‘पुलिस अङ्कल’ का लेखक नवीनचन्द्र घिमिरेसँग ३ प्रश्न

navin-chandra-ghimire

साहित्यकार नवीनचन्द्र घिमिरेको जन्म वि.सं. २०३२ भाद्र ३१ गते  लमजुङ भोर्लेटारमा भएको हो । उहाँको पहिलो रचना ‘मेरो बालअनुभूति’ शीर्षकको लेख वि.सं. २०४८ सालमा ‘विमोचन’ पत्रिकामा प्रकाशित भएको थियो । उहाँको पहिलो प्रकाशित कृति यात्रा बराहपोखरीकोः सन्दर्भ पर्यटन साहित्यको (नियात्रा, २०६७) हो । उहाँका हालसम्म ३ वटा कृतिहरु प्रकाशित भएका छन् । लेखक र बालअधिकारकर्मीका रुपमा समेत परिचित घिमिरेसँग केटाकेटी अनलाइन पत्रिकाको यस पटकको ३ प्रश्नमा कुराकानी गरिएको छ ।


प्रश्न १. तपाईं बालसाहित्य किन लेख्नुहुन्छ ? बालसाहित्य लेखनको प्रेरणा कसरी पाउनु भयो ?

 पारिवारिक वातावरण साहित्य लेखन र पठनका लागि अनुकूल र उत्प्रेरक थियो । जसका कारण साहित्यमा आकर्षित हुने र लाग्ने वातावरण सिर्जना ग¥यो । बालसाहित्यमा भने बालअधिकारको क्षेत्रमा बढी क्रियाशील हुन थालेपछि अलि बढी लगाव भएको हो ।
बालअधिकारको क्षेत्रमा क्रियाशील भैसकेपछि बालबालिकाका सामीप्यतामा धेरै रहने अवसर प्राप्त भयो, जसका कारण उनीहरुको मनोविज्ञान, भावना, धारणा, क्रियाकलाप, हर्ष अनि दुःखलाई अत्यन्तै नजिकबाट नियाल्ने अवसर समेत प्राप्त भयो । बालबालिकाका तिनै भोगाई तथा मनोविज्ञानलाई साहित्यका माध्यमबाट प्रस्तुत गर्न सकिन्छ भन्ने लागेर समय समयमा बालबालिका नै भएर बालसाहित्यभित्रका विविध विधामा कलम चलाउने गर्छु ।


प्रश्न २. बालअधिकार र बालसाहित्यको सम्बन्ध कस्तो रहेको हुन्छ ? के बालसाहित्य बालअधिकारको प्रवद्र्वनका लागि सहयोगी हुन सक्छ ?


बालअधिकारलाई प्रवद्र्धन गर्नका निमित्त बालसाहित्यका माध्यमबाट धेरै कार्यहरु गर्न सकिन्छ  । बालअधिकारका चारवटै क्षेत्र बाँच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार र सहभागिताको अधिकारको क्षेत्रमा बालबालिकाका निमित्त धेरै सिर्जनाहरु दिएर बालसाहित्य बालअधिकारको प्रवद्र्धन, प्रचार प्रसार र कार्य गर्नका लागि  एक महत्वपूर्ण माध्यम हुनसक्छ ।

प्रश्न ३. तपाईंको पछिल्लो कृति ‘पुलिस अङ्कल’ बालबालिकाले किन पढ्नुपर्छ ? यस किताबबारे केही कुरा भनिदिनुस् न !


बालसाहित्यको मैदानमा चलेका लेखकीय प्रवृत्तिभन्दा फरक प्रवृत्तिमा लेखिएको “पुलिस अङ्कल” नामक बाल उपन्यास दश वर्ष मुनिका बालबालिका लक्षित गरेर भर्खरैमात्र प्रकाशनमा ल्याइएको छ । हाम्रो समाजमा अभिभावकले बालबालिकालाई पुलिस अर्थात् प्रहरीलाई एक डर देखाउने र खलपात्रका रुपमा परचित गराएर तर्साउने गलत संस्कार तथा अभ्यास छ । जसका कारण बालमनस्थितिमा प्रहरीका प्रति नराम्रो छाप पर्न गएको छ । यसभित्र प्रहरी संगठन र प्रहरी पदाधिकारीले नागरिकको संरक्षण र सुरक्षाका लागि कसरी काम गर्छन् भन्ने कुरा देखाइएको छ । यस पुस्तकमा प्रहरीसँग बालबालिका र अभिभावकलाई भावनात्मकरुपमा जोड्ने प्रयास गरिएको छ । बालबालिका संरक्षण र सुरक्षाका दृष्टिले बढी जोखिममा पर्ने र पर्नसक्ने उमेर समूह हो । प्रहरीको व्यवहार पनि बालबालिका अनुकूल र  बालमैत्री हुनुपर्छ । यसर्थ यो कृति बालबालिकाका अलावा प्रहरी र अभिभावकले पनि पढ्नु पर्छ भन्ने लाग्छ ।

Opinion: 
Language: