आदरणीय महिला लेखकज्यूहरुमा विशेष अनुरोध

int'l girl child day 2017- notice for memoir writinf competition

अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा ‘बालिका छँदाको अनुभूति– सुन्ने सुनाउने कार्यक्रम’ यस प्रतिष्ठान र महिला लेखकहरुको संस्था ‘गुञ्जन’ को संयुक्त आयोजना तथा बुकआर्ट नेपाल र केटाकेटी अनलाइनको सहकार्यमा आयोजना हुन लागेकोले उक्त कार्यक्रममा उपस्थित हुनुभई आफू बालिका छँदाको अनुभव सुनाएर हामीलाई हौसला र प्रेरणा प्रदान गरिदिनुहुन सादर निमन्त्रणा गर्दछौं । साथै कार्यक्रममा उपस्थित हुन असमर्थ लेखकहरुले पनि आफ्नो अनुभूति एक हजार शब्दभित्र लेखी प्रतिष्ठानको इमेल childacademy43@gmail.com मार्फत् पठाउनु हुन अनुरोध छ । कार्यक्रममा वाचित तथा २०७४ मंसिर ७ गतेभित्र प्राप्त संस्मरणहरु समावेश गरी 'बालिका छँदाको अनुभूति' नामक ग्रन्थ प्रकाशन गरिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछौं ।

कार्यक्रमबारे
मिति : २०७४ कार्तिक २७ गते सोमवार
समय : दिउँसो १ः०० बजे
स्थान : नेपाल प्रज्ञा–प्रतिष्ठान प्रवचन कक्ष १
कमलादी, काठमाडौं

Segment: 
Language: