सुरक्षित शहर बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

आाज नेपालगञ्ज उपमहानगर पालिकाको केही वडा लगायत बिभिन्न ६ ठाउमा सुरक्षित शहर बिषयमा बालबालिका, महिला, पुरुष तथा स्थानिय सरोकारवाला निकायहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बालबालिका तथा महिलाहरु हरेक सार्वजनिक स्थानहरुमा निर्धक भएर हिडडुल गर्न पाउनु र बालबालिका तथा महिलाहरु सुरक्षित भएको महसुस गर्न र गराउनका लागी यस बिषयमा छलफल गरिएको हो । बालबालिका तथा महिलाहरु सार्वजनिक स्थान जस्तै सडक, मन्दिर, पाटी, बसपार्क, सिनेमा हल, सार्वजनिक यातायातको बसहरुमा बालबालिका तथा महिलाहरु असुरक्षित रहने गर्दछन । यसका लागी सरोकार वाला निकायहरुलाई ध्यानकर्षण गराउनका लागि समूहिकरुपमा पहल गर्ने भनि छलफल गरिएको हो । यसका लागी गल्लीगल्लीमा बिजुली बत्तीको ब्यवस्था गर्ने, चौक चौकमा महिला प्रहरी बीट राख्ने, मन्दिर, सिनेमाहल, बसपार्क वरिपरि पनि चौबिसै घण्टा महिला प्रहरीहरुको अनिवार्य रुपमा उपलब्धता रहनु पर्ने भनि छलफल भएको हो ।
उक्त छलफलमा समुदायका महिला, किशोरी तथा बालबालिकाहरुले आफूले भोगेका तथा महसुस गरेका असुरक्षाहरुको बारेमा जानकारी गराउनका साथै त्यस्ता असभ्य र अपराधिक क्रियाकलापहरु रोक्न पहल गर्नका लागी सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराएका थिए । सार्वजनिक स्थानका साथ साथै आप्mनै घर परिवारमा पनि यस्ता ब्यवहार भयो भने यसको बिरुद्धमा सबै जना एक जुट भई आवाज उठाउने र स्थानिय निकाय देखि जिल्ला स्तरसम्म न्यायका लागि पहल गर्न छलफल भएको हो । उक्त कार्यक्रममा महिला अधिकार मञ्च, रिफलेक्ट सर्कलका महिलाहरु, समुदायका अगुवा, स्थानिय सरोकारवालाहरु, बालक्लबका बालबालिका तथा किशोर किशोरीहरुको उपस्थिति रहेको थियो ।

Segment: 
Language: