको छ । सार्थक बालसहभागिता, सामाजिक तथा लैङ्गिक समावेशीकरण सिविनका हरेक गतिविधिका अभिन्न अंगका रुपमा रहेको उहाँले जानकारी   दिनुभयो । सिविनले बालबालिकासँग सरोकार राख्ने विभिन्न विषयहरूमा स्थानीय देखि राष्ट्रियस्तरका सरोकारवाला निकायहरु संघसंस्थाहरू, नागरिक समाजसँगको साझेदारीमा विभिन्न तालिम तथा संचेतना अभियानहरू सञ्चालन गर्दै आएको छ ।

सिविनका अन्य कार्यहरु
१. बालिकाको सृजनात्मक विकास, संरक्षण तथा सशक्तीकरणको लागि बालिका शान्ति गृह
२. आपतकालीन संरक्षण र उद्धारका लागि बसपार्कमा सिविन बाल सम्पर्क केन्द्र
३. सडक बालबालिकाको संरक्षण, सृजनात्मक विकास तथा सशक्तीकरण
४. बालश्रमको न्यूनीकरण एवं सामाजिक पुनःएकीकरणसिविन–नेपालले सबैका लागि शिक्षा, बालबालिकाका लागि गुणस्तरीय शिक्षा, बालमैत्री विद्यालयको निम्ति संचेतना र पैरवी गर्दै आइरहेको छ ।
५. शैक्षिक सहयोग ७५ जिल्लाका बालबालिकालाई विस्तार गरिएको छ । हरेक बर्ष ५००० बालबालिकालाई सहयोग प्रदान गर्र्दै आइरहेको छ ।
६. ट्यूसन कार्यक्रम मार्फत् हरेक बर्ष ५० जना नवयुवालाई उच्च माध्यमिक शिक्षामा सहयोग प्रदान गर्नुका साथै ती नवयुवाद्वारा ७५० बालबालिकाका लागि ट्यूसन कक्षाहरु संचालन भैरहेका छन् ।
समुदायमा आधारित विद्यालयहरुमा बालसुलभ शैक्षिक वातावरण निर्माणका लागि आवश्यक भौतिक संरचना निर्माण, शैक्षिक जनशक्ति विकासका साथै विद्यालय बालसंरक्षण नीति निर्माण तथा कार्यन्वयनका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

भूकम्पपीडित बालबालिकाको राहत र उद्धारमा सिविनको भूमिका

नेपालमा २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट पीडित बालबालिकालाई राहत प्रदान गर्ने, तिनको उद्धार र पुनःस्थापना गर्ने कार्यमा पनि सिविनले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
                                                                                                                                 प्रस्तुति : माधव अधिकारी, उप सम्पादक, केटाकेटी न्युज

Directory: 
Language: