जापानी लेखकको नेपाली भाषामा अनुदित बालपुस्तक विमोचित

japanese-authors-book-launching

मिल साकाई नेपाली बालबालिकालाई अत्यन्तै माया गर्ने जापानी लेखक तथा चित्रकार हुनुहुन्छ । उहाँले बाल सचित्र पुस्तकमा सिर्जना गर्नुभएको पात्र ‘मेच्या बिरालो’ जापानमा प्रशिद्ध छ । उहाँले यस सचित्र पुस्तकको श्रृंखला नेपाली र अंग्रेजी भाषामा समेत प्रकाशित गर्नुभई नेपाली बालबालिकाका र अभिभावकका लागि उपहार पठाउनुभएको छ । सो सचित्र बाल पुस्तकको विमोचन तथा पुस्तक उपहार वितरणको कार्यक्रम आज सम्पन्न भएको छ । यस कार्यक्रमको आयोजना  थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) ले गरेको थियो ।
वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विमोचित कृतिबारे वरिष्ठ बालसाहित्य लेखक सम्पादक शास्वत पराजुलीले टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा कृतिका अनुवादक, आयोजक संस्था टिसीसी नेपालका निर्देशक केदार श्रेष्ठ, वरिष्ठ कलाकार के के कमाचार्य लगायत वक्ताहरुले बोल्नुभएको थियो ।

Segment: 
Language: