केन्द्रीय बालकल्याण समितिको अनुरोध

press-release-

हाल प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका सन्दर्भमा विभिन्न राजनीतिक दलको चुनावी सभा, प्रचार प्रसार सभा तथा उम्मेदवारलाई लक्षित गरी भएका बम विस्फोटका घटनाहरुको केन्द्रीय बाल कल्याण समिति भत्र्सना गर्दछ । कतिपय बम विस्फोटका हिंसात्मक घटनाबाट बालबालिका समेत घाइते हुन पुग्नु दुःखको विषय हो । यसप्रकारका हिंसात्मक घटना एवम् लोकतन्त्र विरोधि गतिविधिहरु हुन नदिन सम्बन्धित सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउदछौं ।
बालबालिकाको संरक्षणलाई प्राथमिकतामा राख्दै निर्वाचनमा सहभागी राजनीतिक दल तथा नागरिकहरुले चुनावी सभा, सम्मेलन, गोष्ठी, र्याली , मतदान केन्द्र र विजयी उत्सव र्याली लगायतका समारोहहरुमा बालबालिकाको प्रयोग तथा उपस्थिति नगर्न नगराउनु हुन अनुरोध छ । लोकतन्त्रमा कुनै पनि समस्या समाधानको मूलमन्त्र सम्वाद नै भएकोले आफ्ना मागहरु बारे सम्बन्धित पक्षहरुसग सम्वाद गरी बम विस्फोटन जस्ता हिंसात्मक कार्य नगर्न पनि सम्बन्धित पक्षलाई अनुरोध गर्दछौं । देशमा शान्ति, सुरक्षा कायम गरी बालबालिकाको जीवन रक्षामा अझ बढी संवेदनशील हुन एवम् हिंसात्मक कार्य गर्ने जो कसैलाई कानून बमोजिम कारबाही गर्न पनि सम्बन्धित निकायहरुलाई हार्दिक अनुरोध गर्दछौं ।

केन्द्रीय बालकल्याण समिति
हरिहरभवन, ललितपुर

Segment: